Home Blog Page 29

डोटीमा मृत भेटिएकी शिक्षिकाको सुसाइड नोट स् अर्काको श्रीमान्‌सँग जीवन जिउन सकिएन ।।

0

२०८२ कार्तिक १२ बुर्तिबाङ,

डोटीमा शिक्षिका मृत भेटिएको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वीचौकी गाउँपालिका(१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का मृत भेटिएको घटनामा शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक ९विनि० पदमा कार्यरत २८ वर्षीय गणेश रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० दीपेन्द्र पालले मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका(११ घर भएका रावललाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार मृतक खड्का बाजुराको बुढीगंगा नगरपालिका(५ स्थित भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत थिइन् । सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएकी खड्का करिब ७०० मिटरको दूरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएर खड्कासँग रावलको प्रेमसम्बन्ध रहेको र उनैले दिएको मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य पारेको देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । अन्लाइन खबर

हिमपातले गर्दा अन्नपुर्ण बेस क्याम्प जान प्रशासनको रोक ।।

0

म्याग्दी । सोमबार राती देखिको वर्षा र हिमपातले गर्दा विश्व चर्चित अन्नपूर्ण वेस क्याम्प जाने पर्यटकका लागि यात्रामा पूर्ण रुपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले म्याग्दी अन्नपूर्ण बेसक्यामको म्याग्दी तर्फको उत्तरी वेसमा जान रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जारी गर्नुभएको सूचनामा कार्तिक १० गते सोमबार बेलुका देखि १४ गते शुक्रबार बेलुका सम्म अन्नपूर्ण बेसक्याम जान रोक लगाइएको छ । हिमपातजन्य मौसमी जोखिमबाट नागरिकको सुरक्षाका निमित्त आवश्यक भूमिका निर्वाह गर्न सबै सरोकार वालालाई आग्रह गरीएको प्रजिअ तिवारीको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय म्यागदीे वर्षा र हिमपात भै रहेकोले म्याग्दी तर्फ अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ । सूचनामा सो स्थान पुग्नु भएका पर्यटकहरुलाई सहजीकरणको निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरीबल नेपाल र स्थानीय उद्दारकर्मी इन्द्रसिंह शेरचन थकाली सहिताके टोली गाउँपालिका सँग समन्वय गरी उक्त स्थान तर्फ लागेको समेत जनाएको छ । अन्य जानकारी तथा सूचनाका लागि प्रहरी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष, स्थानीय उद्दारकर्मी शेरचनलाई सम्पर्क गर्न समेत आग्रह गरीएको छ ।

गलकोटमा दुई लाख रासीको ‘गलकोट कप’ हुने ।।

0

बागलुङ । भलिबलको उर्वरभूमि मानिने पश्चिम बागलुङको गलकोट नगरपालिकामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघ बागलुङको आयोजना र गलकोट नगर भलिबल संघको समन्वयमा ‘गलकोट कप’ हुनेछ ।

‘गलकोट कप’मा खुला वडास्तरीय हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख एक हजार एक सय ११, द्वितीय पुरस्कार एक लाख एक हजार एक सय ११ र तृतीय पुरस्कार ५० हजार एक सय ११ रुपियाँ रहेको छ ।

‘गलकोट कप’को दोस्रो आर्कषण भेट्रान्स भलिबल प्रतियोगिता पनि रहेको छ । उक्त प्रतियोगितामा प्रथम हुनेले एक लाख, द्वितीयलाई ६० हजार र तृतीय हुनेलाई नगद ३५ हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । ‘गल्कोट कप’ कात्तिक १७ देखि ३० गतेसम्म चल्ने प्रतियोगिताका संयोजक होम थापाले जानकारी दिनुभयो ।

‘गलकोट कप’मा आमा समूहको बाजा नाच, सामूहिक लोकनृत्य, एकल नृत्य, पालिकास्तरीय महिला भलिबल, माछा छोप्ने प्रतियोगिता लगायतका आकर्षण रहेका छन् । त्यसैगरी हेलिकप्टरबाट गलकोटको दृश्य अवलोकनसहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू रहेको संयोजक थापाले बताउनुभयो । ‘गल्कोट कप’मा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुती समेत रहने छ ।

तीन प्रदेशका केही ठाउँमा आज ठूलो वर्षा र हिमपातको सम्भावना ।।

0

२०८२ कार्तिक ११ बुर्तिबाङ,
महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई ठाउँमा ठूलो हिमपात र वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै राति गण्डकी प्रदेशका केही ठाउँहरुमा, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागका एक, दुई ठाउँमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई ठाउँमा राति पनि ठूलो हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो ।

शुक्रवारसम्म नै वर्षा र हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यसैबीच मुस्ताङ प्रशासनले जिल्लाका पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ । मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा याकखर्क क्षेत्र, मनाङ–मुस्ताङ थोरङ्लापास, मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रहरुमा हिमपात हुन सक्ने भन्दै प्रशासनले पदयात्रा नगर्न भनेको हो ।

पर्यटक तथा तीर्थयात्रीहरुलाई मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।

लायन्स क्लब निसीखोलाले गर्यो आगोलागी पिडित हुम बहादुरको परिवारलाई सहयोग ।

0

कार्तिक ११ गते बुर्तिबाङ
गत कार्तिक ८ गते साँझ घरमा अचानक आगोलागी भई घर सहित घरमा रहेका सम्पूर्ण सामान, लत्ता, कपडा, खाध्यान्ह जलेर नष्ट हुँदा पिडित बनेका निसीखोला १ पाखापानी स्थित हुम बहादुर वि.क. को परिवारलाई निसीखोला लायन्स क्लबको तर्फदेखि राहात हस्तान्त्रण गरिएको छ ।

सोमबार पिडितको घरमा पुगेर क्लबका अध्यक्ष अशोक कार्की सहितको टोलीले पचास हजार मूल्य बराबरको खाध्यान्ह, लत्ता कपडा र भाँडा कुँडा सहित नगद नौँ हजार रुपैयाँ आर्थिक सहयोग गरीएको छ ।

यसै बर्ष स्थापना भएको उक्त क्लबले पदाधिकारीबाट संकलन गरीएको रकम पचास हजार सहित समाजसेवी डाल बहादुर कुवँर द्धारा पाँच हजार तथा बुर्तिबाङ बस्दै आउनु भएका विमल कुवँर र श्रीमती पार्वती कुवँरद्धारा चार हजार रुपैयाँ गरी ९ हजार रुपैयाँ नगद रकम हस्तान्त्रण गरीएको जनाइएको छ ।

हस्तान्त्रण कार्यक्रममा क्लबको तर्फदेखि अध्यक्ष अशोक कार्की, प्रथम उपाध्यक्ष भरत पून, दिर्तिय उपाध्यक्ष चेतराम पौडेल, तिर्तिय उपाध्यक्ष डाल बहादुर कुवँर, सचिब शिव कार्की लगाएतको उपश्थितीमा हस्तान्त्रण गरीएको हो ।

आगोलागीबाट पिडित बनेको परिवारलाई क्लबले घरमै पुगेर राहात उपलब्ध गराएसंगै आफुहरुलाई थुप्रै राहात पुगेको पिडित परिवारले बताएका छन ।

बुर्तिबाङमा सुरु भएको निःशुल्क महिला स्वास्थ्य शिविरको पहिलो दिनमै दुई सय सात नागरिक लाभान्वित

0

२०८२ कार्तिक १० बुर्तिबाङ,

बागलुङको बुर्तिबाङमा सोमबारदेखि सञ्चालनमा आएको निःशुल्क महिला स्वास्थ्य शिविरको पहिलो दिनमै दुई सय सात जना महिलाले  सेवा प्राप्त गरेका छन् ।
रोटरी क्लबको आयोजनामा सुरु गरिएको उक्त शिविरमा स्थानीय महिला स्वास्थ्य समस्यामाथि केन्द्रित गर्दे पाठ्यघर खसेको, पाठेघरको मुख तथा स्तन सम्बन्धी समस्याको चेकजाँच तथा उपचार सुरु भएको हो ।

शिविरको पहिलो दिनमा एक सय बीस जनाको स्कृनिङ गरीएको छ । त्यस्तै ९२ जनाको भिआइए टेस्ट गरीएको हो । भिआइए टेस्ट गरीएका मध्ये ५ जनाको पोजेटिभ देखिएपछि थप उपचारका निम्ती आयोजकले पोखरा रेफर गर्ने जनाइएको छ । शिविरमा एक सय तेइस जनाले भिडियो एक्स–रे सेवा लिएका थिए ।

परीक्षण गरिएको मध्ये  एक जनाको सफल रुपमा शल्यक्रिया सर्जिकल अपरेसन समेत गरीएको आयोजकले जनाएको छ ।
रोटरी क्लब अफ बुर्तिबाङको सहयोगमा सञ्चालित यो शिविर कार्तिक १० गतेदेखि १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

बुर्तिबाङ अस्पत्तालमा सञ्चालित शिविरलाई सफल पार्नका निम्ती रोटरी क्लब अफ फिस्टल पोखरा, रोटरी क्लब अफ क्यावेल रिभर क्यानडा, पेटर ब्राउज्ट क्यानडाको आयोजना, पोखरा ओम हस्पिटलको प्राविधिक सहयोग तथा रोटरी क्लक अफ बुर्तिबाङ, ढोरपाटन नगरपालिकाको स्थानीय समोन्यमा शिविर सम्पन्न हुन लागेको आयोजकले जनाएको हो ।

शिविरमा उपचार पश्चात थप उपचार आवस्यक पर्ने विरामीको निम्ती निःशुल्क उपचारका निम्ती पोखरा सम्म आवत जावतमा कुरुवा सहितको खान वस्न र यातायातको व्यवस्था गरीएको जनाइएको हो ।

बुर्तिबाङमा सुरु भएको निःशुल्क महिला स्वास्थ्य शिविरको पहिलो दिनमै दुई सय सात नागरिक लाभान्वित ।।

0

२०८२ कार्तिक १० बुर्तिबाङ,

बागलुङको बुर्तिबाङमा सोमबारदेखि सञ्चालनमा आएको निःशुल्क महिला स्वास्थ्य शिविरको पहिलो दिनमै दुई सय सात जना महिलाले  सेवा प्राप्त गरेका छन् ।
रोटरी क्लबको आयोजनामा सुरु गरिएको उक्त शिविरमा स्थानीय महिला स्वास्थ्य समस्यामाथि केन्द्रित गर्दे पाठ्यघर खसेको, पाठेघरको मुख तथा स्तन सम्बन्धी समस्याको चेकजाँच तथा उपचार सुरु भएको हो ।

शिविरको पहिलो दिनमा एक सय बीस जनाको स्कृनिङ गरीएको छ । त्यस्तै ९२ जनाको भिआइए टेस्ट गरीएको हो । भिआइए टेस्ट गरीएका मध्ये ५ जनाको पोजेटिभ देखिएपछि थप उपचारका निम्ती आयोजकले पोखरा रेफर गर्ने जनाइएको छ । शिविरमा एक सय तेइस जनाले भिडियो एक्स–रे सेवा लिएका थिए ।

परीक्षण गरिएको मध्ये  एक जनाको सफल रुपमा शल्यक्रिया सर्जिकल अपरेसन समेत गरीएको आयोजकले जनाएको छ ।
रोटरी क्लब अफ बुर्तिबाङको सहयोगमा सञ्चालित यो शिविर कार्तिक १० गतेदेखि १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

बुर्तिबाङ अस्पत्तालमा सञ्चालित शिविरलाई सफल पार्नका निम्ती रोटरी क्लब अफ फिस्टल पोखरा, रोटरी क्लब अफ क्यावेल रिभर क्यानडा, पेटर ब्राउज्ट क्यानडाको आयोजना, पोखरा ओम हस्पिटलको प्राविधिक सहयोग तथा रोटरी क्लक अफ बुर्तिबाङ, ढोरपाटन नगरपालिकाको स्थानीय समोन्यमा शिविर सम्पन्न हुन लागेको आयोजकले जनाएको हो ।

शिविरमा उपचार पश्चात थप उपचार आवस्यक पर्ने विरामीको निम्ती निःशुल्क उपचारका निम्ती पोखरा सम्म आवत जावतमा कुरुवा सहितको खान वस्न र यातायातको व्यवस्था गरीएको जनाइएको हो ।

बुर्तिबाङमा सुरु भयो निःशुल्क महिला स्वास्थ्य शिविर ।

0

कार्तिक १० गते ढोरपाटन
रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा सोमबार देखि निःशुल्क महिला स्वास्थ्य शिविर सुरु भएको छ ।
कार्तिक १० देखि १३ गतेसम्म सञ्चालन हुने शिविरमा महिला स्वास्थ्य सम्बन्धी समस्या पाठेघर खसेको, पाठेघरको मुखको समस्या तथा स्तन सम्बन्धी समस्या भएका विरामीको चेकजाँच तथा उपचार सुरु भएको छ ।

शिविर सञ्चालन अगावै एक औपचारीक कार्यक्रम मार्फत अगाडी बढिएको हो । कार्यक्रम रोटरी क्लब अफ फिस्टल पोखराका अध्यक्ष कमला गिरीको अध्यक्षता, डिस्ट्रीक गर्भनर विनोद कोइरालाको प्रमुख आतिथ्यता, गण्डकी प्रदेश सभा सदस्य माननीय दिलमाया पौवीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी कोइरालाले बोल्दै रोटरी क्लबले नागरिकको विचमा पुगेर स्वास्थ्य, शिक्षा, सचेतना र समस्यामा मल्हम लगाउने कार्य गर्दे आएको बताउँदै बागलुङको दुर्गम क्षेत्रमा यहाँका नागरिकको समस्यालाई मध्यनजर राख्दै यहाँका क्लब संग समोन्य गरेर शिविर सञ्चालन गरीएको बताउनु भयो ।

त्यस्तै विशिष्ठ अतिथी माननीय दिलमाया पौवीले बोल्दै दुर दराजमा आर्थिक अभावका कारण उपचारबाट बञ्चित भई रोग लुकाएर बसेका आमा दिदी बहिनीका निम्ती शिविरले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै नागरिकको स्वास्थय सेवामा राज्यले मात्र नभई संघसंस्थाले पनी यसरी भुमिका खेल्दा नागरिकले सहज सेवा प्राप्त गर्ने बताउनु भयो ।

कार्यक्रममा बुर्तिबाङ अस्पत्तालका प्रमुख डा. अविनाश पोख्रेल, डा. शान्तराज शर्मा, डा. केशवराज भुर्तेल रोटरी क्लब अफ बुर्तिबाङका अध्यक्ष धुर्व सुवेदी लगाएतको शुभकामना मन्तव्य रहेको थियो ।  ज्ञान बहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

शिविरमा बागलुङको ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र वडिगाड गाउँपालिका सहित छिमेकी जिल्लाका नागरिकको सहभागिता रहेको छ ।

आजको मौसम पूर्वानुमान : तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना ।।

0

बुर्तिबाङ २०८२ कार्तिक १०,

आज, भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि दिउँसो र राति गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एकरदुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ ।

महशाखाले सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिनअनुसार आज दिउँसो मुख्यगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । तराईमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । साथै गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

यस्तै भोलि गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावनासँगै लुम्बिनी र कर्णालीका केही ठाउँमा मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पर्सि बुधवार कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विशेषगरी पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र यात्रा गर्दा सावधानी अपनाउन महाशाखाको सुझाव छ ।

रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा आजदेखि निःशुल्क महिला स्वास्थ्य शिविर हुँदै ।

0

रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा सोमबार देखि निःशुल्क महिला स्वास्थ्य शिविर हुने भएको छ ।

कार्तिक १० देखि १३ गतेसम्म सञ्चालन हुने शिविरमा महिला स्वास्थ्य सम्बन्धी समस्या पाठेघर खसेको, पाठेघरको मुखको समस्या तथा स्तन सम्बन्धी समस्या भएका विरामीको चेकजाँच तथा उपचार हुने रोटरी क्लब बुर्तिबाङका अध्यक्ष घनस्याम शर्माले बताउनु भयो । शिविरका निम्ती आवस्यक विशेषज्ञ डाक्टर सहितको टोली बुर्तिबाङ आइपुगेको उहाँले बताउनु भयो ।

बुर्तिबाङ अस्पत्तालमा हुने शिविरलाई सफल पार्नका निम्ती रोटरी क्लब अफ फिस्टल पोखरा, रोटरी क्लब अफ क्यावेल रिभर क्यानडा, पेटर ब्राउज्ट क्यानडाको आयोजना, पोखरा ओम हस्पिटलको प्राविधिक सहयोग तथा रोटरी क्लक अफ बुर्तिबाङ, ढोरपाटन नगरपालिकाको स्थानीय समोन्यमा शिविर सम्पन्न हुन लागेको आयोजकले जनाएको हो ।

शिविरमा उपचार पश्चात थप उपचार आवस्यक पर्ने विरामीको निम्ती निःशुल्क उपचारका निम्ती पोखरा सम्म आवत जावतमा कुरुवा सहितको खान वस्न र यातायातको व्यवस्था गरीएको जनाइएको हो ।