Home Blog Page 28

डेडिकेटेड विवादमा प्रधानमन्त्रीः चलाएको भए तिर्नुपर्छ, नचलाएको भए पर्दैन, कसैलाई अन्याय हुँदैन ।।

0

२०८२ कार्तिक १७ बुर्तिबाङ ,

प्रधानमन्त्री सुशीला कार्कीले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा कसैलाई पनि अन्याय नहुने गरी समाधान खोज्ने बताएकी छन् । प्रदेश मुख्यमन्त्रीहरूसँगको छलफलमा आइतवार प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्रीसँगको बैठकमा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरूले संवादबाट डेडिकेटेड तथा ट्रंक लाइन विवादको समाधान खोज्नुपर्नेमा संघीय सरकारले उद्योगको लाइन काटेर विवाद बढाएको गुनासो गरेका थिए । ठूला २५ वटा उद्योगको लाइन काटिदिँदा ठूलो मात्रामा कर्मचारी तथा श्रमिकले रोजगारी गुमाउने जोखिम रहेकोतर्फ मुख्यमन्त्रीहरूले ध्यानकर्षण गराएका थिए ।
त्यसको जवाफमा प्रधानमन्त्री कार्कीले यो विवादमा कसैलाई पनि अन्याय नहुने गरी सरकारले समाधान खोज्ने आश्वासन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । ‘यो सरकार नै कसैलाई पनि अन्याय नहुने वातावरणका लागि बनेको हो । डेडिकेटेड विवादका सन्दर्भमा पनि उद्योगहरूले बिजुली प्रयोग गरेका रहेछन् भने तिर्नुपर्छ । त्यसमा छुट हुँदैन । प्रयोग नै गरेको रहेनछ भने सरकारले तिराउँदैन,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले बतायो ।

महसुल विवादका विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरण दुबै पक्षलाई राखेर संवाद गरेर समाधान खोज्नुको साटो लाइन काटेकोप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले असन्तुष्टी जनाएका थिए । ‘लुम्बिनी प्रदेशका १३ वटा उद्योगमा लाइन काटिएको छ, संवाद गरेर अघि बढ्ने हो कि लाइन काटेर झन् समस्या ल्याउने भन्ने प्रश्न उठ्यो’–मुख्यमन्त्री आचार्यले भने, ‘विद्युतको लाइन काट्दा उद्योगहरू बन्द भएका छन्, हजारौं श्रमिकहरू तलवविहीन भएका छन् ।’

मुख्यमन्त्री आचार्यले उद्योग बन्द हुंदा उत्पादन ठप्प भएको, कालोबजारी बढेको दिनहुं पाँच करोड बराबरको विद्युत् खपत हुन नसकेको विषय प्रधानमन्त्रीलाई जानकारी गराएको बताए । यो समस्याको यथाशीघ्र समाधानका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको मुख्यमन्त्री आचार्यले बताए ।

प्रधानमन्त्री कार्कीले यस विषयमा उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरेर समाधान खोज्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्री आचार्यले बताए । प्रधानमन्त्रीले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतका व्यवसायीहरूसँग भोलि सोमबार नै छलफल गर्ने कार्यक्रम तय गरेको जानकारी पाएको मुख्यमन्त्री आचार्यले बताए ।

यसका साथै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ तथा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पनि उद्योगहरूको लाइन काट्दा हजारौं युवा बेरोजगार बन्ने अवस्था आएकोबारे ध्यानाकर्षण गराएका थिए ।

‘यो डेडिकेटेड लाइनको नाममा विभिन्न उद्योगहरूको लाइन काटेर जुन बन्द गरिएको छ। त्यस विषयमा पनि हाम्रो गहिरो चासो रह्यो । उद्योगको विद्युत् लाइन काटिँदा हजारौं युवाहरू बेरोजगार हुने स्थिति छ। त्यसैले अविलम्ब त्यो समस्या समाधान गरियोस् भन्ने हामीले कुरा राख्यौं,’ मधेशका मुख्यमन्त्री सोनलले भने ।

बैठकमा ‘डेडिकेटेड ट्रंक लाइन’ विवादका कारण उद्योग बन्द हुँदा मजदुर, राज्य र व्यवसायी सबैलाई घाटा भएको बागमतीका मुख्यमन्त्री बानियाँले बताएका थिए ।

जवाफमा प्रधानमन्त्री कार्कीले उद्योगी–व्यवसायीहरूसँग छलफल गरेर समाधान निकाल्ने आश्वासन दिएको बानियाँले जानकारी दिए।

लुम्बिनीका मुख्यमन्त्री आचार्यले उद्योग व्यवसायमा विश्वास पुनःस्थापना गर्न, श्रमिकहरूको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा मुख्यमन्त्रीहरूले संघीय सरकारको खर्च कटौतीसम्बन्धी निर्णयले प्रदेश सरकारलाई बदमासी मात्रै गर्ने निकायका रूपमा चित्रित गरेको आरोप लगाएका थिए । ‘बदमासीजति प्रदेशले मात्रै गर्छन् जस्तो गरी हामीलाई अप्ठ्यारो पर्ने गरी खर्च कटौतीसम्बन्धी निर्णय भएको छ । यसले प्रदेश र स्थानीय तहलाई अप्ठ्यारो परेको छ,’ प्रदेश मुख्यमन्त्रीहरूको भनाइ थियो । प्रदेश सभाबाट पारित गरिसकेको बजेटमा केन्द्रबाट दिइने समपूरक, सशर्त र विशेष अनुदानमा कुनै कटौती हुन नहुने माग पनि उनीहरूले राखेका थिए। जवाफमा अर्थमन्त्रीले बजेट कटौती नहुने विश्वास दिलाएको मुख्यमन्त्री बानियाँले बताए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले प्रदेशको अधिकार कार्यान्वयन, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि गरिएका असल अभ्यास लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । ‘मुख्यगरी सात वटा विषयलाई प्राथमिकताका साथ बैठकमा उठायौं । पहिलो कुरा त संघीय सरकारले पठाएको निर्देशनले प्रदेशलाई आफ्नो एकाइ मानेको जस्तो देखियो । संघीय सरकारले पठाएको निर्देशन संविधान र कानुनको भावना तथा मर्मभन्दा बाहिर गएर प्रदेशलाई आफ्नै यूनिटझैं व्यवहार गरेको विषयमा ध्यानाकर्षण गरायौं । यसमा आपत्ति छ, यसलाई स्वीकार गर्न हामी तयार छैनौं,’ मुख्यमन्त्री आचार्यले भने ।

प्रदेशले आफ्ना नियम र कानुन बनाएर खर्च कटौतीको दृष्टिले काम गरिरहेको उल्लेख गर्दै भने –‘मन्त्रीका दुई जना मात्रै स्वकीय हुनेगरी प्रदेशमा काम गरेका छौं । तर त्यहाँबाट पठाइएका परिपत्रमा तीन जना उल्लेख भएको पायौं । लुम्बिनी प्रदेशले विगत वर्षदेखि नै सुशासन र भ्रष्टाचार न्यूनिकरणका लागि पाँच वर्षे रणनीतिक योजना बनाएर लागू गरिसकेको छ । साथै, पूर्वविशिष्ट व्यक्तिहरूलाई दिइँदै आएको सुविधा कटौती गरिएको जानकारी पनि बैठकमा राख्यौं ।’

संघीय अनुदानहरू कटौती नहोस् भनेर पनि कुरा राखेको बताए ।

संघीय सरकारबाट पठाइएका परिपत्रलाई तत्काल सच्याउने प्रतिबद्धता बैठकमा गरिएको मुख्यमन्त्री आचार्यले बताए । बैठकमा आसन्न निर्वाचनको विषयमा पनि चर्चा भएको र कारागारबाट भागेका कैदीहरू फिर्ता नभएका, लुटिएका हतियार फिर्ता नभएकाले निर्वाचनको वातावरण नबनेको कुरा राखेको मुख्यमन्त्री आचार्यले बताए । जेनजीको नाममा कर्मचारीलाई धम्क्याउने काम भइरहेको पनि जानकारी गराएको उनले बताए ।  अनलाइन खबर

माओवादी(समाजवादीसहित आठ दलले गरे एकताको सहमतिपत्रमा हस्ताक्षर ।।

0

२०८२ कार्तिक १६ बुर्तिबाङ,
नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने।क।पा। माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने।क।पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले पनि एकीकृत समाजवादीसहितका कम्युनिष्टहरूसँग एकता गर्ने निर्णय शनिबार गरेको थियो ।

लायन्स क्लब निसीखोलाको आयोजनामा कर शिक्षा कार्यक्रम

0

लायन्स क्लब अफ निसीखोलाको आयोजनामा शनिबार वडा नम्बर ४ मा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

ग्रामिण क्षेत्रमा साना व्यवसाय गर्दे आएका व्यवसायीलाई करको विषयमा जानकारी गराउने र व्यवसायलाई विस्तार, आर्थिक व्यवस्थापन, लगाएतका विषयमा जानकारी गराउने उदेश्य स्वरुप कर शिक्षा कार्यक्रम संचालन गरीएको संस्थाका अध्यक्ष अशोक कार्कीले बताउनु भयो ।

निसीखोला गाउँपालिका अन्र्तगत रहेका व्यवसायी, जनप्रतिनिधी सहितको सहभागिता रहेको कार्यक्रममा कार्यक्रममा सहभागीहरूलाई आन्तरीक राजश्व कार्यालय बागलुङका राजन मणी शर्माद्धारा कर सम्बन्धी जानकारीमूलक सचेना तथा प्रशिक्षण दिनुभएको हो कार्यक्रम भुमिराज आर्चायको संचालनमा सम्पन्न भएको हो ।

निसीखोला व्यवसायी संघ द्धारा आयोजीत संस्थाको प्रथम साधारण सभाको अवसरमा क्लबले कर शिक्षा कार्यक्रम गरेको जनाइएको छ ।

निसीखोला व्यापार व्यवसायी संघको प्रथम साधारण सभा तथा कर सचेतना कार्यक्रम सम्पन्न । 

0


कार्तिक १५ गते बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिकामा स्थापना भएको निसीखोला व्यापार व्यवसायी संघको प्रथम साधारण सभा तथा कर सचेतना कार्यक्रम शनिबार वडा नम्ब ४ मा सम्पन्न भएको छ ।


संघका अध्यक्ष चेतराम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती प्रमुख अतिथिको रूपमा रहनु भएको थियो । गत बर्ष स्थापना भएको संस्थाले निसीखोला गाउँपालिका अन्र्तगतका व्यवसायीको हकहित, सरसफाई, बजार व्यवस्थापन, स्थानीय सरकार संग समोन्य गर्दे विभिन्न कार्यक्रम गाडी बढाउँदै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष घर्तीले निसीखोलाका व्यापारी तथा व्यवसायीहरूले संस्था स्थापना गरेर व्यवसायीको हक अधिार सुनिश्चत गर्दे, व्यवसाय बृद्धि गराउन र स्थानीय आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।
उहाँले कर प्रणालीप्रतिको सचेतना र व्यवसायीबीचको सहकार्यले स्थानीय विकासलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्षहरू चन्द्रसिंह रामजाली, कुविर विश्वकर्मा, टिकानिधि पौडेल, सुर्यमान घर्ती, उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्याल, लायन्स क्लब अफ बुर्तिबाङकी अध्यक्ष शान्ति पौडेल, लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष अशोक कार्की, निसीखोला निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप चन्द लगायत स्थानीय निकायका प्रतिनिधि, उद्योगी व्यवसायी तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।


त्यस्तै, कार्यक्रमका अन्य वक्ताहरूले बोल्दै व्यापार व्यवसायीहरूबीच एकता र पारदर्शी कारोवार नै दिगो आर्थिक विकासको आधार हुने बताएका थिए । संघले आगामी दिनमा व्यवसायीहरूको हकहित संरक्षण र स्थानीयस्तरमा व्यवसायिक वातावरण सुदृढ गर्न निरन्तर प्रयास गर्ने जनाएको छ ।


कार्यक्रममा अध्यक्ष पौडेल द्धारा संघको बार्षिक प्रगति प्रतिवेदन प्रतुत गरिएको थियो । त्यस्तै महासचिव र कोषाध्यक्ष  द्धारा संस्थाको प्रगती र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको हो । 


कार्यक्रममा सहभागीहरूलाई आन्तरीक राजश्व कार्यालय बागलुङका राजन मणी शर्माद्धारा कर सम्बन्धी जानकारीमूलक सचेना तथा प्रशिक्षण दिनुभएको हो कार्यक्रम भुमिराज आर्चायको संचालनमा सम्पन्न भएको हो । 

लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविर सकियो एक हजार बढि लाभान्वित ।

0

 कार्तिक १६ गते बुर्तिबाङ

लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा बुर्तिबाङमा शुक्रबार देखि सुरु भएको दुई दिने निःशुल्क आँखाको चेकजाँच तथा मोतियाबिन्दुको ( अप्रेशन ) शिविर सम्पन्न भएको छ ।

शिविरमा कुल एक हजार ७ जना नागरिकले सेवा लिएका छन । सेवा लिएका मध्ये ८५ जनाको मोतियाबिन्दुको शल्यक्रिया अप्रेसन गरिएको हो । त्यस्तै दुई जनाको परेला आँखा भित्र पसेका नागरिकको उपचार गरिएको छ ।

दुर्गम भुगोल , आर्थिक समस्या र चेतनाको अभावका कारण आँखाको समस्या पालेर बसेका नागरिकलाई शिविरले राहत दिएको छ । शिविरमा चार सय ९५ जनालाई आवश्यकताको आधारमा चस्मा वितरण, ३२४ जनालाई औषधि उपचार गरिनुका अन्य नागरिकको आँखा चेकजाँच संगै आवश्यक परामर्श दिइएको हो ।

जलविन्दु भएका नागरिकको समेत उपचार गरीएको हो । आँखा सहित अन्य जटिल समस्या भएका  १३ जनालाई थप उपचारका निम्ती अन्य अस्पतालमा रेफर गरिएको हो । लायन्स क्लब अफ ढोरपाटनको आयोजना, लायन्स क्लब अफ बुर्तिबाङ र लायन्स क्लब अफ निसीखोला को सह आयोजनामा शिविर सम्पन्न गरिएको थियो ।

शिविरलाई सफल पार्न हिमालय आँखा अस्पताल पोखरा, आइ केयर , धौलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको छ ।

आयोजित समापन सत्रको कार्यक्रम लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष तेजिन्द्र खत्रीको अध्यक्षता, लायन्स डिस्ट्रीक ३२५ के का चियर पर्शन छविलाल पाण्डेको प्रमुख आतिथ्यता, नेत्र ज्वती संघ गण्डकी प्रदेशका उपसभापति धुव्र के.सी., नेपाल नेत्र ज्वती संघ बागलुङका सभापती विन्दु सागरराज भण्डारी, लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष शान्ती पौडेल, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख तिलक मानन्धर, बुर्तिबाङ अस्पत्तालका प्रमुख डा. अविनाश पोख्रेल, जलविन्दु विशेषज्ञ अनिल पराजुली, रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङका सभपती पुरन पाण्डे, बुर्तिबाङ राइजिङ यूवा क्लबका अध्यक्ष सुरज विश्वकर्मा लगायत स्वास्थ्यकर्मी, लायन्स क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथी छविलाल पाण्डेले लायन्स क्लबले विगत ६ बर्षदेखि नियमित रुपमा पश्चिम क्षेत्रका नागरिकलाई लक्षित गर्दे आँखा शिविर सञ्चालन गरिरहेको बताउँदै क्लबको आग्रहलाई स्वीकार गरेर हिमालय आँखा अस्पत्ताल र नेत्र ज्वती संघ, धौलागिरी आँखा अस्पत्ताल ,नेत्र ज्वती संघ गण्डकी प्रदेश सहित सहयोगी सबै संघ संस्थालाई आभार व्यक्त गर्नुभएको हो ।

लायन्स क्लबको माध्यमबाट शिक्षा, स्वास्थ्य, विपद, वातावरण जस्ता महत्वपूर्ण क्षेत्रमा आफूहरूले काम गर्दे आएको बताउनु भयो । संस्थाका दिर्तिय उपाध्यक्ष हेमेन्द्र घर्तिको स्वागत रहेको कार्यक्रम संस्थाका अध्यक्ष तेजीन्द्र खत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

समापन मन्तव्यमा बोल्दै अध्यक्ष खत्रीले लायन्स क्लब ढोरपाटनको अगुवाई भएमो आँखा शिविरमा सहयोग गर्ने सबै प्रति धन्यबाद ज्ञापन गर्दे आगामी दिनमा समेत नागरिकको हित वमोजीम कार्यक्रम लिएर जाने बताउनु भयो । कार्यक्रम सचिव यूवराज कँडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

आश्रम निर्माणमा खड्काको पाँच लाख सहयोग ।।

0

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि एउटै व्यक्तीले रु. पाँच लाख सहयोग गरेका छन् ।

आश्रम निर्माणका लागि कात्तिक २१ देखि २८ सम्मआयोजना हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै सहयोग जुट्ने क्रम बढ्दै गइरहेको छ । सोही क्रममा बागलुङ नगरपालिका–३ गुठी घर भई हाल अमेरिका रहँदै आउनुभएका समाजसेवी उज्वल खड्काले भवनको एक कोठा निर्माणका लागि आवश्यक रु. ५ लाख ११ हजार १११ प्रदान गर्नुभएको आश्रमका अभिभावक शिव खड्काले जाकारी दिनुभयो ।
विदेशमा बसोबास गर्दै देश र मातृभूमिप्रति प्रगाढ प्रेम राख्दै मानवीय सेवामा सहभागी बन्दै खड्काले सो रकम सहयोग गर्नुभएको हो ।

आगामी कात्तिक २१ देखि २८ गतेसम्म बागलुङको निरयघाटमा सञ्चालन हुने महायज्ञबाट संकलित रकम अक्षयकोष श्रीवृद्धि र भवन निर्माणमा खर्च गरिने आश्रमले जनाएको छ ।
बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुनेछ । महायज्ञ सुरु नहुँदै अहिले सम्म १० लाख रकम संकलन भइसकेको छ ।

बुर्तिबाङमा सम्पन्न निःशुल्क महिला स्वास्थ्य शिविरबाट आठ सय बढी महिला लाभान्वित ।

0

कार्तिक १३ गते बुर्तिबाङ
रोटरी क्लबको आयोजनामा सञ्चालन गरिएको निःशुल्क महिला स्वास्थ्य शिविर विहीबार सम्पन्न भएको छ ।
कार्तिक १० गतेदेखि सुरु भएको चारदिने शिविरमा कुल ८२६ महिलाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

जसमध्ये ३८४ जनाको भिआइए परिक्षण गरिएको छ । जसमा पाठ्यघरको समस्या देखिएका १४ जनाको शल्यक्रिया गरिएको हो । २० जनाको भिआइए पोजेटिभ देखिएको पाइएको छ । त्यस्तै २३ जनालाई थप उपचारका निम्ती निःशुल्क उपचार र एक जना कुरुवा सहित आवतजावत खर्च व्यवस्थापन गरेर पोखरा रिफर गरिएको आयोजकले जनाएको छ ।

महिला स्वास्थ्य सम्बन्धी समस्या पाठेघर खसेको, पाठेघरको मुखको समस्या तथा स्तन सम्बन्धी समस्या भएका विरामीको चेकजाँच तथा उपचार गरिएको थियो । शिविरमा बागलुङको ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका सहित छिमेकी जिल्ला गूल्मी, रुकुम बाट सम्बन्धित विरामीले सेवा लिएका छन ।
आज भएको समापन सत्रको कार्यक्रम रोटरी क्लब अफ बुर्तिबाङका अध्यक्ष धुर्व सुवेदीको अध्यक्षता , ढोरपाटन नगर कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी कायतले रोटरी क्लबले स्वास्थ्य, शिक्षा, सचेतना र सामाजिक सेवामा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै दुर्गम क्षेत्रमा नागरिकका समस्यालाई प्राथमिकता दिएर शिविर सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले यस्ता शिविरहरूले ग्रामीण महिलालाई घरमै स्वास्थ्य सेवा प्राप्त गर्न सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, विशिष्ट अतिथी डा. केशवराज भुर्तेलले आर्थिक अभावका कारण उपचारबाट वञ्चित महिलाका लागि यस्ता शिविरहरू अत्यन्तै उपयोगी हुने बताउनुभयो ।
उहाँले स्वास्थ्य सेवा राज्यसँगै सामाजिक संस्था र समुदायको सहकार्यमा सहज रूपमा विस्तार गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रम रोटरी क्लब अफ फिस्टल पोखराका अध्यक्ष कमला गिरी, बुर्तिबाङ अस्पत्तालका प्रमुख डा. अविनाश पोख्रेल, डा.शान्तराज शर्मा, डा. केशवराज भुर्तेल लगाएतको शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रम ज्ञान बहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

लायन्स क्लब ढोरपाटनको आयोजनामा भोलीदेखि निःशुल्क आँखा चेकजाँच तथा उपचार शिविर हुँदै ।

0

कार्तिक १३ गते बुर्तिबाङ
लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा कार्तिक १४ र १५ गते बागलुङको बुर्तिबाङ अस्पत्तालमा निःशुल्क स्पमा आँखाको चेकजाँच, उपचार तथा मोतियाविन्दु भएका विरामीको निःशुल्क रुपमा सल्यक्रिया शिविर हुने भएको छ ।

विगत लामो समय देखि प्रत्यक बर्ष शिविर गर्दे आएको क्लबले यसबर्ष पनी बागलुङका ४ पालिका सहित छिमेकी जिल्ला गुल्मिी, रुकुम लगाएतका नागरिकलाई लक्षित गर्दे दुई दिने शिविर सञ्चालन गर्न लागेको क्लबका अध्यक्ष तेजेन्द्र खत्रीले बताउनु भयो ।
शिविरलाई सफल बनाउन लायन्स क्लब अफ बुर्तिबाङ, लायन्स क्लब अफ निसीखोला सह आयोजकका रुपमा रहेका छन ।
धवलागिरी आँखा अस्पत्ताल बागलुङ, हिमालय आँखा अस्पत्ताल पोखरा, आई केयर फाउन्डेशनको प्राविधिक सहयोगमा हुने शिविरका निम्ती ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, नेपाल रेडक्रस उपशाखा बुर्तिबाङ, कर्म फलाईट्स फाउन्डेशन पोखरा र बुर्तिबाङ राईजिङ यूवा क्लबको समोन्य रहने भएको हो ।

भोली बिहान ७ः३० बजेदेखि सुरु हुने शिविरको आवस्यक तयारी भइसकेको लायन्स डिस्ट्रीक चियर पर्सन छविलाल पाण्डेले बताउनु भयो ।

शनिबारसम्म पाँच प्रदेशमा मौसम प्रभावित हुने ।।

0

२०८२ कार्तिक १३ बुर्तिबाङ ,
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को असरले देशको पूर्वी तथा मध्य क्षेत्रका धेरै ठाउँमा गएरातिदेखि पानी पर्न थालेको छ ।

यसको प्रभावले पर्सि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती प्रदेशका धेरै ठाउँहरुमा तथा गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै भरे राति कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँहरुमा तथा गण्डकी र लुम्विनी प्रदेशका धेरै ठाउँहरुमा मध्यम वर्षा तथा बाँकी पहाडी भूभागका थोरै ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई ठाउँमा ठूलो हिमपातको साथै कोशी, मधेश, बागमती, लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको छ ।

पर्सि शनिबारसम्म नै वर्षा र हिमपात हुने तथा यसबाट दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले कोशी, मधेश र बागमतीका सबै जिल्लाहरु तथा दाङ, कपिलवस्तु, रुपन्देही, पूर्वी र पश्चिम नवलपरासी, मुस्ताङ, मनाङ र गोरखा जिल्लामा बढी सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 बागलुङमा रक्तिमको जिल्ला प्रशिक्षण पछि प्रगतिशील तथा जनवादी भैलो सम्पन्न ।।

0


रक्तिम सांस्कृतिक अभियान बागलुङ जिल्ला प्रशिक्षण  २०८२ असोज २५–२९ गतेसम्म बुर्तिबाङ बजारमा जिल्ला अध्यक्ष सबिन अर्गेजाको अध्यक्षतामा केन्द्रिय अध्यक्ष गिरी प्रसाद बुढाको प्रमुख आतिथ्यमा उद्‌घाटन  गरि जिल्ला कोषाध्यक्ष रुनमाया थापाको स्वागत मन्तव्य र जिल्ला सचिव कुल बहादुर छन्त्यालको सञ्चालनमा प्रशिक्षण सम्पन्न गरि जिल्लाका विभिन्न पालिकाहरूमा “महान सर्वहारा सांस्कृतिक क्रान्ति –जिन्दावाद र प्रगतिशील तथा जनवादी आन्दोलन –जिन्दावाद“ भन्ने मूल नाराका साथ प्रगतिशील देउसी भैलो २०८२ बागलुङ  जिल्लाको बुर्तिबाङ बजारमा सम्पन्न भएको छ । 


राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरीश्वर पाण्डे ,जिल्ला कोषाध्यक्ष दीपक थापा ,अखिल नेपाल बुद्धिजीवी सङ्घ केन्द्रिय सदस्य धन बहादुर कुँवर ,रक्तिम सांस्कृतिक अभियान केन्द्रिय सचिव तथा जिल्ला अध्यक्ष  सहबिन अर्गेजा जिल्ला सचिव कुल बहादुर छन्त्याल ,ढोरपाटन नगर अध्यक्ष झक प्रसाद श्रेष्ठ को नेतृत्वमा २०८२ कात्तिक २–४ सम्म ढोरपाटन नगरपालिका –१ बुर्तिबाङ बजारको सिमसार देखि   देबचोक ,दरवार होटेल ,न्युरोड ,बैंक लाइन ,जनमोर्चा चोक, लाली गुराँसचोक , स्वामीबोट ,बसपार्क हुँदै हिमाली पोलिक्लिनिक आएर भैलो समापन गरि कात्तिक ५ गते कलाकारहरूलाई सम्मान गरेको छ।


निसीखोला गाउँपालिकाकोटोलि मध्ये एक टोलि  राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष खिमबिक्रम शाही र रक्तिम सांस्कृतिक अभियान बागलुङ  जिल्ला सदस्य सबराज छन्त्यालको नेतृत्वमा कात्तिक ४–६ सम्म निसीखोला गाउँपालिका–१ झिम्पा,वडा नं ३र ४को झिवाखोला बजार र वडा नं २ बाहुन गाउँमा सम्पन्न अर्को टोली कात्तिक ३–८ सम्म राष्ट्रिय जनमोर्चा पुर्वी रुकुम जिल्ला समिति समन्वय गरि प्रगति बुढा ,राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला सदस्य थमन घर्ती ,निसीखोला गाउँ समिति सचीव लाल बहादुर सिंजाली ,अखिल नेपाल शिक्षक संघ केन्द्रिय सदस्य शत्रुधन श्रेष्ठ पूर्वी रुकुम जिल्ला सदस्य गणेश प्रकाश बुढा र अखिल नेपाल युवक संघ केन्द्रिय सदस्य भिषम  छन्त्यालको नेतृत्वमा पुठा उत्तरगंगा गाउँपालिका –५ हुकाम छुमडाँडा गर ,मैकोट मयाङ,बिर्गमखानी, तक बजार र भूमेगाउँपालिका–१ अति सुन्दर बस्ती लुगुम गाउँमा आइ समापन भयो भने रुकुम गएको टोली र निसीखोलाको टोली भेट भै बाहुनगाउँमा दुबै टोलीको कात्तिक १० गतेका दिन कलाकारहरूलाई सम्मान गरेको छ ।


कात्तिक ३–८ गते  नेकपा मसाल जिल्ला प्रवक्ता मेक बहादुर पाइजा, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोखरेल ,जिल्ला सदस्य बोम बहादुर थापा ,राजमो बडिगाड गाउँपालिका गाउँ समिति सचिव विमल श्रीस, रक्तिम सांस्कृतिक अभियान जिल्ला कोषाध्यक्ष रुनमाया थापा र बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वन  लगायतको नेतृत्वमा बडिगाड गाउँपालिका –८  रणसिंहकिटेनी नेटाखर्क,घोरघोरे, वडा नं ५  बारीगाउँखाल्चेपानी, जलजला ,वडा नं २ राक्से, खौलार बजार वडा नं –१  दगा, गराधारातुम्डांँडामा आएर देउसी भैलो समापन गरि कलाकारहरूलाई सम्मान गरेको छ ।


राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य बेदी लाल सापकोटा ,जिल्ला सदस्य नारायण सापकोटा ,पदमश्रेष्ठ , खड्क बि क ,जिल्ला सल्लाहकार टंक
के सी  गल्कोट नगर सचिव  बीरबल श्रेष्ठ वडा नं –११ वडा  अध्यक्ष भक्तिराम पुन, अखिल नेपाल शिक्षक सङ्घ केन्द्रिय सदस्य पुष्कर सापकोटा ,शिक्षक  केन्द्रिय प्रतिनिधि टीकाराम कँडेल ,अखिल नेपाल किसान महासङ्घ नगर अध्यक्ष यम बहादुर  खड्का लगायतको नेतृत्वमा कात्तिक  ४–८ गल्कोट नगरपालिका– हरिचौर ,डाँडाखेत,गल्याङ, रिष्मी र सानो रिघा देउसी भैलो खेली कलाकारहरूलाई सम्मान गरेको छ ।


कात्तिक २–८ गते सम्म अखिल नेपाल जनजाति सम्मेलन केन्द्रिय कोषाध्यक्ष होम बहादुर पुन ,अखिल नेपाल युवक सङ्घ केन्द्रिय सचिव बिरेन्द्र थापा रक्तिम सांस्कृतिक अभियान जिल्ला सहसचिव झलक पुनको  नेतृत्वमा जैमिनी नगरपालिकाको कुस्मीसेरा, पर्वत जिल्लाको फलेबास बजार ,जैमिनी– ६ अर्जेवा, वडा नं ५ बिनामारे वडा नं –९  पंयु थन्थापमा देउसी भैलो समापन भएको छ ।


जनघाट,राष्ट्रघाटं, कुसंस्कार ,कुशासन ,बिकृती,बिसंगती,कुप्रथा, हत्या ,हिंसा ,बलात्कार ,कुरीति ,कुव्यवहार, घुसखोर,सुद्खोर, जातीय बिबेद, लैंगिक बिबेद, देशीय सामन्ती संस्कृती, चरम भ्रष्टाचार ,शरणार्थी काण्ड, विभिन्न समयमा भएको असमान सन्धि समझौता, संघीयता , विभिन्न प्रतिक्रियावाद र   साम्राज्यवाद  लगायतका विरुद्ध आफ्नो स्थापनाकालदेखि कठिन आरोप अवरोह बावजुद पनि निरन्तर देशको गाउँ बस्तीहरुमा, सहरका बस्तीहरूमा र बिदेशको गल्लीहरूमा आफ्नो गीत सँगीत नाचको माध्यम मार्फत जनता चेतना जगाउने काममा रक्तिम परिवारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ

त्यसैले २०८२ तिहारको सुअवसरमा यश जिल्लाका विभिन्न पालिका लगायत देशका विभिन्न जिल्लाका पालिकाहरूमा समेत प्रगतिशील तथा जनवादी देउसी भैलो सम्पन्न गरेको छ ।