लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविर सकियो एक हजार बढि लाभान्वित ।

 कार्तिक १६ गते बुर्तिबाङ

लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा बुर्तिबाङमा शुक्रबार देखि सुरु भएको दुई दिने निःशुल्क आँखाको चेकजाँच तथा मोतियाबिन्दुको ( अप्रेशन ) शिविर सम्पन्न भएको छ ।

शिविरमा कुल एक हजार ७ जना नागरिकले सेवा लिएका छन । सेवा लिएका मध्ये ८५ जनाको मोतियाबिन्दुको शल्यक्रिया अप्रेसन गरिएको हो । त्यस्तै दुई जनाको परेला आँखा भित्र पसेका नागरिकको उपचार गरिएको छ ।

दुर्गम भुगोल , आर्थिक समस्या र चेतनाको अभावका कारण आँखाको समस्या पालेर बसेका नागरिकलाई शिविरले राहत दिएको छ । शिविरमा चार सय ९५ जनालाई आवश्यकताको आधारमा चस्मा वितरण, ३२४ जनालाई औषधि उपचार गरिनुका अन्य नागरिकको आँखा चेकजाँच संगै आवश्यक परामर्श दिइएको हो ।

जलविन्दु भएका नागरिकको समेत उपचार गरीएको हो । आँखा सहित अन्य जटिल समस्या भएका  १३ जनालाई थप उपचारका निम्ती अन्य अस्पतालमा रेफर गरिएको हो । लायन्स क्लब अफ ढोरपाटनको आयोजना, लायन्स क्लब अफ बुर्तिबाङ र लायन्स क्लब अफ निसीखोला को सह आयोजनामा शिविर सम्पन्न गरिएको थियो ।

शिविरलाई सफल पार्न हिमालय आँखा अस्पताल पोखरा, आइ केयर , धौलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको छ ।

आयोजित समापन सत्रको कार्यक्रम लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष तेजिन्द्र खत्रीको अध्यक्षता, लायन्स डिस्ट्रीक ३२५ के का चियर पर्शन छविलाल पाण्डेको प्रमुख आतिथ्यता, नेत्र ज्वती संघ गण्डकी प्रदेशका उपसभापति धुव्र के.सी., नेपाल नेत्र ज्वती संघ बागलुङका सभापती विन्दु सागरराज भण्डारी, लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष शान्ती पौडेल, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख तिलक मानन्धर, बुर्तिबाङ अस्पत्तालका प्रमुख डा. अविनाश पोख्रेल, जलविन्दु विशेषज्ञ अनिल पराजुली, रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङका सभपती पुरन पाण्डे, बुर्तिबाङ राइजिङ यूवा क्लबका अध्यक्ष सुरज विश्वकर्मा लगायत स्वास्थ्यकर्मी, लायन्स क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथी छविलाल पाण्डेले लायन्स क्लबले विगत ६ बर्षदेखि नियमित रुपमा पश्चिम क्षेत्रका नागरिकलाई लक्षित गर्दे आँखा शिविर सञ्चालन गरिरहेको बताउँदै क्लबको आग्रहलाई स्वीकार गरेर हिमालय आँखा अस्पत्ताल र नेत्र ज्वती संघ, धौलागिरी आँखा अस्पत्ताल ,नेत्र ज्वती संघ गण्डकी प्रदेश सहित सहयोगी सबै संघ संस्थालाई आभार व्यक्त गर्नुभएको हो ।

लायन्स क्लबको माध्यमबाट शिक्षा, स्वास्थ्य, विपद, वातावरण जस्ता महत्वपूर्ण क्षेत्रमा आफूहरूले काम गर्दे आएको बताउनु भयो । संस्थाका दिर्तिय उपाध्यक्ष हेमेन्द्र घर्तिको स्वागत रहेको कार्यक्रम संस्थाका अध्यक्ष तेजीन्द्र खत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

समापन मन्तव्यमा बोल्दै अध्यक्ष खत्रीले लायन्स क्लब ढोरपाटनको अगुवाई भएमो आँखा शिविरमा सहयोग गर्ने सबै प्रति धन्यबाद ज्ञापन गर्दे आगामी दिनमा समेत नागरिकको हित वमोजीम कार्यक्रम लिएर जाने बताउनु भयो । कार्यक्रम सचिव यूवराज कँडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img