आश्रम निर्माणमा खड्काको पाँच लाख सहयोग ।।

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि एउटै व्यक्तीले रु. पाँच लाख सहयोग गरेका छन् ।

आश्रम निर्माणका लागि कात्तिक २१ देखि २८ सम्मआयोजना हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै सहयोग जुट्ने क्रम बढ्दै गइरहेको छ । सोही क्रममा बागलुङ नगरपालिका–३ गुठी घर भई हाल अमेरिका रहँदै आउनुभएका समाजसेवी उज्वल खड्काले भवनको एक कोठा निर्माणका लागि आवश्यक रु. ५ लाख ११ हजार १११ प्रदान गर्नुभएको आश्रमका अभिभावक शिव खड्काले जाकारी दिनुभयो ।
विदेशमा बसोबास गर्दै देश र मातृभूमिप्रति प्रगाढ प्रेम राख्दै मानवीय सेवामा सहभागी बन्दै खड्काले सो रकम सहयोग गर्नुभएको हो ।

आगामी कात्तिक २१ देखि २८ गतेसम्म बागलुङको निरयघाटमा सञ्चालन हुने महायज्ञबाट संकलित रकम अक्षयकोष श्रीवृद्धि र भवन निर्माणमा खर्च गरिने आश्रमले जनाएको छ ।
बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुनेछ । महायज्ञ सुरु नहुँदै अहिले सम्म १० लाख रकम संकलन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img