तिहार नजिकिँदै गर्दा गाँउ फर्किनेको चाप बढ्दै : बुर्तिबाङमा चहलहल ।।

२०८२ असोज ३१ बुर्तिबाङ ,
शिशिर विश्वोकर्मा ,
दशैं सकिएपछि केही हप्ता अघि सहरतिर फर्किएका स्थानीयहरू अहिले तिहारको आगमनसँगै पुनः गाउँ फर्किन थालेका छन् ।
तिहार नजिकिँदै जाँदा बुर्तिबाङ र वरपरका बजारहरूमा घर फर्किने यात्रुहरूको चहलपहल बढेको देखिन्छ ।
काठमाडौं, पोखरा, बुटवलजस्ता ठूला सहरहरूमा रोजगारी, पढाइ र व्यापारका सिलसिलामा बसेका नागरिकहरू दिदीबहिनी, दाजुभाइसँग तिहार मनाउनका लागि गाउँ फर्किरहेका छन् ।

स्थानीय यातायात व्यवसायीहरूका अनुसार पछिल्ला केही दिनयता बुर्तिबाङ आउने सवारी साधनमा यात्रुहरूको संख्या उल्लेख्य रूपमा बढेको छ ।
यातायात व्यवसायी संघ बुर्तिबाङ शाखाका अनुसार यात्रुहरूको चाप बढेसँगै लामो दूरीका बस टिकटहरू छिट्टै सकिन थालेका छन् । त्यस्तै, स्थानीय प्रशासनले यात्रुहरूको सहज आवागमनका लागि सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।


बुर्तिबाङ बजारमा पनि अहिले तिहारको रौनक देखिन थालेको छ । दीपावलीका लागि दियो, बत्ती, फूलमाला र मिठाइ किन्नेहरूको भीड बढ्दो क्रममा छ । बजार व्यापारीहरूका अनुसार यस वर्ष व्यापार गत वर्षको तुलनामा केही बढी हुने अनुमान गरिएको छ ।
तिहार नजिकिँदै गर्दा गाउँघरमा पनि सरसफाइ र सजावटका काम सुरु भएका छन् । बागलुङ क्षेत्रका अधिकांश परिवार अब भाइटीकाको तयारीमा व्यस्त छन् । सहर र गाउँ दुबै ठाउँमा तिहारको उत्सवमय माहोल फैलिँदै जाँदा बुर्तिबाङ र आसपासका क्षेत्रहरू उज्यालो र उल्लासमय बन्दै गएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img