२०८२ असोज २६, बुर्तिबाङ,
बागलुङको ढोरपाटन नगरपालिकामा रक्तिम सांस्कृतिक अभियान बागलुङको जिल्ला प्रशिक्षण कार्यक्रम आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।
आज कार्यक्रमको औपचारिक उद्घाटन समारोह आयोजना गरिएको थियो । उद्घाटन कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष सविन अर्गेजा को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । यस अवसरमा केन्द्रिय अध्यक्ष गिरी प्रसाद बुदा प्रमुख अतिथिको रूपमा उपस्थित रहँदा उनले रक्तिम सांस्कृतिक अभियानको लक्ष्यबारे जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो अभियानले जिल्लामा सांस्कृतिक चेतना फैलाउने, युवा प्रतिभा अभिवृद्धि गर्ने र स्थानीय सांस्कृतिक धरोहरको संरक्षणमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।”
त्यस्तै, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष सविन अर्गेजा मगरले भने, “यस प्रशिक्षण कार्यक्रममा सांस्कृतिक गतिविधि, नेतृत्व विकास, र समुदायसँग जोडिएका विविध प्रशिक्षण विधिहरू समेटिनेछन्, जसले सहभागीहरूमा नेतृत्व क्षमता र सांस्कृतिक चेतना अभिवृद्धि गर्नेछ । ”
उद्घाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गौरीश्वर पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष विमल खरेल, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य टिका पुन, ढोरपाटन मगर समिति अध्यक्ष झक प्रसाद श्रेष्ठ, निसीखोला गाउँपालिका वडा नं. ५ का सदस्य संगिता विक लगायतका गणमान्य व्यक्तिहरू उपस्थित थिए ।
प्रशिक्षण कार्यक्रम असोज २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने तालिका तय गरिएको छ । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सदस्य उस्सा तरार्मीले प्रशिक्षण दिनेछन् । उक्त प्रशिक्षणमा रक्तिम सांस्कृतिक अभियानका विभिन्न समूहका सदस्यहरूले प्रशिक्षण लिनेछन् ।
कार्यक्रमको स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष रुनमाया थापाले दिनुभएको थियो भने कार्यक्रम जिल्ला सचिव कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
रक्तिम सांस्कृतिक अभियान बागलुङको जिल्ला प्रशिक्षण कार्यक्रम सुरु ।।










