Home Blog Page 16

ढोरपाटनमा हिमपात बागलुङ सहित विभिन्न जिल्लामा हल्का वर्षा ।

0

 

देशका पश्चिमी क्षेत्रको केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । गण्डकीदेखि पश्चिमका केही ठाउँमा हिजो बेलुकीदेखि हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागलुङ सहित आसपासका जिल्लामा वर्षात संगै उच्च क्षेत्रमा राती देखि हिमपात भइरहेको छ । गएको भदौदेखि पानी नपरेको बागलुङमा वर्षा भएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछी खुशी भएका छन् ।

हिउँद लागेपछि विगतमा पुसमै पानी परेर हिउँ पर्ने गर्थ्यो तर यस पटक ढिला हिमपात भयो । हिउँदेबाली सुक्न थालेका बेला हिमपातले राहत पुगेको किसानले बताएका छन । हिमपातले ढोरपाटन उपत्यकाको जनजीवन भने प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागका धेरै ठाउँहरुमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा मध्यम हिमपात र वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

अहिले पश्चिमी वायुको प्रभावले मौसम बदली भएको र भोलिसम्म केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

चुनावी रौनक बढ्यो : बागलुङ २ का उम्मेद्वार मतदाताको घरदैलोमा ।

0

बुर्तिबाङ माघ ९ गते

देशैभर चुनावी माहोल बढ्दै जाँदा बागलुङमा समेत आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका निम्ती चुनावी माहोल ह्वात्तै बढेको छ ।

राजनैतिक दलहरू चुनावी अभियानमा होमिएका छन । निर्वाचन कार्यालयबाट निर्वाचन चिन्ह र अन्तिम नामावली प्रकाशन भएको छ । मतदाता भेटघाट तथा घरदैलोमा उमेदवारहरू व्यस्त बन्न थालेका हुन । क्षेत्र नम्बर १ बाट ११ जनाको उम्मेद्वारी दर्ता भएको छ । क्षेत्र नम्बर २ बाट १२ जनाको उम्मेद्वारी दर्ता भएको हो ।

देश निर्वाचनमय बन्दै जाँदा यतिबेला देशभरका चर्चित अनुहार सँगै आफ्नो निर्वाचनमा उम्मेद्वारी दिएका उमेदवारको विषयमा चर्चा परिचर्चा सँगै कसले कति मत प्राप्त गर्लान्, कसको जित सुनिश्चित होला भन्ने अड्कल बाजी समेत चोक चिया पसल लगायत गाउँदेखि शहर सम्म हुन थालेको छ ।

बागलुङ क्षेत्र नम्बर २ मा विशेष गरी २०७९ को निर्वाचनलाई हेर्दा यस पटकको चुनावमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बिच बढि प्रतिस्पर्धा हुने मतदाता आँकलन रहेको बताउँछन । २०७९ मा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा , एकीकृत समाजवादी पार्टी र अन्य साना दल बिच चुनावी तालमेल भएको थियो । जसबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार देवेन्द्र पौडेलले कुल २४,७९४ मत लिएर प्रतिस्पर्धी उममेदवार नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई पराजित गर्नुभएको हो ।

मञ्जु शर्माको २०,१९३ मत प्राप्त भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका उममेदवार तिला खत्रीको २,३२७ मत प्राप्त भएको हो ।तुलसीराम अर्याल स्वतन्त्र उम्मेद्वार हुनुहुन्थ्यो उहाँको ४०७, नेपाल दलित पार्टीका उम्मेद्वार टेक प्रसाद कामीको २२३, राष्ट्रिय जनमुक्ति पार्टीका चित्र प्रसाद गुरुङको १०९ र स्वतन्त्र उम्मेद्वार दिल बहादुर कार्कीको ३७ मत प्राप्त भएको थियो । २०७९ मा ७ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका थिए ।

यसपटक नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा बिच बागलुङका दुई प्रदेशमा चुनावी तालमेल भएको छ । १ मा राष्ट्रिय जनमोर्चाका उमेद्वार लाई सघाउने र २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार ज्ञामनाथ गैरेलाई सघाउने गरी तालमेल भएको हो ।

यसपटकको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेद्वार टेकराज पौडेल, नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिस्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अञ्चल शाही, मङ्गोल नेशनल अर्गनाईजेसन पार्टीबाट जुन बहादुर थापा मगर, नेपाल मानवता पार्टीबाट टेक प्रसाद कामीले उम्मेद्वारी दिनुभएको छ ।

त्यस्तै नेशनल रिपब्लिक पार्टीबाट नर बहादुर बूढा, प्रगतिशील लोकतान्त्रीक पार्टीबाट पदम बहादुर कुवँर, जनता समाजवादी पार्टीबाट पूर्ण बहादुर घर्ती मगर , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट लोकेन्द्र घिमिरे, श्रम संस्कृर्ति पार्टीबाट हर्क बहादुर पुन रहनु भएको छ ।

१२ जना उम्मेद्वार नै चुनावी प्रचार प्रसारमा उत्रिएका छन । जीतलाई आफ्नो पोल्टामा लिनका निम्ती मतदाता रिझाउने, आफ्नो पार्टीको सिद्धान्त, विचार जनतालाई बुझाउने र मत माग्ने क्रम सुरु भएको हो । निर्वाचन फागुन २१ गते आउन ४२ दिन हुँदै गर्दा धेरैको ध्यान चुनाव तर्फ गएको हो ।

यस क्षेत्रमा २०७९ को निर्वाचनमा ४८ हजार मतदाताले मतदान गरेका थिए । यसपटक करिब ९५ हजार मतदाता रहेको क्षेत्र नम्बर २ मा मतदान स्थल ५९ वटा मतदान केन्द्र ११५ स्थानमा रहेको छ । निर्वाचनको आवस्यक तयारी अगाडी बढिरहेको निर्वाचन अधिकृत भिम प्रसाद सुवेदीले बताउनु भयो ।

अब ढोरपाटन क्षेत्रको जानकारी लिन क्यु आर प्रणाली ।

0

ढोरपाटन माघ ७ गते

ढोरपाटन नगरपालिकाले ढोरपाटन क्षेत्रको पर्यटन प्रर्वद्धन गर्नका निम्ती विभिन्न स्थानमा सूचना बोर्ड निर्माण गरेको छ ।

युएनडिपी, पर्यटन बोर्ड संगको समन्वयमा नगरपालिकाले ढोरपाटन क्षेत्रका विभिन्न पर्यटकीय स्थलको जानकारी, जान लाग्ने समय, ढोरपाटन उपत्यकामा रहेका होटल होमस्टे लगायतका क्षेत्रको विषयमा जानकारी गराउने उद्देश्य सहित बोर्ड निर्माण गरीएको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले बताउनु भयो ।

बुर्तिबाङ बजार सहित विभिन्न ६ स्थानमा बोर्ड राखिएको छ । उत्तरगंगा, देउराली, जलजला, पाखा थर, निशेलढोरमा बोर्ड राखिएको र बोर्ड मा राखिएको नक्सा, तथा इन्टरनेट मार्फत क्युआर स्क्यान गरेर समग्र ढोरपाटनको विषयमा जानकारी लिन सकिने भएको छ ।

त्यस्तै अर्को क्युआर मार्फत सुझाब दिन सकिने व्यवस्था मिलाइएको ढोरपाटन नगरपालिका ९ का अध्यक्ष खिम बहादुर घर्तीले बताउनु भयो ।

 

बागलुङ –१ मा ११ जनाको उम्मेदवारी दर्ता

0

फागुन २१ गतेका हुने प्रतिनिधि सभा निर्वाचनका निम्ती बागलुङ क्षेत्र नं. १ मा ११ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार विहान १० बजे देखी ५ बजे सम्मका लागि मनोनयन दर्ताको समय रहेको थियो । उक्त समयमा ११ राजनितिक दलका ११ जना उम्मेदवारीले आफ्नो मनोनयन दर्ता गराएका छन ।

क्षेत्र नं. १ मा नेपाल मानवताबादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मंगाल नेशनल अर्गनाईजेशनका गुमा कुमारी बुढा राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका शुशिल खड्का, नेपाल कम्युनिष्ट पार्टी एमालेका हिरा बहादुर केसी, प्रगतिशल लोकतान्त्रीक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली काँग्रेसका भिमबहादुर श्रीस रानाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत पुर्ण प्रसाद शर्माले जानकारी दिए ।

त्यसैगरी नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्ण प्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ति र नेपाल कम्युनिष्ट पार्टी माओबादीका टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन ।
मुख्य निर्वाचन कार्यालयले सोमबार सर्वदलिय बैठक राखेर दलहरुलाई समय निर्धारण गरेको थियो । सोही समय अनुसार दलहरुले आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराएका थिए । क्षेत्र नं. २ मा भने दिउँसो ४ः३० सम्म ९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारको समय बाँकी रहेको हुँदा लाइन रहेको हुँदा कतिजना आएको भन्ने ५ बजे मात्र थाहा हुने सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए ।

बागलुङ –२ मा १२ जनाको उम्मेद्वारी दर्ता ।

0

आगामी फागुन २१ गतेका हुने प्रतिनिधि सभा निर्वाचनका निम्ती बागलुङ क्षेत्र नं. २ मा १२ वटा दलको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार विहान १० बजे देखी ५ बजे सम्मका लागि मनोनयन दर्ताको समय रहेको थियो ।

उक्त समयमा १२ राजनीतिक दलका १२ जना उम्मेदवारीले आफ्नो मनोनयन दर्ता गराएका छन । क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका टेकराज पौडेल, नेकपा एमालेका मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अनिल शर्मा गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा ,श्रम संस्कृर्ति पार्टीका हर्क बहादुर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही, नेकपा माओवादीका लोकेन्द्र घिमिरेले उदमेद्वारी दर्ता गर्नुभएको छ ।

त्यस्तै प्रगतिशील लोकतान्त्रीक पार्टीका पदम कुवँर, नेपाल मानवतावादी पार्टीका टेक प्रसाद कामी, मङ्गोल नेशलन अर्गनाइजेशन बाट जुन बहादुर थापा मगर,जनता समाजवादी पार्टीका पूर्ण बहादुर घर्ति र नेशनल रिपब्लिक पार्टीका नर बहादुर बुढाले उम्मेद्वारी दर्ता गर्नुभएको निर्वाचन अधिकृत भिम प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालयले सोमबार सर्वदलीय बैठक राखेर दलहरूलाई समय निर्धारण गरेको थियो । सोही समय अनुसार दलहरूले आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराएका थिए ।

बागलुङमा क्यान्सर सचेतना कार्यक्रम र बुर्तिबाङमा साइकल टोली

0

बुर्तिबाङ

क्यान्सर प्रभावित गरिब एवं आर्थिक रुपमा विपन्न नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूहरूलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले जनवरी १ तारिख देखि थालिएको मध्य पहाडी लोकमार्ग साइकल अभियान यात्रा टोली १९ आैं दिन आइतबार बागलुङस्थित बुर्तिबाङ आईपुगेकाे हो ।  टोली साेमबार गण्डकी प्रदेशबाट लुम्बिनी प्रदेशकाे रुकुम पूर्व प्रस्थान गरेको छ ।

धौलागिरी साइकल राइडर साेसाइटीका संयोजक सुबास शाही एवं हाेटल दरबारका प्राेपाइटर सुजन थापाकाे संयोजकत्वमा यस अभियान टोलीलाइ आर्थिक सहयोगका साथै आतिथ्यता प्रदान गर्नु भएको थियो।

बुर्तिबाङ आउने क्रममा बिहुँ स्थित अमर माध्यमिक विद्यालयका करिब २५० विद्यार्थीहरुलाई उक्त टाेलीका प्रा.डा. सुमन राज ताम्राकारले पाठेघरकाे मुखकाे क्यान्सर र स्तन क्यान्सर विषय माथि प्रस्तुती दिनुभयाे ।

प्रा. डा. ताम्राकारले त्यस कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई आफ्ना महिला अभिभावकहरुलाइ पाठेघरकाे मुखकाे क्यान्सर र स्तन क्यान्सरबाट बच्न क्रमशः पाठेघरकाे मुखकाे पानीकाे जाँच र म्यामाेग्राम गराउन भन्नु पर्नेमा जाेड दिनुभयाे ।

त्यसैगरी‌ स्कुले किशोरीहरुलाइ नियमित तवरमा स्तनकाे स्वयं परीक्षण गर्न सुझाउनु भयो। उक्त कार्यक्रममा विद्यालयका प्रअ भीष्म कँडेल, सहायक प्रअ गणेश लगायतका शिक्षक शिक्षिकाहरुकाे उपस्थिति थियो ।

निकै अन्तरक्रियात्मक रहेकाे उक्त क्यान्सर सम्बन्धी स्वास्थ्य चेतना कार्यक्रममा स्कुलका विद्यार्थीहरुले विभिन्न जिज्ञासा राखेका थिए ।
साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालकाे सहकार्यमा संचालन भईरहेकाे उक्त साइकल यात्रा अभियान दाैरान पाँचथर, तेह्रथुम, धनकुटा, खाेटाङ, सिन्धुपाल्चोक, गाेरखा, कास्की र बाग्लुङमा गरि ११ स्थानमा करिब १५०० भन्दा बढि महिला दिदीबहिनी तथा विद्यार्थीहरु लाभान्वित भइसकेका छन्।

बुर्तिबाङमा सञ्चालित फुटबल प्रतियोगिताको उपाधि डिपिवाई एस रिघालाई ।

0

माघ ५ गते बुर्तिबाङ

बुर्तिबाङमा गत माघ १ गतेदेखि सुरु भएको ओप्पन सेभेन ए साइड फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

कुल १७ समुहको सहभागिता रहेको प्रतियोगिता तर्फ डिपिवाईएस समुह रिघा प्रथम, तमान फुटबल क्लब दिर्तीय भएका छन । प्रथम दिर्तीय  हुने समुहले क्रमश १ लाख ११ हजार १११ र दिर्तीय  हुने समुहले ६६ हजार ६ सय ६६ रुपैयाँ र मेडल र प्रमाणपत्र हात पारेका छन ।

बुर्तिबाङ फुटबल क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा १४ बर्ष मुनि समुहका खेलाडीको हरूका निम्ती समेत खेल आयोजना गरिएको हो ।

जसमा विएफसी बुर्तिबाङ र दिर्तीय ​​​​​​​  निसीखोला २ गोल्डेन फ्युचर एकेडेमी हुन सफल भएको हो । प्रथम र दिर्तीय  हुने समुहले क्रमश १० हजार र ५ हजार पुरस्कार प्राप्त गरेका छन ।

कार्यक्रम क्लबका अध्यक्ष युवराज कुवँरको अध्यक्षता, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

नेपाली कांग्रेसबाट बागलुङ–२ मा टेकराज पौडेल १ मा भीम श्रीस उम्मेदवार

0

बुर्तिबाङ माघ ५ गते
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका भोली मनोनयन दर्ताको समय हुँदै गर्दा नेपाली कांग्रेसले बागलुङ जिल्लाका दुबै निर्वाचन क्षेत्रमा उमेद्वार छनौट गरेको छ ।

छनौट भएका उमेद्वारमा कांग्रेस बागलुङ क्षेत्र नम्बर २ मा पार्टीका केन्द्रिय सदस्य टेकराज पौडेल र क्षेत्र नम्बर १ मा भीम श्रीसलाई उम्मेदवार बनाउने भएको हो ।
केन्द्रीय समितिले सोमबार श्रीस र पौडेलको नाम टुङ्ग्याएको हो ।

श्रीस र पौडेल लामो विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा संक्रिय हुँदै आएका छन् । केही दिन अगाडि सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट दुवै जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

बागलुङमा एमालेबाट हिरा केसी र मञ्जु शर्मा उम्मेदवार

0

बागलुङ 

नेकपा एमालेले बागलुङ क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष हिरा बहादुर केसीलाई उमेदवार बनाउने भएको छ । एमालेको शनिवार सम्पन्न सचिवालय वैठकले क्षेत्र नं. १ बाट केसीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटिले केसी सहित मन कुमारी केसी जिसी र इन्द्रलाल सापकोटालाई उमेदवारका लागि सिफारिस गरेको थियो ।

बागलुङ क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य मञ्जु चालिसेलाई उमेदवार चयन गरेको छ । क्षेत्रीय समन्वय कमिटिले चालिसेको मात्र नाम सिफारिस गरेको थियो । बागलुङ क्षेत्र नं. १ का उमेदवार केसी २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७९ को प्रदेशसभा अन्तरगत बागलुङ क्षेत्र नं. १ (क) मा उमेदवार बन्नु भएको थियो ।

दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार हरि बहादुर खड्का र प्रदेशसभा निर्वाचनम नेपाली कांग्रेसकै दिपेन्द्र बहादुर थापासंग केसी पराजित हुनु भएको थियो ।

क्षेत्र नं. २ का उमेदवार चालिसे २०७९ को संसदीय निर्वाचनमा गठबन्धनका उमेदवार देवेन्द्र पौडेलसंग प्रतिस्पर्धा गरी पराजित हुनु भएको थियो ।

नेकपाबाट बागलुङ २ मा ज्ञामनाथ गैरे(अनिल) उम्मेदवार

0

बागलुङ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य ज्ञामनाथ गैरे (अनिल) लाई उमेदवार बनाउने निर्णय गरेको छ ।

जिल्लाबाट सिफारिस भएका मध्ये एक नम्बरमा रहेका अनिललाई केन्द्रले उमेदवार बनाउने निर्णय गरेको नेकपाले जनाएको छ ।

सिफारिस भएसंगै नेकपाका कार्यकर्ताहरुले अनिललाई उमेदवारका रुपमा प्रचार गरेका थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय गैरे सशस्त्र द्वन्द्वकालमा जिल्ला सेक्रेटरी लगायत विभिन्न पदमा रहेर काम गर्नु भएको थियो ।

बागलुङ क्षेत्र नं २ मा यस भन्दा पहिला २ पटक हालको नेकपा, तत्कालिन नेकपा माओवादी केन्द्रका उमेदवार देवेन्द्र पौडेल विजयी हुनु भएको थियो । २०७४ मा बामपन्थी गठबन्धन र २०७९ मा बाम प्रजातान्त्रिक गठबन्धनबाट पौडेल विजयी हुनु भएको थियो ।

पौडेललाई नेकपाले नवलपरासी क्षेत्र नं२ मा उमेदवार बनाउने निर्णय गरेको छ । बागलुङ क्षेत्र नं १ को उमेदवारमा पार्टीका केन्द्रीय सदस्य कृष्ण के.सी चयन हुनुभएको छ ।