ढोरपाटनमा हिमपात बागलुङ सहित विभिन्न जिल्लामा हल्का वर्षा ।

 

देशका पश्चिमी क्षेत्रको केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । गण्डकीदेखि पश्चिमका केही ठाउँमा हिजो बेलुकीदेखि हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागलुङ सहित आसपासका जिल्लामा वर्षात संगै उच्च क्षेत्रमा राती देखि हिमपात भइरहेको छ । गएको भदौदेखि पानी नपरेको बागलुङमा वर्षा भएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछी खुशी भएका छन् ।

हिउँद लागेपछि विगतमा पुसमै पानी परेर हिउँ पर्ने गर्थ्यो तर यस पटक ढिला हिमपात भयो । हिउँदेबाली सुक्न थालेका बेला हिमपातले राहत पुगेको किसानले बताएका छन । हिमपातले ढोरपाटन उपत्यकाको जनजीवन भने प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागका धेरै ठाउँहरुमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा मध्यम हिमपात र वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

अहिले पश्चिमी वायुको प्रभावले मौसम बदली भएको र भोलिसम्म केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img