चुनावी रौनक बढ्यो : बागलुङ २ का उम्मेद्वार मतदाताको घरदैलोमा ।

बुर्तिबाङ माघ ९ गते

देशैभर चुनावी माहोल बढ्दै जाँदा बागलुङमा समेत आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका निम्ती चुनावी माहोल ह्वात्तै बढेको छ ।

राजनैतिक दलहरू चुनावी अभियानमा होमिएका छन । निर्वाचन कार्यालयबाट निर्वाचन चिन्ह र अन्तिम नामावली प्रकाशन भएको छ । मतदाता भेटघाट तथा घरदैलोमा उमेदवारहरू व्यस्त बन्न थालेका हुन । क्षेत्र नम्बर १ बाट ११ जनाको उम्मेद्वारी दर्ता भएको छ । क्षेत्र नम्बर २ बाट १२ जनाको उम्मेद्वारी दर्ता भएको हो ।

देश निर्वाचनमय बन्दै जाँदा यतिबेला देशभरका चर्चित अनुहार सँगै आफ्नो निर्वाचनमा उम्मेद्वारी दिएका उमेदवारको विषयमा चर्चा परिचर्चा सँगै कसले कति मत प्राप्त गर्लान्, कसको जित सुनिश्चित होला भन्ने अड्कल बाजी समेत चोक चिया पसल लगायत गाउँदेखि शहर सम्म हुन थालेको छ ।

बागलुङ क्षेत्र नम्बर २ मा विशेष गरी २०७९ को निर्वाचनलाई हेर्दा यस पटकको चुनावमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बिच बढि प्रतिस्पर्धा हुने मतदाता आँकलन रहेको बताउँछन । २०७९ मा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा , एकीकृत समाजवादी पार्टी र अन्य साना दल बिच चुनावी तालमेल भएको थियो । जसबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार देवेन्द्र पौडेलले कुल २४,७९४ मत लिएर प्रतिस्पर्धी उममेदवार नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई पराजित गर्नुभएको हो ।

मञ्जु शर्माको २०,१९३ मत प्राप्त भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका उममेदवार तिला खत्रीको २,३२७ मत प्राप्त भएको हो ।तुलसीराम अर्याल स्वतन्त्र उम्मेद्वार हुनुहुन्थ्यो उहाँको ४०७, नेपाल दलित पार्टीका उम्मेद्वार टेक प्रसाद कामीको २२३, राष्ट्रिय जनमुक्ति पार्टीका चित्र प्रसाद गुरुङको १०९ र स्वतन्त्र उम्मेद्वार दिल बहादुर कार्कीको ३७ मत प्राप्त भएको थियो । २०७९ मा ७ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका थिए ।

यसपटक नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा बिच बागलुङका दुई प्रदेशमा चुनावी तालमेल भएको छ । १ मा राष्ट्रिय जनमोर्चाका उमेद्वार लाई सघाउने र २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार ज्ञामनाथ गैरेलाई सघाउने गरी तालमेल भएको हो ।

यसपटकको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेद्वार टेकराज पौडेल, नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिस्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अञ्चल शाही, मङ्गोल नेशनल अर्गनाईजेसन पार्टीबाट जुन बहादुर थापा मगर, नेपाल मानवता पार्टीबाट टेक प्रसाद कामीले उम्मेद्वारी दिनुभएको छ ।

त्यस्तै नेशनल रिपब्लिक पार्टीबाट नर बहादुर बूढा, प्रगतिशील लोकतान्त्रीक पार्टीबाट पदम बहादुर कुवँर, जनता समाजवादी पार्टीबाट पूर्ण बहादुर घर्ती मगर , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट लोकेन्द्र घिमिरे, श्रम संस्कृर्ति पार्टीबाट हर्क बहादुर पुन रहनु भएको छ ।

१२ जना उम्मेद्वार नै चुनावी प्रचार प्रसारमा उत्रिएका छन । जीतलाई आफ्नो पोल्टामा लिनका निम्ती मतदाता रिझाउने, आफ्नो पार्टीको सिद्धान्त, विचार जनतालाई बुझाउने र मत माग्ने क्रम सुरु भएको हो । निर्वाचन फागुन २१ गते आउन ४२ दिन हुँदै गर्दा धेरैको ध्यान चुनाव तर्फ गएको हो ।

यस क्षेत्रमा २०७९ को निर्वाचनमा ४८ हजार मतदाताले मतदान गरेका थिए । यसपटक करिब ९५ हजार मतदाता रहेको क्षेत्र नम्बर २ मा मतदान स्थल ५९ वटा मतदान केन्द्र ११५ स्थानमा रहेको छ । निर्वाचनको आवस्यक तयारी अगाडी बढिरहेको निर्वाचन अधिकृत भिम प्रसाद सुवेदीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img