आगामी फागुन २१ गतेका हुने प्रतिनिधि सभा निर्वाचनका निम्ती बागलुङ क्षेत्र नं. २ मा १२ वटा दलको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार विहान १० बजे देखी ५ बजे सम्मका लागि मनोनयन दर्ताको समय रहेको थियो ।

उक्त समयमा १२ राजनीतिक दलका १२ जना उम्मेदवारीले आफ्नो मनोनयन दर्ता गराएका छन । क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका टेकराज पौडेल, नेकपा एमालेका मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अनिल शर्मा गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा ,श्रम संस्कृर्ति पार्टीका हर्क बहादुर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही, नेकपा माओवादीका लोकेन्द्र घिमिरेले उदमेद्वारी दर्ता गर्नुभएको छ ।
त्यस्तै प्रगतिशील लोकतान्त्रीक पार्टीका पदम कुवँर, नेपाल मानवतावादी पार्टीका टेक प्रसाद कामी, मङ्गोल नेशलन अर्गनाइजेशन बाट जुन बहादुर थापा मगर,जनता समाजवादी पार्टीका पूर्ण बहादुर घर्ति र नेशनल रिपब्लिक पार्टीका नर बहादुर बुढाले उम्मेद्वारी दर्ता गर्नुभएको निर्वाचन अधिकृत भिम प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालयले सोमबार सर्वदलीय बैठक राखेर दलहरूलाई समय निर्धारण गरेको थियो । सोही समय अनुसार दलहरूले आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराएका थिए ।










