Home Blog Page 17

विवाईसी द्धारा हाम्रो वातावरण र ढोरपाटन नामक पुस्तकको विमोचन:शिक्षकहरूका निम्ती २ दिने तालिम

0

माघ ४ गते आइतबार

दिगो पर्यटन प्रर्वद्धन परियोजना द्धारा विवाईसी बागलुङको आयोजनामा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्तरगतका शिक्षकहरूका निम्ती क्षमता विकास तालिम सुरु भएको छ ।

संरक्षण शिक्षामा आधारित शिक्षक सिकाइ युनिटको बारेमा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्तरगत माध्यमिक विद्यालयका शिक्षकहरूका लागी दुई दिने क्षमता विकास तालिम बुर्तिबाङमा सुरु भएको हो ।

तालिमका अवसरमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले हाम्रो वातावरण र ढोरपाटन नामक पुस्तकको विमोचन समेत गर्नुभएको छ । ढोरपाटन इतिहास, पर्यटन, सम्भावना र दिगो विकास सहित तयार गरिएको पुस्तकको विमोचन गरिएको हो ।

आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै कार्यवाहक मेयर कायतले विवाईसी द्धारा ढोरपाटन क्षेत्रको विकास, उद्यम, दिगो पर्यटन पर्वधन र नेतृत्व विकास र सिकाइका क्षेत्रमा अतुलनीय कार्य गर्दे आएको बताउनु भयो ।

दिगो विकास पर्यटन प्रर्वद्धन परियोजना द्धारा होटल होम स्टेको व्यवस्थापक, सुन्दर ढोरपाटन निर्माण र सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलिरहेको र स्थानीय सरकारले समेत परियोजनाले गरेको काममा सकारात्मक सहयोग गरेको बताउनु भयो ।

कार्यक्रममा वन विज्ञान अनुसन्धान पोखराका उपप्रध्यापक विकास अधिकारी द्धारा प्रशिक्षण दिइने कार्यक्रममा ढोरपाटन नगरपालिका भित्रका ७ र निसीखोला गाउँपालिका अन्तर्रगतका ५ विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको हो ।

दिगो विकास पर्यटन प्रर्वद्धन परियोजना कार्यक्रम उद्यम विकास अधिकृत टेक बहादुर वि.क.को अध्यक्षता ,परियोजनाका कार्यक्रम निर्देशक उत्तम अर्यालको स्वागत विष्णु शर्माको सञ्चालनमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको हो ।

राजा रानीको सम्झनामा बागलुङको भल्कोटमा सुरु भयो पुलती नाच सहित विभिन्न कार्यक्रम ।

0

बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते नाचिने पतली नाच सहितका विभिन्न कार्यक्रम सुरु भएको छ ।
जहाँबाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । यसबर्ष पनी आयोजकले विभिन्न कार्यक्रमका साथ मेला सुरु गरेको छ ।
बालक देखि युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढेपछि बर्सेनि नाचको रौनक बढ्दै गएको छ । पछिल्लो समय सडकको पहुँच, प्रचार प्रसारका कारण उक्त नाच हेर्ने बागलुङ लगाएत छिमेकी जिल्ला रुकुम, प्युठानबाट समेत दर्शक आउने गरेका छन ।
भल्कोटमा मात्र नाच्ने पुतली नाच उत्कृष्ट मौलिक संस्कृतिका रूपमा लिने गरिन्छ । पुतली नाचसँगै आजकै दिन कापै नाच, तरबार नाच र पट्टा नाच नाच्ने गरिन्छ । युवापुस्ता विदेश पलायन र बजार झर्न थालेपछि लोप हुने अवस्थामा पुगेको पुतली नाच गाउँमा भएका युवाले संरक्षणमा जोड दिएका हुन् । मगर समुदायको पहिचानसँग जोडिएको नाचलाई संरक्षण गर्न स्थानीय सरकारसहित विभिन्न सङ्घसंस्था पनि लागेका छन् । पुर्खाले जर्गेना गर्दे आएको संस्कृर्तिलाई पछिल्लो पिँडिले संरक्षण गरेको र निसीखोला गाउँपालिकाले समेत यसको जर्गेना गर्नका निम्ती चासो दिइएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको भनाई छ ।

नाच संरक्षणका लागि तिलाचन युवा क्लबले अग्रसरता लिएको छ ।
पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् ।
क्लबले पुराना पुस्ताबाट युवालाई संस्कृति हस्तान्तरण गराउने कार्य गर्दै आएको छ । हरेक वर्ष गाउँमा नयाँ नाच्ने युवा बढिरहेका छन् । सयौँ वर्ष पुरानो मानिने यो नाच कहिलेदेखि सुरू भएको यकीन नभए पनि बाइसे चौबीसे राज्य हुँदादेखि नाच्दै आइएको बूढापाकाको भनाइ छ । बाउबाजेले नाच्दै आएको नाचलाई अहिलेसम्म संरक्षण गर्दै आएको स्थानीय अनुप बुढाले बताउनु भयो ।

तत्कालीन बाइसे चौबीसे राज्य सञ्चालनका समयमा राजारानीको मृत्यु भएपछि स्थानीयले उनीहरूको स्मृतिमा पुतली नान नाच्न थालेको स्थानीयको भनाई छ ।

बुढामगरका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ ।
राजा, रानी र धाइमा गरी तीनवटा मूर्तिजस्तो पुतली बनाइन्छ भने माघ ३ गते बालक, युवा र वृद्धहरू पुतलीको पहिरन गरेर बाजाको तालमा नाच्ने गर्छन् । माघ ३ गते भल्कोट गाउँबाट नाच्दै केही माथि पुग्ने र त्यहाँ बन्दुक पट्काउने, पुलतीलाई डोलामा डुलाउने र नाच्ने गरिन्छ । साँझ परेपछि खोलामा सेलाइन्छ ।

माघ २ गते साँझ पुतली बनाउन सुरू गरेदेखि ३ गते खोलामा लगेर नबगाउँदासम्म स्थानीय युवाहरू डम्फु बजाउने, अश्लिल बोल्ने र कापै खेल्ने गर्छन् । माघ ३ गते बिहानदेखि साँझसम्म भने पुतलीजस्तै बनेका मान्छे नाच्छन् । उनीहरूले शरीरमा विभिन्न थरिका कपडा पहिरिएका हुन्छन् । पुतलीजस्तै बनेका उनीहरू दिनभर नाच्छन् । जसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् ।
पुतली नाच संगै भालु नाच, पट्टा नाच समेत सोही दिन नाच्ने प्रचलन रहेको हो । स्थानीय परम्परा अनुसार एक हप्ता सम्म उक्त स्थानमा मेला लाग्ने गर्दछ ।
क्लबले यसबर्ष महिला पुरुष भलिवल, भेट्रान्स भविवल, दोहोरी गित, आइडल डान्स, आमा समुह नृत्य लगाएत विभिन्न चर्चित कलाकारको सांगितीक प्रस्तुती रहने भएको हो ।
उद्धघाटन सत्रको कार्यक्रम क्लबका अध्यक्ष वेल बहादुर बुढाको अध्यक्षता, निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता वडा अध्यक्ष , विभिन्न संघसंस्थाका प्रतिनिधी, सहयोगी दाता लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम फुल मगरको संचालनमा उद्धघाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।

 निसीखोला गाउँपालिका गाउँसभाको १७ औँ अधिवेशन सम्पन्न

0


निसीखोला गाउँपालिका गाउँसभाको १७ औँ अधिवेशन  मङ्गलबार सम्पन्न भएको छ । गाउँपालिकाको १७ औँ सभाबाट १८ लाख बराबरको बजेट योजना तथा कार्यक्रम संसोधन रकमान्तर गरिएको छ ।
गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति द्धारा प्रस्तुत अर्धवार्षिक प्रगति विवरण अनुसार चालु आर्थिक वर्षको कुल ४० करोड ९९ लाख ६५ हजार ९५६ रुपैयाँ मध्ये ३६.९४ प्रतिशत र पूँजीगत तर्फ १२ करोड ७१ लाख २८ हजार ७६ रुपैयाँ मध्ये ८.९२ प्रतिशत बजेट खर्च भएको पाइएको छ । 

हालसम्मको पालिकामा वित्तिय प्रगति ३०.३ प्रतिशत बजेट खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको हो । गाउँपालिकामा बेरोजगारलाई सूचिकृत गरी श्रम मुलक रोजगारी दिने निती अनुसार २२०९ जना सूचिकृत भएको पाइएको छ ।  गाउँपालिका मार्फत कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक लगायत पूर्वाधारको विकासमा महत्वपूर्ण भूमिका रहेको बताइएको हो । 

गाउँसभा सदस्य, राजनैतिक दलका प्रतिनिधि , कर्मचारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, गाउँसभा सदस्यले पालिकालाई समृद्ध बनाउन, अधुरा रहेका काम पुरा गर्न जनताको हित हुने गरी पालिकाले काम गर्नुपर्नेमा सुझाब दिएका छन ।

 मङ्गलबार आयोजित गाउँसभा गाउँपालिका उपाध्यक्ष सहित नेपाली कम्युनिष्ट पार्टी निकट जनप्रतिनिधिले बहिष्कार गरेका हुन ।  

निसीखोला गाउँपालिका उपाध्यक्ष सहित नेपाली कम्युनिष्ट पार्टी निकट जनप्रतिनिधि द्धारा गाउँसभा बहिष्कार ।

0

पौष २९ गते बुर्तिबाङ

निसीखोला गाउँपालिकाले मंगरबार सञ्चालन गरेको १७ औँ गाउँसभा कार्यक्रममा बजेट तर्जुमा समितीका संयोजक एवम गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ती सहित नेपाली कम्युनिष्ट पार्टी निकट सभा सदस्यले आजको गाउँसभा बहिष्कार गरेका छन ।

गाउँसभाको विषयमा आफूलाई हिँजो साँझ मात्र जानकारी गराइएको र आफू स्वास्थ्य चेकजाँचको क्रममा पोखरा रहेका कारण सभामा उपस्थित हुन नसकेको र आफूलाई सभा र बजेट तथा निती कार्यक्रमको विषयमा कुनै जानकारी नगराइएका कारण आफ लगायत आफ्नो पार्टीमा आवद्ध जनप्रतिनिधिद्वारा सभा बहिष्कार गरिएको उपाध्यक्ष घर्तिले बताउनु भयो ।

गाउँसभा जस्तो विषयमा कार्य सञ्चालन समितिले छलफल गरेर जानुपर्नेमा आफूहरू लाई जानकारी नै नभएको उहाँको तर्क रहेको छ । पछिल्लो समय गाउँपालिकामा मनोमानी बद्दै गएको छ ।

सबैको अपनत्व हुने गरी काम हुन छोडेको बताउँदै केही समय पहिले शिक्षा समितिले गरेको गैर कानुनी निर्णयको विरुद्धमा ध्यानाकर्षण गराए पनी त्यसको समेत सुनुवाई नभएपछि पालिकामा थप मतभेद बढ्दै गएको जनाइएको छ ।

पालिकाको गतल प्रवृत्तिका विरुद्धमा आफूहरूले आजको सभा नै बहिष्कार गरिएको वडा नम्बर २ का अध्यक्ष कुविर विश्वकर्माले बताउनु भयो ।

 

ढोरपाटन नगरपालिका नगर सभाको १८ औँ अधिवेशन मङ्गलबार सम्पन्न ।

0

 पौष २९ गते बुर्तिबाङ

ढोरपाटन नगरपालिका नगर सभाको १८ औँ अधिवेशन मङ्गलबार सम्पन्न भएको छ ।

नगरसभाले १७ औँ सभाबाट पारित भएका कुल ३ करोड २८ लाख ७५ हजार बजेट बराबरको ३८ वटा कार्यक्रम, योजना संसोधन रकमान्तर गर्दे ५३ वटा संशोधित योजना ल्याइएको हो । कुल ६१ करोड २८ लाख १७ हजार ५ सय २९ रुपैयाँको चालु आर्थिक वर्षमा बजेट लिएको पालिकाले हालसम्म २८ प्रतिशत वित्तिय प्रगति गर्न सफल भएको छ ।

नगरपालिकाको लागि जग्गा खरिद गर्न, लोकसेवा तयारी कक्षा , मेसिनरी औजार खरिद लगाएका ३८ वटा योजनालाई संसोधन र रकमान्तर गरिएको नगर सभाका अध्यक्ष धन बहादुर कायत द्धारा प्रस्तुत निती कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिकाले फोहोर व्यवस्थापन स्थलको व्यवस्था, ढोरपाटन क्षेत्रको विकास, सडक निर्माण र स्तरोन्नति, खानेपानी, सिँढी निर्माण, विभिन्न भवन निर्माण लगायतका क्षेत्रमा बजेट स्थानान्तरण गरेको पाइएको छ । कार्यक्रममा नगरसभाका सदस्य दिलिप थापाले बोल्दै उत्तर गंगा माध्यमिक विद्यालयमा शौचालयको निम्ती बजेट व्यवस्थापन गरिएको तर सोही विद्यालय सहित अधिकांश सामुदायिक विद्यालयमा सरसफाइ नभएको ,शौचालय निकै दुर्गन्ध रहेका कारण सरसफाइ सचेतना गराउन आवश्यक रहेको विषयमा सुझाव दिनुभयो ।

ज्ञान बहादुर भण्डारी द्धारा वडा नम्बर ६ मा रहेको जन चाहना आधारभुत विद्यालयमा पालिकाको तर्फदेखि अनुगमन हुन नसकेको , विद्यालय व्यवस्थित बन्न नसकेको र प्रअको भूमिका जिम्मेवारी पूर्ण नरहेको विषयमा ध्यानाकर्षण गराउनु भयो । त्यस्तै रुपान घर्ति द्धारा नमुना आधारभुत विद्यालयमा २ वटा प्रधानाध्यापक रहेको र कसलाई आधिकारिक मान्ने विषयमा नगरसभामा ध्यानाकर्षण गराउनु भएको हो ।

वडा नम्बर २ का सदस्य चुडामणि जैसीले बोल्दै सबै वडामा नर्सरी व्यवस्थापन गर्ने भनी विनियोजन गरिएको बजेट किन संसोधन गरिएको र टोलमा राँगो वितरण हुनुपर्ने विषयमा ध्यानाकर्षण गराउनु भयो । नवीन शेरचन द्धारा बुर्तिबाङ अस्पताललाई पुनह बजेट किन विनियोजन गरिएको भन्ने विषयमा जिज्ञासा राख्नु भएको हो । सभाका सदस्यबाट उठेका प्रश्न जिज्ञासाको विषयमा सभा अध्यक्ष धन बहादुर कायत ले प्रस्ट पार्नुभएको हो ।

सामुदायिक विद्यालयमा सरसफाइशौचालय सरसफाइको विषयमा सम्बन्धित विद्यालयलाई अनुगमन मार्फत ध्यानाकर्षण गराउने र सबै जनप्रतिनिधि, विद्यालय व्यवस्थापनको जिम्मेवारी रहेको बताउनु भयो । जनचाहना आधारभुत विद्यालयमा भइरहेको गैर जिम्मेवारीका विषयमा नगरपालिका गम्भिर रुपमा अगाडि बढेको र कारवाही प्रकृया समेत अगाडि बढाइएको बताउनु भयो ।

त्यस्तै बुर्तिबाङ अस्पतालमा पर्याप्त स्वास्थ्य कर्मी अझैपनि नहुँदा र करारका कर्मचारीलाई पारिश्रमिक भुक्तान गर्द बाँकी रहेको अवस्थामा यसै क्षेत्रका नागरीकले सेवा लिने अस्पत्ताल भएका कारण अस्पत्तालको निवेदनका आधारमा ४ लाख बजेट भुक्तान गर्ने गरी बजेट व्यवस्था गरिएको बताउनु भयो ।

त्यस्तै नमुना आधारभुत विद्यालयमा दुई जना शिक्षकले प्रधानाध्यापक दावी गरीरहेको अवस्थामा अधालतबाट आएको फैसला कार्यान्यन हुने र विद्यालय व्यवस्थापन समिती गठन भइसकेका कारण समितीले चाँडै टुँगो लगाउने र पालिकाले सहजिकरण गर्नुे बताउनु भयो ।

नर्सरी सबै वडा तहमा निर्माण गर्ने गरी कार्यक्रम ल्याइएपनी १ वटा मात्र निवेदन परेका कारण कार्यक्रम संसोधन रकमान्तर गरिएको बताउँदै वडा नम्बर २ रिनाम गाउँमा अनुदानमा राँगो उपलब्ध गराउन सकिने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा नगरसभा सदस्य, कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

0

काठमाण्डाै – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले आउँदाे माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सबै उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य बीमा बोर्डबाट दाबी भुक्तानी नआएका कारण सेवा बन्द गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बोर्डबाट झन्डै ४० करोड रुपैयाँ लिन बाँकी छ ।

अहिले स्वास्थ्य बीमातर्फ महिनाको पाँच करोड रुपैयाँ हाराहारीमा खर्च हुने गरेको छ । तर बीमा बोर्डले ५० प्रतिशतमात्र दाबी स्वीकृत गर्ने गरेको छ ।

दररेट शुल्कमा असमानता, लगातार अस्वीकृत दाबी र मासिक झन्डै २ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेपछि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसकिने अवस्था आएको त्रिवि शिक्षण अस्पतालका प्रवक्ता कालीप्रसाद रोसायाराले जानकारी दिनुभयो ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमाको भार धान्न नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ । एनसीडी एलायन्स नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गौतमले सरकारले बीमाका लागि यो वर्ष ११ अर्ब बजेट छुट्याएकोमा अहिलेसम्मको खर्च २४ अर्ब रुपैयाँ पुगिसकेकोले यसको पुनरावलोकन आवश्यक रहेको बताउनुभयो ।

पालिकास्तरबाट निःशुल्क दिइने आधारभूत स्वास्थ्य सेवासमेत स्वास्थ्य बीमामा जोडिँदा राज्यमाथि दोहोरो आर्थिक भार परेको उहाँको भनाइ छ । कार्यक्रममा मन्त्री गौतमले नसर्ने रोगहरू रोकथाम गर्न सकिने भए पनि उपचारमा मात्र केन्द्रित हुँदा राज्यमाथि ठूलो आर्थिक भार थपिएको उल्लेख गर्नुभयाे ।

निसीखोला तेश्रो लघुजलविद्युत सहकारी संस्थाको तेश्रो वार्षिक साधारण सभा ।

0


पौष २८ गते बुर्तिबाङ
निसीखोला तेश्रो लघुजलविद्युत सहकारी संस्थाको तेश्रो वार्षिक साधारण सभा सोमबार संस्थाको कार्यालयमा सम्पन्न भएको छ ।
आयोजित कार्यक्रमलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले उद्‌घाटन गर्दे देशमा गत भाद्र २३ र २४ गतेको आन्दोलनका कारण सरकार परिवर्तन देखि धेरै विषय परिवर्तन हुँदा अझैपनि देश अन्यौल अवस्थामा रहेको बताउनु भयो । देशमा परिवर्तनका निम्ती भएका आन्दोलनले कतै फाइदा पुर्याएपनी धेरै घाटा हुन पुगेको बताउनु भयो 


नेपाल क्रमिक रुपमा विकास भइरहेको अवस्थामा पुराना दलले केही पनि गर्न सकेनन् भन्ने भाष्य निर्माण गरिएको बताउँदै पुराना दलकै कारण सडक, शिक्षा, स्वास्थ्य, विधुत लगायत जनताको समस्या संग नजिक रहेर विकास भइरहेको बताउँदै वर्तमान अवस्थामा देखिएको नकरात्मकताले समाज र देशको हित नहुने बताउँदै सकारात्मक चिन्तन र सबैको समोन्यले मात्र देशको समृद्धि हुने बताउनु भयो । 


संस्थाका अध्यक्ष भूमिराज घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति, वडा नम्बर ५ का अध्यक्ष हर्कमान घर्ति, राजनैतिक दलका प्रतिनिधि , जनप्रतिनिधि लगायतको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो । 


कार्यक्रममा संस्थाका अध्यक्ष भूमिराज घर्तीद्वारा संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । संस्थाका कोषाध्यक्ष पुनिकला बुढा द्धारा आर्थिक बर्स २०८१÷०८२ को आय व्यवाय विवरण प्रस्तुत गर्नुभएको हो । संस्थाले २३ लाख २८ हजार ३९ रुपैयाँ आम्दानी गर्दा १४ लाख ५५ हजार ६७२ रुपैयाँ खर्च रहेको विवरण प्रस्तुत गरिएको हो । 


संस्थाले ८ लाख ७२ हजार ३३६ रुपैयाँ लगानीमा रहेको रकमको विवरण प्रस्तुत गरेको हो । कार्यक्रम संस्थाका उपाध्यक्ष चुले कामीको स्वागत सचिव तारा बहादुर वि.क. को सञ्चालनमा सम्पन्न भएको हो । 

बुर्तिबाङ फुटबल क्लब द्धारा माघ १ देखि ५ सम्म फुटबल प्रतियोगिता सञ्चालन गर्दे ।

0

 पौष २८ गते बुर्तिबाङ

बुर्तिबाङ फुटबल क्लबको आयोजनामा माघ १ गतेदेखि ५ गतेसम्म बुर्तिबाङमा सेभेन ए साइड ओप्पन फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रत्यक बर्ष फुटबल प्रतियोगिता आयोजना गर्दे आएको क्लबले यस बर्षपनी पाँचदिने कार्यक्रम गर्ने गरी आवश्यक तयारी भइरहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

खुल्ला सेभेन ए साइड प्रतियोगितामा कम्तिमा आयोजक सहित १७ समुहको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ दिर्तिय हुनेले ६६ हजार ६ सय ६६ रुपैयाँ सहित क्रमश ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको जनाइएको छ ।

त्यस्तै १४ बर्ष मुनि समुहका खेलाडीहरूका निम्ती समेत खेल आयोजना गरिएको छ । जसमा प्रथम र दिर्तिय हुने समुहले क्रमश १० हजार र ५ हजार पुरस्कार प्राप्त गर्ने जनाइएको छ । उत्तरगंगा माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताका निम्ती आवश्यक तयारी भइसकेको क्लब अध्यक्ष यूजराज जंग कुवँरले बताउनु भयो ।

त्यस्तै खेलकुदका निती नियमका विषयमा खेलकुद संयोजक ताइसन पुन मगरले बताउनु भयो । कार्यक्रममा संस्थाका सल्लाहकार टिका बहादुर पुन, कृष्ण भण्डारी, सम्शेर वि.क.ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सचिव जीवन विश्वकर्माले सञ्चालन गर्नुभएको हो ।

कांग्रेस विशेष महाधिवेशन लम्बियो

0

२८ पुस, काठमाडौँ ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिएको हो ।

आइतबारदेखि चलेको महाधिवेशन मंगलबारसम्म लम्बिएको विशेष महाधिवेशन प्रचार-प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिए ।

उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।’

बुर्तिबाङमा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ ढोरपाटनको प्रथम भेला ।

0

पौष २८ गते बुर्तिबाङ
बुर्तिबाङमा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ ढोरपाटनको प्रथम भेला आइतबार सम्पन्न भएको छ ।

करिब १०० जनाको सहभागिता रहेको भेलाले नयाँ कार्यसमिती चयन गर्दे बुर्तिबाङमा भारतिय पूर्व सैनिकलाई पेन्सिन लिनका निम्ती सहज होस भन्ने उदेश्यले नेपाल एसविआई बैँक र एभरेष्ट बैँक ल्याउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

बुर्तिबाङमा बैँक स्थापना भएमा बागलुङको पश्चिम क्षेत्र संगै रुकुम, प्युठान, म्याग्दी सम्मका नागरीकलाई सहज हुने जनाइएको छ ।
भेलाले सुरेश घर्ति अध्यक्ष रहेको १७ सदस्य समितीको गठन गरीएको छ । समितीको उपाध्यक्षमा जग बहादुर पुन, सचिव ज्ञानेन्द्र घर्ति मगर , कोषाध्यक्ष खम माया घर्ति मगर लगाएत रहेको समितीको गठन गरीएको हो ।

नयाँ नेतृत्वले बैँक ल्याउन पहल गर्ने, भारतिय भुपु शैनिक संघमा आवद्ध रहेका भुपुहरुको हक हितमा काम गर्ने जनाइएको छ ।