Home Blog Page 18

बुर्तिबाङमा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ ढोरपाटनको प्रथम भेला ।

0

पौष २८ गते बुर्तिबाङ
बुर्तिबाङमा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ ढोरपाटनको प्रथम भेला आइतबार सम्पन्न भएको छ ।

करिब १०० जनाको सहभागिता रहेको भेलाले नयाँ कार्यसमिती चयन गर्दे बुर्तिबाङमा भारतिय पूर्व सैनिकलाई पेन्सिन लिनका निम्ती सहज होस भन्ने उदेश्यले नेपाल एसविआई बैँक र एभरेष्ट बैँक ल्याउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

बुर्तिबाङमा बैँक स्थापना भएमा बागलुङको पश्चिम क्षेत्र संगै रुकुम, प्युठान, म्याग्दी सम्मका नागरीकलाई सहज हुने जनाइएको छ ।
भेलाले सुरेश घर्ति अध्यक्ष रहेको १७ सदस्य समितीको गठन गरीएको छ । समितीको उपाध्यक्षमा जग बहादुर पुन, सचिव ज्ञानेन्द्र घर्ति मगर , कोषाध्यक्ष खम माया घर्ति मगर लगाएत रहेको समितीको गठन गरीएको हो ।

नयाँ नेतृत्वले बैँक ल्याउन पहल गर्ने, भारतिय भुपु शैनिक संघमा आवद्ध रहेका भुपुहरुको हक हितमा काम गर्ने जनाइएको छ ।

ढोरपाटन उद्योग वाणिज्य संघले चैत्र १३ गते दोश्रो अधिवेशन गर्ने ।

0

पौष २७ गते आइतबार

ढोरपाटन क्षेत्रका व्यवसायीको हक अधिकार र व्यवसायीका क्षेत्रलाई प्रर्वद्धन गर्दे आइरहेको ढोरपाटन उद्योग वाणिज्य संघले आउँदो चैत्र १३ गते पाचौँ साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

गत मंसिर २६ गते समिति पदाधिकारीको निर्णय अनुसार चैत्र १३ गते नयाँ नेतृत्व चयन गर्ने गरी साधारण सभा तथा अधिवेशनको तयारी गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताउनु भयो । ३ वर्षका निम्ती कार्यकाल पाएको समितिको चैत्र महिनामा कार्यकाल सकिँदै छ ।

समितिले आफ्नै भवन निर्माणका निम्ती जग्गा खरिद गरिसकेको छ । भवन निर्माण गर्ने लक्ष्य लिएको जनाइएको छ ।

निसीखोला दोश्रो लघु जलविधुत सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा ।

0

पौष २६ गते बुर्तिबाङ
निसीखोला दोश्रो लघु जलविधुत सहकारी संस्था लिमिटेड निसीखोला गाउँपालिका ४ को सातौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ध्रुवराज रेग्मी रेग्मीको अध्यक्षतामा आयोजीत कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरको प्रमुख आतिथ्यतामा कार्यक्तम सम्पन्न भएको हो ।
सांसद कुवँरले बोल्दै निसीखोला दोश्रो लघुजलविधुत सहकारी संस्थाले नागरीकको सहभागिता, अपनत्व र अपन्तव संगै सक्रिय रुपमा अगाडी बढाएको बताउँदै विधुत र सहकारी मार्फत उदाहरणीय संस्थाको रुपमा अगाडी बढाएकोमा व्यवस्थापक समितीलाई धन्यबाद दिनुभयो ।
सांसद कुवँरले थप बोल्दै आफनो निर्वाचन क्षेत्रमा आफु प्रदेश सभा सांसद हुँदै गर्दा धेरै कामहरु गरीरहेको बताउँदै जनताको आशा र अपेक्षा धेरै हुँदा अझैपनी सडक, खानेपानी, केन्द्रिय विधुत विस्तार, शिक्षा स्वास्थ्य लगाएत थुप्रै काम गर्न बाँकी रहेको बताउनु भयो ।
नागरीकको आशा अपेक्षालाई क्रमिक रुपमा पुरा गर्नका निम्ती यसक्षेत्रमा सुशासन, समृद्धी र विकासका आयाम बढाउन आफु निरन्तर लागिपरेको बताउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश निर्वतमान सांसद खिम विक्रम शाही, निसीखोला गाउँपालिका निवर्तमान अध्यक्ष तारानाथ पौडेल, वडा नम्बर ४ का अध्यक्ष टिकानिधी पौडेल, वडा नम्बर ७ का अध्यक्ष दिपक कुवँर ,स्थानीय जनप्रतिनिधी, सेयर सदस्य लगाएतको आतिथ्यता एव्म शुभकामना मन्तव्य रहेको हो ।
कार्यक्रममा अध्यक्ष ध्रुवराज रेग्मी रेग्मीद्धारा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाका अवस्था, सेवा विस्तार, आर्थिक अवस्था,भावि कार्ययोजना लगाएतका विषयमा प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
त्यस्तै संस्थाका कोषाध्यक्ष चेतराम पौडेल द्धारा संस्थाको अवस्था संगै आर्थिक विवरण प्रस्तुत गर्नुभएको हो । पश्चिम बागलुङमा केन्द्रिय विधुत संग मर्ज गरी विधुत सेवा विस्तार गरेको हो ।
आर्थिक बर्ष २०८१÷०८२ को आय विवरण अनुसार ८८ लाख ८७ हजार ९ सय ७६ रुपैयाँ र कुल खर्च ७० लाख ४२ हजार ८ सय ९५ रुपैयाँ बराबरको खर्च विवरण प्रस्तुत गरीएको हो । कार्यक्रम संस्थाका सचिव खिम विक्रम गिरीको सञ्चालनमा सम्पन्न भएको हो ।

तमानखोलामा विद्यालय स्तरीय अतिरिक्त कृयाकलाप सुरु ।

0

 पौष २५ गते शुक्रबार

तमानखोला गाउँपालिकाको आयोजनामा शुक्रबार देखि पालिका अन्तर्गतका विद्यालय स्तरीय अतिरिक्त कृयाकलाप सुरु भएको छ ।

विभिन्न ५ विधामा सञ्चालन भइरहेको प्रतियोगिता तर्फ २१ वटा विद्यालयको सक्रिय सहभागिता रहेको हो । आज आयोजित कार्यक्रम तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको अध्यक्षतामा शुभारम्भ गरिएको हो ।

सभाध्यक्ष हिराकुमारी छन्त्यालले बोल्दै विद्यार्थीलाई अध्ययन संगै अतिरिक्त कृयाकलाप संगै प्रतिभाको विकास गर्न र शैक्षिक कृयाकलापलाई अगाडी खेलकुदका कार्यक्रम समेत अपरिहार्य रहेको बताउँदै खेलकुदले शिक्षाको विकास र अनुशासन, प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण सहयोग गर्ने बताउँदै अनुशासन पूर्वक खेलकुदमा सहभागिता जनाउन विद्यार्थीलाई अनुरोध गर्नुभयो ।

गाउँपालिका शिक्षा शाखाको आयोजनामा सुरु भएको कार्यक्रममा पहिलो दिन छात्र भलिवल प्रतियोगिता सुरु भएको छ । ९ विद्यालयको भलिबल तर्फ सहभागिता रहेको हो । त्यस्तै पहिलो दिन छात्र छात्रा हिसाब डोँड प्रतियोगिता भएको शिक्षा शाखा अधिकृत दुर्गादत्त घिमिरेले बताउनु भयो 

उक्त प्रतियोगिता तर्फ १७ विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा छात्र छात्रा भलिवल, हिसाब डौड, वक्तित्व कला, हाजिरी जवाफ प्रतियोगिता हुने भएको हो ।

तमान स्थित धनगौज्वती माध्यमिक विद्यालयका प्राङ्गणमा कार्यक्रम सुरु भएको छ । कार्यक्रम वसन्त घर्तिको सञ्चालनमा सम्पन्न भएको हो ।

ढोरपाटन ७ मा छातीरोग सम्बन्धी डिजिटल एक्सरे द्धारा छातीरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम

0

बुर्तिबाङ पौष २५ गते

ढोरपाटन नगरपालिकाको वडा नम्बर ७ मा शुक्रबार छातीरोग सम्बन्धी डिजिटल एक्सरे द्धारा छातीरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिकाको आयोजना, प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरा र बुर्तिबाङ अस्पतालको प्राविधिक सहयोग तथा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको समन्वयमा ढोरपाटन नगरपालिका ७,८ र ९ का नागरिकलाई लक्षित गर्दे छातीरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम गरीएको हो । कार्यक्रममा स्थानीय ४०२ जना नागरिकले सेवा लिएका छन । जसमध्ये १२ जनामा क्षयरोग पोजेटिभ देखिएपछि आजैदेखि नियमित औषधी सेवन गर्ने गरी आवश्यक परामर्श र औषधी उपलब्ध गराइएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा संयोजक भूमिश्वर शर्माले बताउनु भयो ।

गतबर्ष यस्तै अभियान सुरु गरेको नगरपालिकाले ६०० जनाको परिक्षण गर्दा २१ जनामा क्षयरोग पत्ता लागेको पाइएको छ । यसवर्ष अन्य वडामा समेत डिजिटल एक्सरे द्धारा छातीरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम गरीने जनाइएको छ ।

आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका ७ का अध्यक्ष धन बहादुर अदै को अध्यक्षता गण्डकी प्रदेश स्वास्थ्य मन्त्री कृष्ण पाठकको प्रमुख आतिथ्यता, गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य मन्त्री पाठकले बोल्दै स्वास्थ्य क्षेत्रको विकास र दुर्गम ठाउँसम्मका नागरिकको सहज पहुँच वृद्धिका निम्ती गण्डकी प्रदेशले धेरै कामहरू गरिरहेको बताउनु भयो । डिजिटल एक्सरे द्धारा छातीरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम गण्डकी प्रदेशका विभिन्न १३ वटा पालिकामा भइरहेको बताउनु भयो ।

गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले बोल्दै दुर्गम गाउँका स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरीक लाई सहज, सरल र पर्याप्त स्वास्थ्य सेवा दिने गरी आफूहरूले समेत काम गरेको बताउँदै बुर्तिबाङ अस्पतालबाट अव यहाँका नागरिकले थप सेवा सुविधा प्राप्त गर्ने बताउनु भयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले बोल्दै ढोरपाटन नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउँदै नागरिकको स्वास्थ्यका विषयमा नगरपालिका संवेदनशिल भएर लाग्ने बताउनु भयो ।

कार्यक्रममा प्रादेशिक रोग नियन्त्रण केन्द् गण्डकी प्रदेश पोखरा, बुर्तिबाङ अस्पताल ,प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रतिनिधि, स्वास्थ्य कर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा संयोजकभूमिश्वर शर्मा को सञ्चालनमा सम्पन्न भएको हो । 

साइन रेसुङ्गा बैँक बुर्तिबाङ शाखाद्वारा गँगा आविमा कक्षाकोठा व्यवस्थापन अन्तरगत भित्ते लेखन ।

0

पौष २५ गते बुर्तिबाङ
साइन रेसुङ्गा बैँक बुर्तिबाङ शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ढोरपाटन नगरपालिका १ खप्तरीबाङ मा रहेको गँगा आविमा विद्यालयमा कक्षा १ र २ को भित्ते लेखन गरिएको छ । 

बैँकको आर्थिक सहयोगमा भित्ते लेखन गरिएपछि एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज बहादुर कुमालको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो । 

बैँकका शाखा प्रबन्धक प्रेमनाथ पौडेल, ढोरपाटन नगरपालिका शिक्षा शाखा प्रमुख फरी पुष्पक दाहाल, बैँकका कर्मचारी लगायत स्थानीय अभिभावक विद्यार्थीको बिचमा भित्तेलेखन हस्तान्तरण गरिएको हो । 

बैँकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विपन्न वर्गका नागरिकका बालबालकाले पठन पाठन गर्ने विद्यालयमा भित्ते लेखन गरिएको र यसले विद्यार्थीलाई पठन पाठनमा सहयोग पुग्ने बैँकका शाखा प्रबन्धक प्रेमनाथ पौडेलले बताउनु भयो । बैँकले स्रहानिय कार्य गरेको भन्दै विद्यालयको तर्फदेखि धन्यबाद ज्ञापन गरिएको हो ।  

लायन्स क्लब अफ ढोरपाटन द्धारा तमान बाल गृहलाई खाध्यान्ह सहयोग ।

0

 पौष २५ गते बुर्तिबाङ

लायन्स क्लब अफ ढोरपाटनले शुक्रबार तमान बाल गृहमा बसेर अध्ययन गरिरहेका बालबालिकालाई लक्षित गर्दे खाध्यान्ह सामाग्री सहयोग गरेको छ ।

 तमानखोला गाउँपालिका ३ मा रहेको बालगृहमा हाल २२ जना अभिभावक विहीन बालबालिकाले बसेर स्थानीय धनगौज्वती माध्यमिक विद्यालयमा अध्ययन गर्दे आएका छन ।

 गाउँपालिका अध्यक्ष जोक लाल बुढाको सक्रियतामा स्थापना भएको उक्त बालगृह मार्फत निःशुल्क रुपमा पठन पाठन, स्वास्थ्य, खानपान, लत्ता कपडा लगायत सबै खर्च व्यहोर्ने गरी तमानखोला गाउँपालिका भर बाबा आमा नभएका सहारा विहीन बालबालीका लाई राखेर आवास संगै पठन पाठन गराइएको हो ।

 विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको लायन्स क्लब अफ ढोरपाटनले बालबालीका लाई खाध्यान्ह मा सहजता होस भन्ने उद्देश्य सहित चामल दाल नुन, तेल लगायत खाजाको आइटम उपलब्ध गराउँदै उनीहरू सँगै लायन्स क्लबका पदाधिकारीले एक छाक भोजन गरेका छन ।

क्लबले सामाजिक उत्तरदायित्व अन्र्तगत भोजन खुवाउने कार्यक्रम गरेको थियो  ।  लायन्स क्लब अफ ढोरपाटन अध्यक्ष तेजिन्द्र खत्रीको अध्यक्षता, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख तिलक मानन्धर, लायन्स क्लब डिस्ट्रीक चिरय पर्सन छविलाल पाण्डे, तमानखोला गाउँपालिका ३ का अध्यक्ष तथा बालगृह व्यवस्थापन समिति अध्यक्ष झक बहादुर बुढा लगायत लायन्स क्लबका पदाधिकारी, जनप्रतिनिधि, व्यवस्थापन समिति पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 

नेपाल कम्युनिष्ट पार्टी बागलुङ २ बाट तिन जनाको नाम सिफारिस

0

 पौष २५ गते

विप्लव निकट नेपाल कम्युनिष्ट पार्टी माओवादी बाट आगामी निर्वाचनका निम्ती बागलुङ क्षेत्र नम्बर २ देखि तिन जनाको नाम सिफारिस गरिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ लोकेन्द्र घिमिरे (प्रसिद्ध सी ) उपेन्द्र परियार ( उपेन्द्र सी ) र भूमि कर्ण घर्ती (भुमि कर्ण सी ) को नाम सिफारिस गरेर केन्द्रमा पठाइएको जनाइएको ।

पार्टीको भेलाले छलफलको माध्यमबाट तीनजनाको नाम केन्द्रमा सिफारिस गरेर पठाएको लोकेन्द्र घिमिरेले बताउनु भयो ।

कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकाशले आह्वान गरे विशेष महाधिवेशन

0
Nepali Congress - Gagan and Bishwo

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्।

बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीहरूले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन माग गरेका हुन्।

‘विशेष महाधिवेशन, बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो’ भन्दै उनीहरूले विशेष महाधिवेशन आह्वान गरेका हुन्।

विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।