लायन्स क्लब अफ ढोरपाटन द्धारा तमान बाल गृहलाई खाध्यान्ह सहयोग ।

 पौष २५ गते बुर्तिबाङ

लायन्स क्लब अफ ढोरपाटनले शुक्रबार तमान बाल गृहमा बसेर अध्ययन गरिरहेका बालबालिकालाई लक्षित गर्दे खाध्यान्ह सामाग्री सहयोग गरेको छ ।

 तमानखोला गाउँपालिका ३ मा रहेको बालगृहमा हाल २२ जना अभिभावक विहीन बालबालिकाले बसेर स्थानीय धनगौज्वती माध्यमिक विद्यालयमा अध्ययन गर्दे आएका छन ।

 गाउँपालिका अध्यक्ष जोक लाल बुढाको सक्रियतामा स्थापना भएको उक्त बालगृह मार्फत निःशुल्क रुपमा पठन पाठन, स्वास्थ्य, खानपान, लत्ता कपडा लगायत सबै खर्च व्यहोर्ने गरी तमानखोला गाउँपालिका भर बाबा आमा नभएका सहारा विहीन बालबालीका लाई राखेर आवास संगै पठन पाठन गराइएको हो ।

 विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको लायन्स क्लब अफ ढोरपाटनले बालबालीका लाई खाध्यान्ह मा सहजता होस भन्ने उद्देश्य सहित चामल दाल नुन, तेल लगायत खाजाको आइटम उपलब्ध गराउँदै उनीहरू सँगै लायन्स क्लबका पदाधिकारीले एक छाक भोजन गरेका छन ।

क्लबले सामाजिक उत्तरदायित्व अन्र्तगत भोजन खुवाउने कार्यक्रम गरेको थियो  ।  लायन्स क्लब अफ ढोरपाटन अध्यक्ष तेजिन्द्र खत्रीको अध्यक्षता, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख तिलक मानन्धर, लायन्स क्लब डिस्ट्रीक चिरय पर्सन छविलाल पाण्डे, तमानखोला गाउँपालिका ३ का अध्यक्ष तथा बालगृह व्यवस्थापन समिति अध्यक्ष झक बहादुर बुढा लगायत लायन्स क्लबका पदाधिकारी, जनप्रतिनिधि, व्यवस्थापन समिति पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img