Home Blog Page 19

सालझण्डी –ढोरपाटन सडक धर्मशाला देखि लक्ष्मि कुण्ड पुलसम्मको खण्ड कालोपत्र हुने ।

0

ढोरपाटन नगरपालिका २ स्थित धर्मशाला देखि लक्ष्मी कुण्ड पुल सम्मको सालझण्डी सडक आयोजनाले नदेखेको अधुरो सडक चालु आर्थिक बर्ष बाटै कालोपत्र सुरु हुने भएको छ ।

सालझण्डी –ढोरपाटन सडक खण्ड अन्तरगत पर्ने उक्त करिब २ किलोमिटर सडक खण्ड हालसम्म स्तरोन्नति नहुँदा ढोरपाटन नगरपालिका २ का धर्मशाला, टारिखेत लगायत ग्रामीण क्षेत्रका नागरिक सहित उक्त सडक प्रयोग गर्ने यात्रु समस्यामा पर्दै आएका थिए ।

साँघुरो र अव्यवस्थित सडक भएका कारण उक्त क्षेत्रमा सवारीका साधन कम चल्दा सुनसान जस्तै बन्दै गएको थियो । गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरको पहलमा उक्त खण्ड सहित निसीखोला गाउँपालिका १ मा पर्ने बतासेडाँडा –देविस्थान खण्ड सहित दुई खण्डमा ५ किलोमिटर कालोपत्रे हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बहुवर्षीय ठेक्का प्रकृया मार्फत काम सक्ने गरी ४५ करोड बजेट सुनिश्चित भएको सांसद दोर्ण कुमार कुवँरले बताउनु भयो ।

लामो समय सम्म पनी सडक सञ्जालले पूर्णता नपाएको सालझण्डी –ढोरपाटन सडक खण्डमा पछिल्लो समय निरन्तर काम भइरहेको छ । बागलुङ खण्डको बुर्तिबाङ–ढोरपाटन सडक २२ किलोमिटर खण्डमा समेत यस बर्ष काम सक्ने गरी अगाडि बढिएको निर्माण कम्पनीका प्रतिनिधि दाल बहादुर कुवँरले बताउनु भयो ।

हालसम्म ६५ प्रतिशत बढि काम भइसकेको पाइएको छ । चालु आर्थिक वर्षको असार मसान्त सम्म स्टान्डर्ड ग्राभेलिङ गर्ने गरी ठेक्का थप भएको हो । 

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको आठौं बागलुङ महोत्सव सम्पन्न

0

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको आठौं बागलुङ महोत्सव सम्पन्न भएको छ ।

महोत्सवको अवसरमा झण्डै ४२ लाख बढीको टिकट बिक्री भएको संघका पदाधिकारीले प्रारम्भिक तथ्यांक दिएका छन् । पुस १६ र १८ गतेका दुइव कन्सर्टको भने हिसाब नभएको टिकट व्यवस्थापन समितिका संयोजक नविनकुमार श्रेष्ठले बताए । संघले केही समयभित्रै महोत्सवको वास्तविक आयव्याय सार्वजनिक गर्ने कोषाध्यक्ष मनिष राजभण्डारीले बताए ।

मेलामा खुला भलिबल प्रतियोगिता, लठ्ठो तान्ने खेल, लोकदोहोरी गीत प्रतियोगिता, व्यापारिक स्टल, रमाइलो मेला, मेड इन बागलुङअन्तर्गत कृषि तथा लघु घरेलु उद्यमीहरुको उत्पादनको प्रद्र्दशनी समेत गरिएको थियो । त्यस बाहेक महोत्सवमा टिकटक प्रतियोगिता, योजना प्रस्तुतीकरण, विद्यार्थीहरुको विभिन्न कार्यक्रम समेत सहभागि थिए ।
महोत्सव समापन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले महोत्सवले जिल्लाको पहिचान बढाउने, पर्यटन प्रवद्र्दन गर्ने र स्थानीय उत्पादनलाई पनि प्रवद्र्धन गर्ने बताए । पहिलाझै महोत्सवमा आम नागरिकको चासो कम भएपनि उनीहरुलाई उद्यमी, व्यवसायी र अन्य सबै क्षेत्रबाट जोडेर लैजान सक्नुपर्ने धारणा राखेका थिए ।

संघले महोत्सव बिशेषको रुपमा ‘समृद्दिमा हातेमालो’ नामक स्मारिका पनि प्रकाशित गरेको थियो । महोत्सवमा सहयोग गर्ने सबै क्षेत्रलाई संघले सम्मानपत्र प्रदान गरिएको छ । मेला सफल पार्न नेपाली सेनाले स्वास्थ्य शिविर संचालन गरेको थियो भने प्रहरीले सुरक्षा व्यवस्थापन समेत मिलाएको थियो ।
मेलाको अवसरमा संघले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल पत्रकार महासंघ बागलुङलाई १ लाख रुपैयाँ र टिकट काट्ने काममा साथ दिएको मानवसेवा आश्रमलाई ५ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मेलामा साथ सहयोग दिने, सह–आयोजक, प्रायोजक समेतलाई संघले सम्मान गरेको छ ।
मेलामा दजनौं राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुतीकरण देखाएका थिए । प्रकाश सपुत, बसन्त थापा, प्रकाश दुतराज, जीवन शर्मा, रचना रिमाल, अर्जुन सापकोटा जस्ता कलाकारको प्रस्तुतीले महोत्सवमा दर्शकले भरपुर मनोरन्जन पाएका थिए ।

समापन समारोह संघका अध्यक्ष राजनकुमार शाक्य, महासचिव इन्द्रमणी पौडेल ‘अर्जुन’ र प्रेस सल्लाहकार सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, संघका निर्वतमान अध्यक्ष नरेश कँडेल, म्याग्दी उद्योग वाणिज्य संघसहित छिमेकी संघका पदाधिकारीले बोलेका थिए ।

संघका अध्यक्ष राजनकुमार शाक्यले महोत्सव सफल भएको बताए ।

ढोरपाटन नगरपालिका द्धारा वडा तहमा पुगेर माटो परिक्षण सुरु ।

0

पौष २२ गते
ढोरपाटन नगरपालिका को आर्थिक सहयोग र देश बिकासका लागि एकता UND नेपालको प्रबिधिक सहयोगमा आज देखि ढोरपाटन नगरपालिकामा माटो परिक्षण तथा तालिम कार्यक्रम सुरु भएको छ।

एक हप्ता सम्म संचालन हुने माटो परिक्षण को पहिलो दिन आज ढोरपाटन नगरपालिका ८ नम्बर वडा कार्यलयमा वडा ७,८ र ९ का कृषकहरु बाट संकलन नमुना परिक्षण भएको छ ।

आज परिक्षण भएका ५० नमुना मध्ये धेरै नमुनाको अम्लिएपन अघिल्लो बर्ष देखि घटेको पाइएको छ ।
३ बर्ष पहिले धेरै नमुनाको अम्लिय पन ३.५ भन्दा कम हुन्थ्यो भने अहिले धेरै नमुनाको अम्लिय पन ४.२ भन्दा बढि छ ।
पोटासियम र फसफोरस तुलनात्मक रुपमा राम्रो छ भने ,नाइट्रोजन भने कमि देखिएको छ।

कार्यक्रममा कृषि प्राबिधिक हरु सुजन सापकोटा ,सोफिया महर्जन ,रेशम भण्डारी ,ढोरपाटन नगरपालिका कृषि अधिकृत सुरेन्द्र यादव ,सहयोगी प्रमोद ढुङ्गानाको उपस्थिति तथा वडा अध्यक्ष बाट कार्यक्रम सम्पन्न भएको थियो ।

बडिगाड गाउँपालिका गाउँ सभाको १८ औँ अधिवेशन मङ्गलबार सम्पन्न ।

0

पौष २२ गते बुर्तिबाङ

बडिगाड गाउँपालिका गाउँ सभाको १८ औँ अधिवेशन मङ्गलबार सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष गण्डकी थापाको अध्यक्षतामा भएको अधिवेशनबाट बजेट तथा वार्षिक कार्यक्रम माथिको संसोधन बजेट सहित आर्थिक विधयक सभाबाट पास गरिएको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा द्धारा प्रस्तुत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

पालिकाले चालु आर्थिक बर्षमा कुल बजेट तर्फ हालसम्म प्राप्त आम्दानी ३५ करोड ९ लाख ५५ हजार रहेको पाइएको छ । कुल बजेटको ४९.६७ प्रतिशत बजेट प्राप्त भएको मध्यबाट चालु तर्फ २६.९ प्रतिशत र पूँजीगत तर्फ १०.६५ प्रतिशत बजेट खर्च भएको पाइएको हो । पालिकाको चालु आर्थिक वर्षको आन्तरिक आय २९ लाख ९४ हजार ९ सय ६९ रुपैयाँ रहेको पाइएको छ । वडा तहबाटै योजनाको सम्झौता, प्राविधिक टोल टोलमा घटाएर योजनाको लागत स्टेमिटमूल्याङ्कन जस्ता कामहरू सहज रुपमा भइरहेको बताइएको हो ।

त्यस्तै बहुक्षेत्रीय पोषण मैत्री कार्यक्रम अन्र्तगत ६९ वटा टोलमा पूर्ण सरसफाई तथा पोषण मैत्री टोल घोषणा गरिएको जनाइएको छ । गाउँपालिका उपाध्यक्ष भिमसेन वन द्धारा प्रस्तुत आर्थिक बर्ष २०८२÷०८३ को बजेट तथा वार्षिक कार्यक्रम माथिको १ करोड ४१ लाख ११ हजार रुपैयाँ बराबरको संशोधित बजेट सभामा पेश गर्नुभएको हो । सभाले विधायन समितिका संयोजक जंग बहादुर बलायर थापा द्धारा प्रस्तुत आर्थिक विधयकसंशोधित बजेट तथा कार्यक्रम सभाले पारित गरेको हो ।

कार्यक्रममा सभा सदस्य ईश्वरमान वि.क., राजु थापा, बिष्णु माया अर्याल, लाल बहादुर छन्त्याल द्धारा वडामा अधुरा रहेका सडक योजना गुणस्तरीय बनाउनु पर्ने, स्वास्थ्य संस्थाको विस्तार गर्नुपर्ने विषयमा धारणा पेश गर्नुभएको हो । सभा सदस्यबाट आएका जिज्ञासाको विषयमा सभा अध्यक्ष गण्डकी थापा द्धारा आर्थिक श्रोत, जन अपेक्षा र आवश्यकता आधारमा काम भइरहेको बताउँदै बजेट व्यवस्थापन गरेर आगामी दिनमा त्यस्ता अपुरा, अधुरा योजनालाई समेत पुरा गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदश्य, कर्मचारी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 

तमानखोला गाउँपालिकाद्वारा गाउँसभा २०७९ को आठौँ अधिवेशन सम्पन्न ।

0

पुस २२ गते ।
तमानखोला गाउँपालिकाद्वारा हिउँदे सभा सोमबार सम्पन्न भएको छ । गाउँसभा २०७९ को आठौँ अधिवेशन सोमबार गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा सम्पन्न भएको हो ।
आयोजीत सभाले केहि नयाँ कार्यक्रम र योजना थप सहित चालु आर्थिक वर्ष २०८२/०८३ थप बजेट सभामा पेश गर्दै बजेट तथा कार्यक्रम रकमान्तर र केहि योजना संशोधन गरेर अगाडि बढाइएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालद्वारा संशोधित बजेट प्रस्तुत गर्नुभएको हो । सभाले १ करोड २७ लाख बराबरको संशोधन तथा रकामान्तरणसहतिको बजेट तथा कार्यक्रम पास गरिएको हो ।
सभाबाट बेरुजु फछुयौट कार्यविधि २०८२ विधायन समिति संयोजक मोतिप्रसाद विकद्वारा प्रस्तुत विधेयक पारित गरिएको छ । त्यस्तै लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२ छलफलसँगै स्वीकृत गरिएको छ ।

एमालेबाट बागलुङ–२ मा प्रत्यक्षतर्फ देवी भट्टचन र देव कुमारको दावी

0

बागलुङ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. २ बाट एमालेका नेताहरु देवी प्रकाश भट्टचन र देव कुमार नेपाली उमेदवारका लागि दावी गरेका छन् ।

नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नं. २ ले शुक्रवार गलकोटमा राखेको उमेदवारहरुका आकांक्षीहरुबीचको छलफलमा विघटित प्रतिनिधिसभामा एमालेका समानुपातिक सांसद रहेका देवी प्रकाश भट्टचन र ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली सहितका १२ जनाले उमेदवारका लागि दावी गरेको एमाले स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आफु निकटका व्यक्तिहरुमार्फत भट्टचन र नेपालीले क्षेत्र नं. २ को उमेदवारका लागि आफुहरुको दावी रहेको बताएका थिए । भट्टचनले अरु मार्फत नाम टिपाउनु भयो, देव कुमारले वैठक चलिरहेकै समयमा फोन गरेर आफु दावेदार रहेको बताएको बैठक स्रोतले जनाएको छ ।

निवर्तमान सांसद तथा प्रभु ग्रुपका सञ्चालक भट्टचनलाई ठगी, आपराधिक विश्वासघात, नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तरगतको कसुरमा गत कात्तिक १२ गते पक्राउ गरेको थियो । उहाँको स्वास्थ्यमा देखिएको समस्याका कारण अदालतले बाहिरै राखेर अनुसन्धान गर्ने आदेश दिएपछि सिविआइले कात्तिक २६ गते रिहा गरेको थियो ।

उमेदवार दावी गरेका ढोरपाटन नगरपालिका मेयर देव कुमार नेपाली इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरुको वचत अपचलन गरेको आरोपमा हाल बागलुङ कारागारमा हुनुहुन्छ ।

भट्टचन र नेपाली सहित एमाले केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसे, प्रदेश कमिटि सदस्यहरु भीम प्रसाद शेरचन (सुनिल), टंक प्रसाद पौडेल र तिलक उप्रेती, पूर्व प्रदेश कमिटि सदस्य याम बहादुर श्रीस, पूर्व जिल्ला उपाध्यक्ष लक्ष्मण पुन, जिल्ला कमिटि सदस्य युवराज महत, पूर्व जिल्ला कमिटि सदस्य अमरसिंह घर्ति, बागलुङ काठमाडौं सम्पर्क मञ्चका दलबिर भण्डारी, गलकोट नगर कमिटिका उपाध्यक्ष इश्वर बोहोराले उमेदवारका लागि दावी गर्नु भएको छ ।

आज उमेदवार हुन चाहनेहरुकाबीच छलफल भएको हो, छलफलका क्रममा निवर्तमान सांसद भट्टचन, मेयर नेपाली सहितका नेताहरुले आफु उमेदवार बन्न चाहेको जानकारी गराउनु भएको छ, सबैको नाम टिपिएको छ, स्रोतले भन्यो, भोली शनिवार बस्ने निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नं. २ को वैठकबाट सकेसम्म १ जनाको नाम पठाउने, सकिएन भने एक जना महिला सहित ३ जनाको पठाउने र त्यो पनि नसकिए चाहना व्यक्त गर्ने सबैको नाम पठाउने तयारी भएको छ ।

उमेदवारका लागि भट्टचन र नेपालीको नाम आएपछि सहभागी मध्ये केहीले उहाँहरुको बारेमा छलफल गर्न नहुने तर्क राखेका थिए । यो सबै विषयमा भोली बगिडाड गाउँपालिकामा बस्ने निर्वाचन क्षेत्रीय कमिटिको वैठकमा छलफल गरी निष्कर्ष निकाल्ने तयारी एमालेले गरेको छ ।

एमालेबाट गत निर्वाचनमा मञ्जु शर्मा चालिसे उमेदवार बन्नु भएको थियो । गठबन्धनका उमेदवार देवेन्द्र पौडेलसंग थोरै मतले पराजित भएकी चालिसेको नाम निर्वाचन क्षेत्रीय कमिटिले समानुपातिकका लागि पनि पठाएको थियो । चालिसेको नाम समानुपातिक लिष्टमा नपरेपछि प्रत्यक्षमा दावी गर्नु भएको एमालेले जनाएको छ ।

अन्नपूर्ण आ.वि.मा नतिजा प्रकाशन संगै लायन्स काठमान्डौ द्धारा स्टेशनरी हस्तान्तरण

0

पौष १९
अन्नपूर्ण आधारभुत विधालय निसीखोला २ हर्पेमा शुक्रबार दोश्रो त्रैमासिक परिक्षाको नतिजा प्रकाशन संगै लायन्स क्लब अफ काठमान्डौ माछापोखरी द्धारा स्टेशनरी हस्तान्तरण गरीएको छ ।
विद्यालय व्यववस्थापन समिती अध्यक्ष देव बहादुर बुढाको अध्यक्षतामा आयोजीत कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता आयोजीत कार्यक्रममा पालिका स्तरीय दोश्रो त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरीएको छ ।
साथै लायन्स क्लब अफ काठमान्डौ माछापोखरीका सदस्य एलवि सेन्चुरीको सक्रियतामा विद्यालयका जेहेन्दार विद्यार्थीलाई ट्रयाक सेट संगै विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई स्टेशनरी सामाग्रि (कपि) उपलब्ध गराइएको हो ।

कार्यक्रममा निसीखोला गाउँपालिका १ का अध्यक्ष चन्द्रसिंह रामजाली, वडा नम्बर ७ का अध्यक्ष दिपक कुवँर शिक्षा शाखा प्रमुख विष्णु न्यौपाने शिक्षा समिती संयोजक नवराज आर्चाय लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम विद्यालयका प्रध्यानाध्यापक दिनु कुमारी रामजालीको स्वागत शिक्षक गोर्ख बहादुर दाहालको संचालनमा सम्पन्न भएको हो ।

 बुर्तिबाङ अस्पतालद्वारा न्युनतम सेवा मुल्याँकन सम्बन्धी प्रस्तुतीकरण ।

0

 

पौष १८ गते बुर्तिबाङ

बुर्तिबाङ अस्पतालद्वारा न्यनतम सेवा मुल्याँकन सम्बन्धी ९ औँ मूल्याङ्कन प्रस्तुतीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य केन्द्र पोखराको आयोजनाका कार्यक्रम सम्पन्न भएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल भुसालको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डा.रमेश कुमार केशि को प्रमुख आतिथ्यमामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै डा.रमेश कुमार केशि ले बुर्तिबाङ अस्पताल क्रमिक रुपमा व्यवस्थित हुँदै गइरहेको बताउँदै यसको सेवा विस्तारमा अझ थप व्यवस्थित बनाएर अगाडि बढिने बताउनु भयो ।

सेवा प्रवाह भएको एक वर्षमा धेरै उपलब्धि भइसकेको बताउँदै सेवा प्रवाह, आन्तरिक व्यवस्थापन , समिति गठन प्रकृया लगायतका काम निरन्तर अगाडि बढिसकेका कारण अस्पतालको क्षमता अनुसार आवश्यक बाँकी रहेका काम पुरा गरेर अगाडि बढाउन मन्त्रालय तत्पर रहेको प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि धौलागिरी प्रादेशिक अस्पताल बागलुङका कन्सल्टेन्ट डा. संकर राज लामिछानेले बोल्दै बुर्तिबाङ अस्पतालको विगतको अवस्था सुधार भएका पक्ष र सुधार गर्नुपर्ने पक्षका विषयमा प्रस्तुतीकरण गर्नुभएको हो । बुर्तिबाङ अस्पताल प्रशासनिक र सेवा प्रवाहमा धेरै सुधार भइसकेको बताउँदै बाँकी अधुरा कामलाई क्रमिक सुधार गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बुर्तिबाङ अस्पतालका प्रमुख डा. अविनाश पोख्रेलले अस्पताल निर्माण देखि हालसम्मको अवस्था, सुधार गरिएका पक्ष र राज्यसँग गरिएका अपेक्षाका विषयमा प्रस्तुतीकरण गर्नुभएको हो ।

अस्पतालमा औषधी व्यवस्थापन भइरहेको ७२ जना कर्मचारी व्यवस्थापन गरिएको, प्रशासनिक व्यवस्थापन क्रमिक व्यवस्थित बन्दै गइरहेको बताउँदै दरबन्दी अनुसारका स्वास्थ्य कर्मी र कर्मचारी अभाव हुँदा अझैपनि आर्थिक प्रशासन देखि विशेषज्ञ डा. नभएको बताउनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका पदाधिकारी, ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्याल, बुर्तिबाङ अस्पतालका कर्मचारी, पत्रकार लगायतका सहभागिता रहेको थियो । कार्यक्रम हिमाल रोका मगरको सञ्चालनमा सम्पन्न भएको हो ।

बुर्तिबाङ खानेपानी तथा सरसफाई उपभोक्ता समिती गठन ।

0

ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको खानपानी उपभोक्ता तथा सरसफाई समितीको मंगलबार गठन गरीएको छ ।

वडा नम्बर १ मा बजारबासीलाई स्वच्छ पर्याप्त खानेपानी खुवाउने र सरसफाईका क्षेत्रमा समेत काम गर्ने गरी नर बहादुर गुरुङ अध्यक्ष रहेको १३ सदस्य समितीको गठन गरीएको हो । उपभोक्तामा दर्ता भएका ६८६ जना मध्ये १३ जनाको निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता भएको थियो ।

जसबाट नरबहादुर गुरुङ अध्यक्ष रहने गरी समितीको गठन भएको हो ।
समितीको उपाध्यक्षमा जित कुमारी माझी, सचिव गोविन्द वस्नेत, कोषाध्यक्ष पम्फा सापकोटा पौडेल चयन हुनुभएको छ । त्यस्तै खुल्ला सदस्यमा टँक पौडेल, लोक बहादुर विश्वकर्मा, टिकालाल शर्मा सुवेदी, टोप बहादुर के.सी., राम विश्वकर्मा, गणेश विश्वकर्मा , चयन हुनुभएको हो ।

युवा महिला सदस्य तर्फ पार्वती पौडेल, जनजाती÷अल्पसंख्यक महिला तर्फ केशरी राना, दलित महिला सदस्य तर्फ पूर्णिमा दर्जि रहनु भएको ढोरपाटन नगरपालिका १ का वडा सदस्य गोपाल महतले बताउनु भयो ।
प्रथम कार्यसमिती रहेको उक्त समितीको कार्यकाल ४ बर्ष अवधीको रहने छ ।

बुर्तिबाङ अस्पताल स्थापनाको पहिलो बर्ष पुरा : बार्षिकोत्सवमा नागरीकका सुझाव संकलन

0

 बुर्तिबाङ पौष १२ गते

बाग्लुङको ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ अस्पतालले प्रथम वार्षिकोत्सव कार्यक्रम नागरिकका बिचमा अस्पताललाई अझै व्यवस्थित र नागरिक मैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा एक कार्यक्रम सहित सुझाव सङ्कलन गरेको छ ।

गतवर्ष गण्डकी प्रदेश सरकार मातहत रहने गरी ५० शैया सेवा सुविधा उपलब्ध गराउने गरी बुर्तिबाङ स्वास्थ्य केन्द्रबाट स्तरोन्नति गरी स्थापना गरिएको अस्पताललेबर्ष पुरा गरेको हो ।

कार्यक्रममा अवसरमा अस्पतालले आफ्नो पहिलो वर्षमा पुरा गर्दै गर्दा गतवर्ष देखि अहिले सम्म गरेका विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिएको हो । अस्पताल निर्माण संगै सुरुवाती चरणमा विभिन्न चुनौती रहेपनि पछिल्लो समय धेरै समस्याको समाधान भइसकेको र अब यस क्षेत्रका नागरिकले सहज सेवा, औषधी उपचार संगै ५० शैया बराबरको सेवा प्रभावकारी रुपमा सञ्चलन भइरहेको बताइएको हो ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष कमल भुसालको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सांसद दिलमाया पौवी को प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पौवी ले बोल्दै यो अस्पताल बनाउन धेरै समस्याको सामना गर्नु परेको र जसरी पनि बनाउने भन्दै अघि सरेर २०३२ सालको बुर्तिबाङ स्वास्थ्य चौकी बाट स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउन सफल भएको बताउनु भयो । उहाँले थप बोल्दै पश्चिम बागलुङका नागरिक यहाँ बाट राम्रो स्वास्थ्य र शिक्षाको खोजीमा बाहिर बसाइसराइ गर्ने परिपाटी रहेको बताउँदै अब स्वास्थ्य क्षेत्रको सुधारले यहीँबाट सेवा पाउने र बसाइसराइ समेत कम हुने बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य कर्मी, स्थानीय नागरिक अगुवा, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिले अझैपनि सेवा सुविधा गुणस्तरीय बनाउनु पर्ने, एम्बुलेन्स सेवा निःशुल्क गराउनु पर्ने, २४ अ‍ै घण्टा सेवा प्रभावकारी बनाउनु पर्ने लगायतका विषयमा आफ्नो धारणा र सुझाब व्यक्त गरेका छन ।

सहभागि बाट उठेका प्रश्न जिज्ञासालाई अस्पतालका प्रमुख अविनाश पोख्रेल, व्यवस्थापन समितिका अध्यक्ष कमल भुसालले सम्बोधन गर्दे अस्पतालबाट दिइने सेवा सुविधा र गुणस्तरमा निकै मिहिनेतका साथ लाग्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रम झम सिर्पालीको सञ्चालनमा सम्पन्न भएको हो ।