Home Blog Page 20

सिटिजन लाइफ बागलुङद्धारा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम खर्वाङमा ।

0

 

बुर्तिबाङ पौष ११ गते

सिटिजन लाइफ बागलुङ शाखा द्धारा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम बडिगाड गाउँपालिका २ खर्बाङमा बिहीबार सम्पन्न भएको छ ।

कम्पनीको ८ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत कम्पनीले विभिन्न सामाजिक क्षेत्रमा काम गरेको हो ।

जसअन्तर्गत बागलुङ शाखाले स्वस्थ मन, स्वस्थ जीवन भन्ने नारा सहित स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी र स्थानीय नागरिक सहित ७० जनाको बिचमा कार्यक्रम गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखा प्रमुख कमला देवी शर्माले बताउनु भयो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश प्रमुख छवि पौडेलको अध्यक्षता, बडिगाड गाउँपालिका २ का अध्यक्ष ढाल प्रसाद शेरचनको प्रमुख आतिथ्यमामा आयोजित कार्यक्रममा प्रमुख अतिथि शेरचनले बोल्दै समाज रूपान्तरणका निम्ती र सबैमा सचेतना वृद्धिका निम्ती यस्ता कार्यक्रमले महत्वपूर्ण टेवा पुर्याउने बताउनु भयो ।

सिटिजन लाइफ इन्स्योरेन्सले मानिसको जीवन सुरक्षा सँगै सचेतना पनि गरिरहेको बताउँदै मानिसको जीवनमा हुन सक्ने जोखिम हस्तान्तरणका निम्ती बीमा अपरिहार्य रहेको बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष प्रदेश प्रमुख छवि पौडेलले बोल्दै सिटिजन लाइफ इन्स्योरेन्सले देशभरका मानिसलाई जीवन बीमामा जोड्दै समाज सँग हातेमालो गरेर अगाडि बढिरहेको बताउनु भयो ।

कम्पनीले सामाजिक दायित्व अन्तरगत विभिन्न सेवा, स्वास्थ्य शिविर, स्टेसनरी हस्तान्तरण, खेलकुद लगायत थुप्रै क्षेत्रमा समुदाय सँग समन्वय गरेर काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा मनोपरामर्श कर्ता तथा खुसी मन बागलुङका अध्यक्ष नारायण प्रसाद शर्माले मनो परामर्शको सन्दर्भमा प्रशिक्षण दिनुभएको हो । कार्यक्रम कम्पनीका एजेन्सी म्यानेजर गिता पोख्रेलको स्वागत, नारायण आर्चाय को सहजिकरणमा सम्पन्न भएको थियो ।

लायन्स क्लब बुर्तिबाङद्धारा सरस्वती माविमा सचेतनामूलक कार्यक्रम तथा स्टेशनरी हस्तान्त्रण ।

0

बुर्तिबाङ पौष ८ गते
लायन्स क्लब अफ बुर्तिबाङको आयोजनामा ढोरपाटन नगरपालिका ९ मा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दे सचेतना मूलक कार्यक्रम तथा विद्यार्थीलाई स्टेशनरी हस्तान्त्रण कार्यक्रम गरीएको छ ।

विभिन्न सामाजिक कार्यक्रम गर्दे आइरहेको क्लबले विद्यालयमा अध्ययनरत विद्यार्थी र उनिहरुका अभिभावकको विचमा मानव वेचविखन, घरेलु हिँसा, वाल विवाह र साइवर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरीएको हो ।

दुर्गम गाउँमा सचेतनाको अभावका कारण हुन सक्ने समस्यालाई लक्षित गर्दे विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी र उनिहरुका अभिभाकलाई सचेतना जगाइएको हो ।
लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष शान्ती पौडेलको अध्यक्षतामा आयोजीत कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले सचेतना मूलक प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माद्धारा स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्ने विषयमा धारणा राख्नु भएको हो ।

लायन्स क्लब बागलुङ डिस्ट्रीक चियर पर्सन तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य छविलाल पाण्डेले बोल्दै लायन्स क्लबले शिक्षा, स्वास्थ्य, विपद तथा वातावरणीय क्षेत्रमा धेरै काम गर्दे आइरहेको बताउँदै लायन्स क्लब अफ बुर्तिबाङले दुर्गम क्षेत्रमा पुगेर गरीएका सचेतना मूलक कार्यक्रम र स्टेशनरी हस्तान्त्रणले सचेतना बृद्धि र विद्यार्थीको पठन पाठनमा सहजता हुने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष शान्ती पौडेलले बोल्दै लायन्स क्लब अफ बुर्तिबाङ स्थापना संगै विभिन्न सामाजिक कार्यमा अगाडी बढिरहेको र शिक्षा स्वास्थ्य, विपदद जस्ता विषयमा जहाँ समस्या र आवस्यकता रहन्छ त्यहाँ आफुहरुले समोन्य गर्दे आएको बताउनु भयो ।
कार्यक्रममा अवसरमा ६० जना बढि विद्यार्थीलाई स्टेशनरी सामाग्रि हस्तान्त्रण गरीएको हो ।
कार्यक्रमका अवसरमा बुर्तिबाङ अस्पत्तालका प्रमुख डा. अविनाश पोख्रेल, ढोरपाटन नगरपालिका ९ का वडा सदस्य नरमती पुन, विद्यालयका प्रध्यानाध्यापक थम प्रकाश जैसी लगाएतको आतिथ्यता एव्म शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष अशोक कार्की, लायन्स क्लब बुर्तिबाङका पदाधिकारी, स्थानीय अभिभावक, शिक्षक विद्यार्थी लगाएतको उपश्थिती रहेको थियो ।
कार्यक्रम लायन्स क्लब अफ बुर्तिबाङका सचिव भिम कुमारी क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

दिगो पर्यटन प्रर्वद्धन परियोजना द्धारा बुर्तिबाङमा सरोकारवालाको सँग अनुभव आदान प्रदान ।

0

 बुर्तिबाङ

विवाईसी अन्तरगत दिगो पर्यटन प्रर्वद्धन परियोजना द्धारा बुर्तिबाङमा ढोरपाटन नगर स्तरीय सरोकारवाला निकाय संग परियोजनाका विषयमा अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

विवाइसी नेपाल र दिगो पर्यटन परियोजनाको विषयमा जानकारी सहित परियोजनाले हालसम्म गरिरहेका उपलब्धी, भावि लक्ष्य लगायतका विषयमा जानकारी गराइएको हो ।

दिगो विकास, पर्यटन प्रर्वद्धन, युवा महिलालाई उद्यम संग जोड्ने र समग्र ढोरपाटन क्षेत्रको विकास र समृद्धिमा टेवा पुर्याउने उद्देश्य सहित सन २०२३ देखि परियोजनाले काम गर्दे आइरहेको जनाइएको छ ।

विवाईसी का टिम लिडर अमर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, ढोरपाटन सिकार आरक्ष कार्यलयका वरिष्ठ संरक्षण अधिकृत पशुपती अधिकारी, वडा अध्यक्ष, आमा समुह, टोल विकास संस्था, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि र बाल क्बलका पदाधिकारीको सहभागिता रहेको थियो ।

आयोजीत कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले टीडीएच जर्मनको आर्थिक सहयोगमा परियोजनाले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा महत्वपूर्ण कार्यक्रम गर्दे आइरहेको बताउँदै परियोजनाले गरिरहेको लगानी अनुसार स्थानीय नागरिकले त्यहाँबाट भाग लिएर सिकेका ज्ञान सिपलाई व्यवहारमा उतार्न सकेमा मात्र परिणाम प्राप्त हुने बताउनु भयो ।

ढोरपाटन नगरपालिका सीप विकास, क्षमता विकास उद्यम विकास लगाएतका क्षेत्रमा प्रर्याप्त लगानी गरिरहेको बताउँदै परियोजना र नगरपालिकाले समन्वय गरेर अगाडि बढिरहेको बताउनु भयो । ढोरपाटन दिगो विकास र आर्थिक उद्यममा अगाड बढ्नेका निम्ती पर्याप्त सम्भावना रहेका कारण अवसरलाई सहि ठाउँमा प्रयोग गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा ढोरपाटन सिकार आरक्ष कार्यलयका वरिष्ठ संरक्षण अधिकृत पशुपति अधिकारीले बोल्दै ढोरपाटनमा प्रत्यय बर्ष दोब्बर रुपमा पर्यटक वृद्धि भइरहेको र यहाँ टोटल, होम स्टे, घोडा व्यवसाय तथा सवारी साधनबाट आम्दानीको राम्रो श्रोत बन्दै गइरहेका कारण परियोजनाले समेत ढोरपाटनमा राम्रो लगानी गरिरहेको बताउनु भयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका ६ का अध्यक्ष उमेश बुढा मगर, महिला समुहको तर्फदेखि वेगमती घर्ति, यूवा समुहबाट कुशल घर्ती, शिक्षकको तर्फदेखि उत्तरगंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिचन पाण्डे लगायतको धारणा रहेको थियो । कार्यक्रममा सहभागि नागरिकले परियोजनाले गरिरहेका काम र सुधार गर्नुपर्ने पक्षका विषयमा आफ्नो सुझाव तथा धारणा राखेका थिए ।

विवाइसी संस्थाको विषयमा मूल्याँकन तथा अनुगमन अधिकृत विष्णु पौडेल र परियोजनाले गरीरहेका काम र भावि लक्ष्यको विषयमा उद्यम विकाश अधिकृत टेक बहादुर वि.क.ले प्रस्तुतीकरण गर्नुभएको हो ।

कार्यक्रममा टिम लिडर अमर थापाले बोल्दै विवाईसी मार्फत परियोजनाले ढोरपाटन क्षेत्रमा थुप्रै काम हरु गरीरहेको र अझै गर्न चाहेका कारण यहाँको श्रोत साधनलाई उच्चतम प्रयोग गर्दे नागरिकले सिकेका सिप ज्ञानलाई व्यवहारमा लिएर अगाडि बढ्न आवस्यक रहेको बताउनु भयो ।

स्थानीय सरकार संगको समोन्यमा धेरै कामहरु भइसकेका छन हामी अझै अगाडि बढाउने उदेश्यमा छौँ तर नागरिकको साथ नभएमा परिणाम नदेखिने बताउँदै सबैको अपनत्व र साथ आवस्यक रहेको प्रस्ट पार्नुभयो । कार्यक्रम वालक्लबका पदाधिकारी निशा खनालको स्वागत ओम प्रकाश सिर्पालीको सहजिकरणमा सम्पन्न भएको हो ।

दिगो विकास पर्यटन प्रर्वद्धन परियोजना द्धारा निसीखोलामा अन्तरक्रिया

0

बुर्तिबाङ

दिगो विकास पर्यटन प्रर्वद्धन परियोजना द्धारा निसीखोला मा सरोकारवाला निकायका बिचमा अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

सन २०२३ देखि निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका कार्यक्षेत्र बनाएर दिगो विकास, पर्यटन प्रर्वद्धक, लघु उद्यम, यूवा महिला रोजगारी सृजना र सिप विकास मार्फत आत्मनिर्भर कार्यक्रम अगाडि बढाएको परियोजनाले विभिन्न कार्यक्रम गर्दे आएको छ ।

टीडीएच जर्मनीको आर्थिक सहयोग, विवाईसी बागलुङबाट सञ्चालित परियोजनाले निसीखोला गाउँपालिका अन्र्तगत जनप्रतिनिधि, कर्मचारी, शिक्षक प्रतिनिधि लगायतको बिचमा अन्तरक्रिया कार्यक्रम संगै परियोजनाले गरिरहेका कामका विषयमा छलफल गरिएको छ । निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन पुनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा परियोजनाले हालसम्म गरेका काम, भावी लक्ष्य, स्थानीय सरकारको भूमिका , सुझाब लगायतका विषयमा छलफल भएको थियो ।

६७ जनाको सहभागिता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बोल्दै परियोजनाले ढोरपाटन क्षेत्रको दिगो विकास, पर्यटन पर्वधन, स्थानीय स्तरमा महिला तथा यूवा लक्षित स्वरोजगार मूलक कार्यक्रमलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै परियोजनालाई लामो समय सम्म सञ्चालन गर्न आवश्यक रहेको र गाउँपालिकाको तर्फदेखि आवश्यक समन्वय सहकार्य रहने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा परियोजनाको तर्फदेखि मूल्याड्कन तथा अनुगमन अधिकृत विष्णु पौडेल द्धारा संस्थाको विषयमा जानकारी दिनुभएको थियो ।

त्यस्तै उद्यम विकास अधिकृत टेक बहादुर विक द्धारा परियोजनाको विषयमा प्रस्ट पार्नुभएको थियो । कार्यक्रम सामाजिक परिचालन अधिकृत रमिता पुन मगरले सहजिकरण गर्नुभएको हो ।

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी

0

 

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको हो ।

ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा माधव नेपाललाई ४४ मतले पराजित गर्दै पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७८ सालमा उहाँ दोस्रो पटक अध्यक्ष चुनिनुभयो । २०६५ सालमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित हुनुभएको थियो ।

पूर्वमहासचिवसमेत रहनुभएका ईश्वर पोखरेलले भने अध्यक्ष पदका लागि पहिलो पटक प्रतिस्पर्धा गर्नुभएको हो ।

१९ जनामध्ये उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई बाहेक सबै ओली समूहबाट निर्वाचित हुनुभएको छ ।

पाँच जना उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट र रघुजी पन्त विजयी हुनुभयो ।

महासचिवमा सुरेन्द्रप्रसाद पाण्डेलाई पराजित गर्दै शङ्कर पोखरेल निर्वाचित हुनुभएको छ । यसअघि पनि महासचिव रहेका पोखरेलले १ हजार २२८ मत र पाण्डेले ९९९ मत प्राप्त गर्नुभएको छ ।

तीन सदस्यीय उपमहासचिव पदमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी हुनुभएको छ ।

नौ सदस्य रहेको सचिव पदमा महेश बस्नेत, पद्माकुमारी अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, छविलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकाल विजयी हुनुभएको छ ।

एमाले महाधिवेशनमा २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि रहेकामा ३६ जना प्रतिनिधिले भोट हालेनन् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

0

उच्च अदालत बुटवल तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको छ।

बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेले गरेको निवेदनअनुसार बिगो बमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिएको हो।

‘उहाँले पेस गर्ने भनेको धरौटी स्वीकार्ने आदेश भयो,’ अदालतका रजिस्ट्रार अमित उप्रेतीले सेतोपाटीसँग भने, ‘उनले राख्ने भनेको दुई करोड ६८ लाख र जिल्ला अदालतले कायम गरेको एक करोड बढीको रकम राखेबापत छाड्ने भनिएको छ।’

उनले अब रिहा हुनका लागि जिल्ला अदालत रूपन्देहीमा पुन: निवेदन दिन पर्ने भएको छ। उक्त निवेदनमार्फत धरौटी बुझाएपछि मात्रै छुट्ने भएका हुन्।

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश

0

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे लगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

मङ्सिर २३ गते दायर भएकाे रिटमा आज सुनुवाइ गर्दै संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । रिटमा संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक व्यक्तिको सिफारिशमा संविधानविपरीत संसद् विघटन गरिएकाले तत्काल पुनर्स्थापनाको माग पनि गरिएको छ ।

त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै बदर गरी ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउनसमेत माग गरिएको छ ।

 

रिठाखोला लघुजलविद्युत सहकारी संस्था को बार्षिक साधारण सभा

0

 रिठाखोला लघु जलविधुत सहकारी संस्था ढोरपाटन नगरपालिका ३ को पाचौँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गौरीश्वर पाण्डेको अध्यक्षतामा आयोजीत कार्यक्रममा जेष्ठ शेयर सदस्य लोक बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

२०७६ सालमा स्थापना भएको सहकारी संस्थाले बचत र ऋणको कारोबार संगै २९८ जना सेयर सदस्यबाट बार्षिक ८० लाख रुपैयाँ बराबरको कारोबार गर्दे आइरहेको हो । कार्यक्रमका अवसरमा उत्कृष्ट बचत कर्ता,अशल ऋणी , जेष्ठ नागरिक र कर्मचारी सम्मान गरीएको छ ।

संस्थाका अध्यक्ष द्धारा संस्थागत प्रगति प्रतिवेदन र भावी लक्ष्य सहितको प्रतिवेदन, सचिब संगा घर्तिद्धारा संस्थाको प्रगति प्रतिवेदन कोषाध्यक्ष खिमलाल भुसाल द्धारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा अतिथि लेखा संयोजक काजीमान वि.क., लेखा समिती सचिव खुम बहादुर छन्त्याल, उपाध्यक्ष नर बहादुर सुनार लगायतको शुभकामना मन्तव्य रहेको कार्यक्रम संस्थाका प्रबन्धक नारायण घर्तिको स्वागत सचिव गंगा घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बानपालाई

0

 

बागलुङ जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले जितेको छ ।

शनिबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बागलुङ नगरपालिकाले ४८ पदक सहित रनिङ शिल्ड जितेको हो । नगरपालिकाले २१ स्वर्ण, १६ रजत र ११ काश्य सहित ४८ पदक जितेको हो ।

बागलुङ नगरपालिकाले एथलेटिक्स तर्फ ७ स्वर्ण, ६ रजत, ४ काश्य जितेको छ । भलिबल तर्फक एक काश्य, कबड्डी तर्फ १ स्वर्ण, १ रजत, तेक्वान्दो तर्फ ११ स्वर्ण, २ रजत र ३ काश्य, कराँते तर्फ २ स्वर्ण, ६ रजत र ३ काश्य जितेको छ ।

दोस्रोमा बडिगाड गाउँपालिका भएको छ । बडिगाड गाउँपालिकाले ८ स्वर्ण, ८ रजत र १५ काश्य गरि ३१ प्दक जितेको छ । पालिकाले एथलेटिक्स तर्फ ५ स्वर्ण, ५ रजत, १ काश्य, कबडी तर्फ एक काश्य, तेक्वान्दो तर्फ २ रजत, ६ काश्य, कराँते तर्फ ३ स्वर्ण, २ रजत र ७ काश्य जितेको खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद कँडेलले बताए ।

तेस्रोमा जैमिनी नगरपालिका भएको छ । ५ स्वर्ण, ८ रजत र १४ काश्य गरि २७ पदक जितेको छ ।

नगरपालिकाले एथलेटिक्स तर्फ ४ स्वर्ण, २ रजत, ५ काश्य, भलिबल तर्फ १ स्वर्ण, कबड्डी तर्फ २ काश्य, तेक्वान्तो तर्फ ६ रजत, ६ काश्य, जितेको छ ।

ढोरपाटन नगरपालिकोले ६ स्वर्ण, ६ रजत र ७ काश्य गरि १९ पदक जितेको छ । ढोरपाटनले एथलेटिक्स तर्फ २ स्वर्ण, ४ रजत, २ काश्य, भलिबल तर्फ १ रजत, कराँतो तर्फ ४ स्वर्ण, १ रजत र ५ काश्य जितेको छ ।

गलकोट नगरपालेपनि ४ स्वर्ण, ४ रजत र ११ काश्य गरि १९ पदक जित्न सफल भएको छ । गलकोट नगरपालिकलो एथलेटिक्स तर्फ ३ स्वर्ण, २ रजत र ६ काश्य जितेको छ । भलिबल तर्फ १ काश्य, कबड्डी तर्फ १ स्व्र्ण, १ रजत, तेक्वान्दो तर्फ १ रजत र ४ काश्य जितेको छ ।

काठेखोला गाउँपालिाले ४ स्वर्ण, ४ रजत र ७ काश्य गरि १५ पदक जितेको छ । पालिकाले एथलेटिक्स तर्फ १ स्वर्ण, १ रजत, २ काश्य, भलिबल तथर्फ १ रजत, तेक्वान्दो तर्फ १ रजत, कराँते तर्फ ३ स्वर्ण, १ रजत, ४ काश्य जितेको छ ।

बरेङ गाउँपालिकाले ४ स्वर्ण, २ रजत र ७ काश्य गरि १३ पदक जितेको छ । पालिकाले एथलेटिक्स तर्फ ३ स्वर्ण, ५ काश्य, भलिबल तर्फ १ स्वर्ण, तेक्वान्दो तर्फ १ स्वणृ जितेको छ ।

निसीखोला गाउँपालिकाले २ स्वर्ण, २ रजत र ३ काश्य गरि ७ पदक जितेको छ । पालिकाले एथलेटिक्स तर्फ २ स्वर्ण, २ रजत र १ काश्य जितेको छ । कबड्डी तर्फ १ रजत जितेको छ ।

ताराखोला गाउँपालिकाले बिहिबारसम्म प्रतियोगितामा सहभागि नहुने बताएपनि विद्यालयको पहलमा केही प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यसमध्ये २ स्वर्ण र १ काश्य सहित ३ पदक जित्न सफल भएको छ । पालिकाले एथलेटिक्स तर्फ १ स्वर्ण र १ रजत, तेक्वान्डो तर्फ १ स्वर्ण जितेको छ ।

तमानखोला गाउँपालिकाबाट भने कुनैपनि खेलाडी प्रतियोगितामा सहभागि जनाएनन् ।

क्षेत्र नम्बर २ बागलुङ बाट तीन हजार ३२७ जनाले गरे कांग्रेसको सदस्यता नवीकरण ।

0

बुर्तिबाङ मंसिर २७ गते
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले क्रियाशील सदस्यको नवीकरण गरि जिल्ला कार्यसमितिमा बुझाएको छ । गत वर्ष पौषमा सदस्यता नवीकरण गर्नका लागि वडा–वडामा फाराम पुगेको थियो । क्षेत्रीय समितिले तीन हजार ३२७ जनाको नवीकरण गरि जिल्ला सभापती जीत बहादुर शेरचनलाई बुझाएको हो ।

क्षेत्रीय सभापति जोकलाल बुढाका अनुसार गलकोट नगरपालिकाबाट एक हजार २६२, ढोरपाटन नगरपालिकाबाट ५११, बडिगाड गाउँपालिकाबाट ६२४, निसीखोला गाउँपालिकाबाट ४३७, तमानखोला गाउँपालिकाबाट ३२३ र ताराखोला गाउँपालिकाबाट १७० जनाको नवीकरण भएको छ ।

नयाँ क्रियाशील सदस्यका लागि सबै वडामा तीन हजार १०० फाराम पठाइसकेको सभापति बुढाको भनाइ छ । नयाँ सदस्यता आगामी पौष ८ गते भित्रै गरि क्षेत्रीय समितिमा आउनु पर्ने उनले बताए । वडा अधिवेशन पौष १६ गते हुँदा नयाँ सदस्यता छिटो वितरण गर्नु पर्ने बाध्यता रहेको सभापति बुढाको भनाइ छ ।