Home Blog Page 15

अर्नाकोटमा लिफ्टिङ खानेपानी तथा सरसफाइ स्तरोन्नति परियोजनाअन्तर्गत समुदाय क्षमता विकास तालिम सम्पन्न

1

बाग्लुङ जिल्लाको निसिखोला गाउँपालिका वडा नं. 2 अर्नाकोट क्षेत्रमा लिफ्टिङ खानेपानी तथा सरसफाइ स्तरोन्नति (WASH) परियोजना अन्तर्गत समुदाय लक्षित क्षमता विकास तालिमहरू सफलतापूर्वक सम्पन्न भएका छन्।

युनिका फाउन्डेसन, नेदरल्यान्ड तथा निसिखोला गाउँपालिकाको आर्थिक सहयोगमा, कर्मफ्लाइट्स फाउन्डेसन नेपालद्वारा समन्वय गरिएको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा मार्फत सञ्चालन गरिएको हो।

परियोजनाअन्तर्गत अर्नाकोट समुदायमा महिनावारी स्वच्छता व्यवस्थापन (MHM), विपद् नक्साङ्कन तथा जोखिम व्यवस्थापन, र आधारभूत प्राथमिक उपचार सम्बन्धी तालिमहरू आयोजना गरिएका थिए। महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी २ दिने तालिमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कार्यालय प्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

तालिममा प्रजनन स्वास्थ्य तथा महिनावारी स्वास्थ्यसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
कार्यक्रम व्यवस्थापक कल्पना ज्ञवालीका अनुसार, महिनावारीको समयमा व्यक्तिगत तथा यौनाङ्गको सरसफाइमा ध्यान नदिँदा विभिन्न संक्रमण, यौनजन्य रोग, पाठेघरसम्बन्धी समस्या, आङ खस्ने तथा क्यान्सरसम्मको जोखिम देखिने गरेको पाइन्छ। यी जोखिम न्यूनीकरण गर्न चेतना अभिवृद्धि र सुरक्षित अभ्यास प्रवर्द्धन नै तालिमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।
सदरमुकामदेखि टाढा रहेको अर्नाकोट क्षेत्रमा विशेषगरी महिलाहरू सुरक्षित प्याडको अभाव र आर्थिक कठिनाइका कारण असुरक्षित टालाटुली प्रयोग गर्न बाध्य रहेको अवस्थालाई ध्यानमा राख्दै, तालिममा घरमै सुरक्षित र पुनःप्रयोग गर्न मिल्ने प्याड बनाउने सिप समेत सिकाइएको थियो।
खानेपानी उपभोक्ता समितिभित्रका ३० जना महिला तथा किशोरीहरूको सहभागिता रहेको उक्त तालिममा कार्यक्रम व्यवस्थापक कल्पना ज्ञवाली, कर्मफ्लाइट्सका सहजकर्ता निथोई बिक तथा स्थानीय सहजकर्ता सपना कुँवरले सहजीकरण गर्नुभएको थियो।
तालिमको समापन नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष मोहन सिंह खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सहभागीहरूको तर्फबाट करिश्मा बिक र ममता बिकले तालिम अत्यन्त प्रभावकारी भएको प्रतिक्रिया दिँदै, यसले स्वास्थ्य, आत्मविश्वास र सम्मानपूर्वक जीवनयापन गर्न सहयोग पुगेको बताउनुभयो।

यसै परियोजनाअन्तर्गत अर्नाकोट, सिन्देरी, घाम्पु, निन्नेचौर, चौर र खालबाङ क्षेत्रका २४ जना समुदाय सदस्यहरूलाई लक्षित गरी २ दिने विपद् नक्साङ्कन तथा जोखिम व्यवस्थापन तालिम पनि सञ्चालन गरिएको थियो।
त्यसैगरी, २२ जनालाई लक्षित ४ दिने आधारभूत प्राथमिक उपचार तालिम नेपाल सरकारबाट स्वीकृत मापदण्डअनुसार सञ्चालन गरिएको थियो। उक्त तालिममा सबै सहभागी परीक्षा उत्तीर्ण भएका थिए भने उत्कृष्ट सहभागी चामेली घर्ती, रेशम बीके लगायतलाई नेपाल रेडक्रस सोसाइटीद्वारा सम्मान गरिएको थियो।
उक्त तालिमहरूमा निसिखोला गाउँपालिका वडा नं. २ का विद्यालय तथा समुदाय, साथै ढोरपाटन नगरपालिका वडा नं. २, ५ र ७ अन्तर्गतका विद्यालय तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो, जुन क्षेत्रहरू परियोजनाबाट प्रत्यक्ष प्रभावित छन्।
यसैबीच, अर्नाकोट लिफ्टिङ खानेपानी तथा सरसफाइ स्तरोन्नति परियोजना औपचारिक रूपमा सुरु भइसकेको कर्मफ्लाइट्स फाउन्डेसन नेपालका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले जानकारी दिनुभएको छ। सोही क्रममा खानेपानी उपभोक्ता समूह, इन्जिनियर तथा प्राविधिकहरू सहित नेपाल रेडक्रस सोसाइटी कास्की, निसिखोला गाउँपालिका र सम्बन्धित सरोकारवालाहरूको संयुक्त बैठकमार्फत परियोजनाको सम्पूर्ण योजना समीक्षा गरिएको निसिखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कुबिर बीकेले जानकारी दिनुभयो।

साथै, पम्प हाउससम्म राष्ट्रिय विद्युत् लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय बैठक समेत सम्पन्न भएको छ।
यी सबै गतिविधिहरूले अर्नाकोट क्षेत्रमा समुदायको एकता, सशक्तीकरण, स्वास्थ्य सचेतना, विपद् तयारी क्षमता तथा दिगो लिफ्टिङ खानेपानी सेवाको सुनिश्चिततामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रालीको आयोजनामा ५६ पिन ब्लड संकलन ।

0

बुर्तिबाङ माघ २२ गते
बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रालीको आयोजनामा बिहीबार बुर्तिबाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाले सामाजिक उत्तरदायीत्व अन्र्तगत रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष विनोद भण्डारीले बताउनु भयो ।

बुर्तिबाङ अस्पत्तालमा आयोजीत कार्यक्रममा कुल ५६ जना नागरीकले रक्तदान गरेको जनाइएको छ । बुर्तिबाङ स्थित विभिन्न सामाजिक संस्थाको सहयोगमा सञ्चालन भएको रक्तदान नेपाल रेडक्रस सोसाईटी प्रादेशिक गण्डकी प्रदेशको सहजिकरणमा रक्तदान संकलन गरी पोखरा पठाइएको हो ।

बुर्तिबाङ अस्पत्तालको सह आयोजना, ढोरपाटन नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उप शाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य संघ, बुर्तिबाङ राइजिङ यूवा क्लब र बुर्तिबाङ फुटवल क्लब लगाएत संस्थाको सहयोग र सामुदायिक रेडियो ढोरपाटन मिडिया पाटनरको रुपमा भुमिका रहेको थियो ।
लामो समय देखि ट्याक्सी सेवा सञ्चालन गर्दे आएको संस्थाले विभिन्न सामाजिक कार्यमा समेत हातेमालो गर्दे आएको छ ।

नेकपा उमेदवार ज्ञामनाथ गैरेलाई जिताउन ढोरपाटन नगरस्तरीय १००५ सदस्य समिती गठन ।

0

आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उमेद्वार ज्ञामनाथ गैरेलाई जिताउनका निम्ती ढोरपाटन नगरपालिका स्तरीय १००५ सदस्य निर्वाचन परिचालन समिती गठन गरीएको छ ।

बिहीबार बुर्तिबाङ भएको बैठकले नेकपा नेता भिम गौतम संयोजक रहेको १००५ सदस्य ढोरपाटन नगर स्तरीय निर्वाचन परिचालन समितीको गठन गरेको छ । समितीको सहसंयोजकमा तम बहादुर घर्ति रहनु भएको हो ।

त्यस्तै उजिर अर्गेजा संयोजक र हेम बहादुर खत्री सह संयोजक रहेको १५१ सदस्य यूवा परिचालन समिती गठन गरीएको छ । वेगमती संयोजक र कमला पाण्डे सह संयोजक रहेको ७५ सदस्य महिला परिचालन समितीको गठन गरीएको छ । नेकपा ढोरपाटन नगर अध्यक्ष हेमेन्द्र घर्ति को अध्यक्षतामा आयोजीत कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा निर्वाचन परिचालन समिती संयोजक फमलाल न्यूरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा न्यूरेले बोल्दै आफुहरुको जीत सुनिश्चत रहेको र भारी मतका साथ उमेद्वारलाई जीताउन सबै नेता कार्यक्रता सक्रिय पूर्वक लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेकपा राष्ट्रिय जनमोर्चाका नेता कार्यक्रताको सहभागिता रहेको थियो ।

कार्यक्रम नेकपा जिल्ला सदस्य बालसम कुवँरको स्वागत , कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

फोहोर व्यवस्थापनको नयाँ मोडेल प्रयोग गर्ने तयारीमा ढोरपाटन नगरपालिका ।

0
Stack of plastic bottles ready for recycling

बुर्तिबाङ माघ १४ गते

ढोरपाटन नगरपालिकाले फोहोर व्यवस्थापन गर्न प्रभावकारी कार्यक्रम अगाडि बढाएको छ । लामो समय देखि फोहोर व्यवस्थापनका विषयमा व्यापक चासो हुँदै गर्दा नगरपालिकाले जग्गा व्यवस्थापन गरेर दिगो रुपमा फोहोर व्यवस्थापन अवधारण अगाडि बढाइएको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले बताउनु भयो ।

चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा कुल ८७ लाख बजेट विनियोजन गरीएको छ । बहुबर्षिय कार्यक्रम अन्तरगत दुई वर्षमा १ करोड ७४ लाख लगानीमा सुरक्षित रुपमा इआइए डीपीआर गरेर कम्तिमा ६ रोपनी जग्गामा फोहोर व्यवस्थापन गर्ने लक्ष्यका साथ नगरपालिका अगाडि बढेको कार्यवाहक मेयर कायत को भनाई छ ।

पछिल्लो समय जग्गा व्यवस्थापनका निम्ती सूचना प्रकाशन गरेर प्रकृया अगाडि बढाइएको र जग्गा दाताबाट जग्गा उपलब्ध गराउने प्रकृया समेत सुरु भएका कारण फोहोर व्यवस्थापनको काम अगाडि बढ्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनु भयो । फोहोरलाई सिसा जन्य, कुहिने र नकुहिने गरी तिन भागमा वर्गीकरण गरिने छ ।

कुहिने मललाई कम्पोस्ट मल बनाउन मिल्ने, नकुहिने प्लास्टिक जन्य फोहोरलाई मेशिन  मार्फत प्याकिङ गर्ने र सिसा जन्य वस्तुलाई मेसिन मार्फत व्यवस्थापन गरी सबै प्रकारका फाहोर लाई मोहोर का रुपमा व्यवस्थापन गर्ने लक्ष्य नगरपालिकाको छ । ढोरपाटन २ मा जग्गा दाताबाट जग्गा उपलब्ध गराउने गरी निवेदन समेत पेश भएको छ ।

अब बन्ने फोहोर व्यवस्थापन प्रकृयाले स्थानीय समुदायलाई असर नगर्ने र मेशिन मार्फत व्यवस्थित गरिने भएका कारण जथाभावी फोहोर फाल्ने, जलाउने अवस्था नरहने बताइएको हो । नगरपालिकाले सार्वजनिक खरिद नियमावली चौँठो संसोधन २०६४ अनुसार इपिसी मोडलमा काम गर्ने गरी सूचना प्रकाशन गरेर प्रकृया अगाडि बढाइने बताइएको हो ।

ढोरपाटन नगरपालिकाले हालसम्म बजार क्षेत्र र वडा नम्बर ५,७,८ र ९ का सडक क्षेत्रका वस्ति बाट फोहोर सङ्कलन गरेर वडा नम्बर ३ स्थित हुन्द्रा फेँदी बजार नजिक जलाउँदै आएको छ । यसरी फोहर जथाभावि लगाउँदा र सोही फोहोर नदिमा पुग्दा निकै दुर्गन्धित हुँदै आएको पाइएको छ । चालु आर्थिक वर्षमा ८७ लाख र अर्का बर्ष ८७ लाख बजेटमा काम हुने भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेको भनाई छ ।

 

तमानखोला गाउँपालिकाको विभिन्न स्थानमा कल्भर्ट पुल निर्माण हुँदै ।

0

 माघ १३ गते बुर्तिबाङ

तमानखोला गाउँपालिकाको विभिन्न स्थानमा कल्भर्ट पुल निर्माण भइरहेको छ ।

गाउँपालिकाको सबै वडामा साना ठुला नदि हुँदा पालिकाले धेरै स्थानमा कल्भर्ट पुल निर्माण गरेर नागरिकलाई १२ महिना सिधा सवारीका साधन सञ्चालन गर्न मिल्ने बनाउने अभियान अगाडी बढाएको हो ।

 अघिल्लो बर्ष दुई वटा पुल बनाएपछि सहज यात्रा गर्न पाएर दँग भएका स्थानीय नागरिक गत आर्थिक बर्षमा  चार ठाउँमा कल्भर्ट पुल बनाइएको हो । यस आर्थिक वर्षमा पनी विभिन्न ४ स्थानमा पुल बनिरहेका छन ।

समपुरक बजेट मार्फत बोङ्गादोभान –खुँखानी– नर्जाखानी स्तरोन्ती  कल्भर्ट पुल निर्माण भइरहेको हो ।, कुल १ करोड लागतमा सत्यसायी विल्डर्स कम्पनी मार्फत ठेक्का मार्फत निर्माणको काम भइरहेको जनाइएको छ । हालसम्म ५० प्रतिशत भौतिक प्रगती भइसकेको र यसै बर्ष सम्पन्न गर्ने गरी काम भएको इन्जिनीयर राजन जिसीले बताउनु भयो ।

त्यस्तै वडा नम्बर ६ नर्जाखानी जोड्ने गरी नुन्थला घाटमा ७८ लाख स्टेमिट बजेटमा गाउँपालिकाले कल्भर्ट पुल निर्माण अगाडी बढाएको हो । ठेक्का मार्फत सुरु भएको उक्त पुलको काम ७० प्रतिशत भइसकेको जनाइएको छ । सोले निर्माण सेवा कम्पनीले निर्माणको जिम्मा पाएको हो ।

उक्त पुल बनेमा नर्जाखानी, भित्रीवन गाउँका नागरीकलाई बर्षातको समयमा पनी सिधा सवारीका साधनमा चढेर गाउँमा पुग्न सहज हुने भएको छ ।

शृङ्खला घाट वडा नम्बर ५ मा १० लाख लागतमा कल्भर्ट समपुरक बजेट मार्फत निर्माण भएको छ । वडा नम्बर ३ को सेर्माघाट मा पुल निर्माणका निम्ती ठेक्का सम्झौता भएर निर्माणको चरणमा रहेको तमानखोला गाउँपालिका प्राविधिक शाखाले जनाएको छ । 

विगतमा बर्षातको ५ महिना नदिमा पानिको बहाव बढ्दा र पुल नहुँदा सवारीका साधन थप्प राख्नुपर्ने बाध्यता थियो । पालिकाले सबै वडाका नागरीकलाई सहज रुपमा यात्रा गराउनका निम्ती छोटो दुरीको नदिमा कल्भर्ट निर्माण गरेर सहजता प्रदान गरेको हो ।

 यसबर्ष मात्रै ४ स्थानमा कल्भर्ट निर्माण सम्पन्न भएमा अब घोमाइ घाटमा चाँडै पुल निर्माण सम्पन्न भएमा तमानखोला गाउँपालिका भरका नागरीकलाई धेरै सहज हुने देखिन्छ । गण्डकी प्रदेश सरकार मार्फत डिपिआर भइसकेको उक्त पुल चाँडै बन्ने अपेक्षा गरीएको छ ।

साना खोलाहरूमा पनी बर्षातको समयमा नागरिकले पाएको सास्तिलाई मध्यनजर राख्दै पालिकाले बजेट विनियोजन गरेर कल्भर्ट पुल वनाएर सिधा सवारीका साधन चल्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।खोलाको दूरी धेरै भएको ठाउँमा मोटरेवल पुल बनाउन पहल गरेका छौँ सानो दुरी रहेको क्षेत्रमा कल्भर्ट पुल प्रभावकारी देखिएपछि विभिन्न स्थानमा कलभर्ट निर्माण गरिएको अध्यक्ष बुढाको भनाई छ ।

 आफुहरुको समस्या बर्षातको समयमा सिधा सडक सञ्जाल नहुँदा सास्ति भएको बताउँदै मोटरेवल पुल र कल्र्भट बनेमा निकै सहजता हुने तमानखोलाभित्रिनका तम बहादुर छन्त्यालले बताउनु भयो । 

प्रहरीको सक्रियतामा चालक र सह चालकको निःशुल्क स्वास्थ्य परिक्षण ।

0

 बुर्तिबाङ माघ १३ गते

बुर्तिबाङमा सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट बुर्तिबाङको आयोजनामा विभिन्न सवारी साधन चलाउने चालक र सहचालकको स्वास्थ्य परिक्षण गरिएको छ ।

बुर्तिबाङ अस्पतालको सहकार्यमा सञ्चालन भएको निःशुल्क शिविरमा ४८ जना चालक र सह चालकको स्वास्थ्य परिक्षण गरिएको छ 

अस्थाई ट्राफिक प्रहरी पोष्ट बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक शान्त राज कुवँरका अनुसार चालक र सहचालकको स्वास्थ्य परिक्षण मार्फत स्वास्थ्य अवस्था पत्ता लगाउने र सवारी दुर्घटना न्यूनिकरण गर्नका निम्ती यस्तो प्रकारको कार्यक्रम गरिएको बताउनु भयो ।

शिविरमा सहभागीहरूको प्राथमिक स्वास्थ्य परीक्षण कार्यक्रममा चालक तथा सहचालकको मानसिक अवस्था ठिक रहेको वा नरहेको, तनाबमा रहेको वा नरहेको तथा उनीहरूको आँखाको दृष्टि अवस्था, ज्वरो, रक्तचाप, मधुमेहलगायत अन्य शारीरिक अवस्था ठिक भए–नभएको लगायत सुगर , प्रेसर , विएम आई र आँखा जाँच गरिएको प्रहरी निरीक्षक कुवँरको भनाई छ ।

आगामीे निर्वाचन राष्ट्रियता र मुलुकको स्वाधीनतासँग प्रत्यक्ष रूपमा जोडिएको छ एमाले उमेद्वार मञ्जु शर्मा ।

0
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 30;

गलकोट

नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बाग्लुङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार मञ्जु शर्मा चालिसेले प्रतिनिधि सभाको आगामीे निर्वाचन राष्ट्रियता र मुलुकको स्वाधीनतासँग प्रत्यक्ष रूपमा जोडिएको निर्वाचन भएको बताएकी छन्।

नेकपा एमाले गलकोट नगर कमिटीले आयोजना गरेको पूर्ण बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै चालिसेले यो निर्वाचन सामान्य सत्ता परिवर्तनको विषय मात्र नभएको स्पष्ट पारिन्। चालिसेले बाह्य शक्तिको प्रभाव, गलत एजेन्डा र अस्थिरताको राजनीतिबाट देशलाई जोगाउन सचेत भएर निर्णय गर्नुपर्नेमा जोड दिइन।

सामाजिक सञ्जालको प्रभावबारे कार्यकर्ता र मतदातालाई सचेत रहन आग्रह गर्दै उनले सामाजिक सञ्जालमा फैलाइने भ्रम, अफवाह र मनस्थिति बनाउने प्रयासलाई चिर्ने जिम्मेवारी कार्यकर्ताको भएको बताइन ।

चालिसेले भनिन– सामाजिक सञ्जालमा जे देखियो, त्यही सत्य ठान्ने प्रवृत्ति खतरनाक छ, यथार्थ, तथ्य र कामको आधारमा जनतालाई बुझाउने काम गर्नुपर्छ ।

सो अवसरमा बोल्दै नेकपा एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य सुनिल शेरचनले बाग्लुङको पश्चिम क्षेत्र अधिकारका क्षेत्रमा पछि परेको बताउँदै विकास निर्माणका अधिकार प्राप्तिका लागि एमालेको जीत अपरिहार्य रहेको बताए । प्रतिनिधि सभाको निर्वाचन एक अवसर रहेको बताउँदै उक्त अवसरको पश्चिम बाग्लुङका नागरिकले उपयोग गर्न सूर्य चिन्हमा मतदान गर्नुपर्ने उनको भनाइ थियो।

नेकपा एमाले गण्डकी प्रदेश सदस्य तिलक उप्रेतीले एमाले समुन्नत, सुसंस्कृत र सभ्य समाज निर्माणका लागि निरन्तर काम गरिरहेको बताए। उनले राम्रो काम गर्दा विरोध र षड्यन्त्र स्वाभाविक रूपमा हुने गरेको भन्दै ती भ्रमलाई चिरेर आम मतदातालाई जागरुक बनाउनुपर्ने धारणा राखे। नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताप्रतिको अडान देखेर देशी तथा विदेशी शक्तिहरूले नेकपा एमालेलाई चौतर्फी घेराबन्दी गरिरहेको बताउँदै आम कार्यकर्ता सचेत हुनुपर्ने उनको भनाइ थियो।

सो अवसरमा नेकपा एमाले बाग्लुङका कार्यवाहक अध्यक्ष तथा निर्वाचन क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाद भुसालले नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको भनाइ राख्दै एमाले अन्य पार्टीझैँ केवल एउटा राजनीतिक दल मात्र नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँडेको पार्टी भएको कारण आसन्न प्रतिनिधिसभा निर्वाचनमा पहिलो शक्ति हुने दाबी गरे ।

सो अवसरमा नेकपा एमाले नेकपा एमाले गण्डकी प्रदेश सदस्य तिलक उप्रेतीको संयोजक र नेकपा एमाले गलकोटका कार्यवाहक अध्यक्ष ईश्वर बोहरा सचिव रहने गरी ३ सय १ सदस्यीय गलकोट नगरपालिका स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।
त्यसैगरी नेकपा एमाले गलकोट नगर कमिटीका उपसचिव बिनु केसी संयोजक र अखिल नेपाल महिला संघ गलकोट नगर कमिटी अध्यक्ष सुमित्रा कार्की सचिव रहने गरी १सय १ सदस्यीय रहेको महिला परिचालन कमिटी गठन गरिएको छ।

बैठक तथा अन्तरक्रिया कार्यक्रम नेकपा एमाले गल्कोट नगर कमिटीका कार्यवाहक अध्यक्ष ईश्वर बोहराको अध्यक्षता, नेकपा एमाले जिल्ला सदस्य डम्मर श्रीसको स्वागत तथा नगर कमिटी सचिव दान श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो।

ज्ञामनाथ गैरेलाई विजयी गराउन ताराखोलामा चुनावको तयारी तीव्र

0

बागलुङ । सोमबार ताराखोला गाउँपालिकामा नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चा राजमोको संयुक्त बैठक अर्गलमा सम्पन्न भएको छ ।

नेकपाका गाउँपालिका अध्यक्ष पदम खत्री ‘दिवस’को अध्यक्षतामा सम्पन्न वैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र परिचालनलाई तीव्र बनाउने निर्णय गरेको छ

बैठकमा नेकपा केन्द्रिय सदस्य तथा बागलुङ क्षेत्र नम्बर २ का संयुक्त उम्मेदवार ज्ञामनाथ गैरे अनिलको प्रमुख अतिथ्यता भएको थियो । उम्मेदवार गैरेले यस पटक क्षेत्र नम्बर २ मा आफ्नो जित सुनिश्चत गर्नका लागि टोल–टोलबाटै परिचालित हुन आवश्यक रहेको बताउनुभएको छ ।

बैठकमा राजमो जिल्ला समिति सदस्य तीर्थसिंह थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बैठकमा राजमोका समानुपातिक उम्मेदवार बेदिलाल सापकोटा, नेकपाका केन्द्रिय सदस्य नेता फमलाल न्यूरे, ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर बिक, नेकपाका केन्द्रिय सदस्यहरु कमल घिमिरे, राजिव घिमिरे, राजमो सचिव भिमलाल पोखरेल तथा नेकपा बागलुङका संयोजक प्रकाश घर्ती लगायतको उपस्थिति रहेको थियो ।

बैठकको औचित्य र महत्वबारे संयोजक प्रकाश घर्तीले प्रष्ट पारेका थिए । बैठकका निर्णयहरू नेकपाका केन्द्रीय सदस्य फमलाल न्यूरे र राजमो सचिव भिमलाल पोखरेलले प्रस्तुत गरेका थिए । साथै गाउँपालिकाको आगामी कार्ययोजना तथा जिम्मेवारीबारे धनबहादुर विक हिमालले जानकारी गराएका थिए ।

कार्यक्रममा उम्मेदवार ज्ञामनाथ गैरे अनिलले पार्टीलाई विजयी बनाउन सबै कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका थिए ।

बैठकबाट पालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने, वडा स्तरीय भेला तथा निर्वाचन परिचालन र निर्वाचन केन्द्र सम्पर्क कार्यालय स्थापना गर्ने, टोल केन्द्रित कार्यक्रम सञ्चालन गर्ने, युवा तथा महिला परिचालन समिति गठन गर्ने, उम्मेदवार परिचय तथा भेटघाट कार्यक्रम तय गर्ने, मतदाता शिक्षा, प्रशिक्षण तथा अध्ययन समिति गठन गर्ने तथा कार्यालय सम्पर्क, समन्वय र परिचालन समिति गठन गर्ने निर्णय गरिएको छ ।

बैठकले संगठनलाई मजबुत बनाउँदै जनस्तरसम्म पहुँच विस्तार गर्ने रणनीति अवलम्बन गर्ने निष्कर्ष निकालेको छ ।

रास्वपा द्धारा बुर्तिबाङमा निर्वाचन सम्पर्क कार्यालय स्थापना ।

0

बुर्तिबाङ

राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर २ बागलुङ द्धारा बुर्तिबाङमा सोमबार निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । 

आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दे पार्टीले सम्पर्क कार्यालय स्थापना गरेको हो । आयोजित कार्यक्रमलाई राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उममेदवार रिमा विश्वकर्माले उद्‌घाटन गर्नुभएको हो । 

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले देशको विकास र नेतृत्वका निम्ती जनताले राष्ट्रिय स्वतन्त्र पार्टी रोजिरहेको र यसपटकको निर्वाचनमा बहुमतका साथ आफ्नो पार्टीको उदय हुने बताउनु भयो ।

बागलुङ २ मा सोम शर्माको सानदार जित हुने बताउँदै यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उममेदवारलाई मतदान गरेर विजयी गराउन मतदातालाई अपिल गर्नुभयो ।

 कार्यक्रममा बागलुङ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उममेदवार सोम शर्माले बोल्दै आफूलाई जिताउनका निम्ती यस क्षेत्रका मतदाता आतुर रहेको बताउँदै सही नेतृत्व छनौटले मात्रै देशको मुहार फेरिने बताउनु भयो ।

कार्यक्रममा जिल्ला उपसभापति ढालेन्द्र रायमाझीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दे राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन ।

कार्यक्रम क्षेत्रीय सभापति दीपक घर्तीको सञ्चालनमा सम्पन्न भएको हो । पार्टीले निर्वाचन लक्षित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्कको ६१ औँ वार्षिकोत्सव : बुर्तिबाङ शाखा द्धारा विभिन्न कार्यक्रम सहित सम्पन्न ।

0

माघ १० गते बुर्तिबाङ

राष्ट्रिय वाणिज्य बैँक लिमिटेड शाखा कार्यालय बुर्तिबाङले बैँकको ६१ औ वार्षिक उत्सव विभिन्न कार्यक्रम सहित मनाएको छ ।

केन्द्रिय कार्यालयमा विशेष समारोह सहित अर्थमन्त्री डाक्टर रामेश्वर खनाल द्वारा उद्‌घाटन गरिएको हो । त्यस्तै बुर्तिबाङ शाखा द्धारा उत्तरगंगा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १०, ११ र १२ का ६५ जना विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम गरिएको हो । संस्थाले वार्षिकोत्सवका अवसरमा वित्तिय साक्षरता तथा ग्राहक सम्मान कार्यक्रम सम्पन्न गरिएको शाखा प्रबन्धक दिनेश नाथले जानकारी दिनुभयो ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित राष्ट्रिय वाणिज्य बैङ्कको बुर्तिबाङ बजारमा गत वर्ष शाखा स्थापना गरिएको हो । यस्तो कार्यक्रमले बैँक प्रति सर्वसाधारणको विश्वसनियता अपनत्व प्राप्ति हुने अपेक्षा बैङ्कले राखेको छ ।

बैँक ले निक्षेप सेवा ,विभिन्न कर्जा सेवा डिजिटल बैङ्किङ सेवा प्रवाह हुँदै आएको छ ।

सरकारी कारोबार ,सुन कर्जा लगायतका सम्पूर्ण बैँक सुविधा अनुसार सहज रुपमा सेवा प्रदान गरिरहेको शाखा कार्यालय बुर्तिबाङका शाखा प्रबन्धक दिनेश नाथले जानकारी दिनुभयो ।