बुर्तिबाङ
राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर २ बागलुङ द्धारा बुर्तिबाङमा सोमबार निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दे पार्टीले सम्पर्क कार्यालय स्थापना गरेको हो । आयोजित कार्यक्रमलाई राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उममेदवार रिमा विश्वकर्माले उद्घाटन गर्नुभएको हो ।
आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले देशको विकास र नेतृत्वका निम्ती जनताले राष्ट्रिय स्वतन्त्र पार्टी रोजिरहेको र यसपटकको निर्वाचनमा बहुमतका साथ आफ्नो पार्टीको उदय हुने बताउनु भयो ।

बागलुङ २ मा सोम शर्माको सानदार जित हुने बताउँदै यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उममेदवारलाई मतदान गरेर विजयी गराउन मतदातालाई अपिल गर्नुभयो ।
कार्यक्रममा बागलुङ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उममेदवार सोम शर्माले बोल्दै आफूलाई जिताउनका निम्ती यस क्षेत्रका मतदाता आतुर रहेको बताउँदै सही नेतृत्व छनौटले मात्रै देशको मुहार फेरिने बताउनु भयो ।
कार्यक्रममा जिल्ला उपसभापति ढालेन्द्र रायमाझीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दे राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन ।
कार्यक्रम क्षेत्रीय सभापति दीपक घर्तीको सञ्चालनमा सम्पन्न भएको हो । पार्टीले निर्वाचन लक्षित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ ।










