फागुन २७ गते बुर्तिबाङ
बागलुङको तमानखोला गाउँपालिकाले चालु आर्थिक बर्षको दोश्रो चौमासिक सम्मको पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम मँगलबार वडा नम्बर २ को नावाङमा सम्पन्न भएको छ ।
पालिकाले दोश्रो चौमासिक सम्म गरेका विकास निर्माण, सेवा प्रवाह र सुशासनका सन्दर्भमा सेवा ग्राही नागरिकको विचमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
गाउँपालिका, वडा कार्यालय र विषयगत शाखाबाट प्रवाह भएको सेवा सुविधा, विकास निर्माण र सुशासनका सन्दर्भमा दोश्रो चौमाशिक सम्मको सार्वजनिक सुनुवाई गरिएको हो ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजीत कार्यक्रममा स्थानीय नागरिक सहित १८० जनाको उल्लेखिय सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय नागरिकले सडक, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत, पूर्वाधार निर्माण, विद्यालयको शैक्षिक भौतिक व्यवस्थापन, आत्मनिर्भर मुलक कार्यक्रम, जातीय छुवाछुतको अन्त्य, मोटरेवल पुल निर्माण, सार्वजनिक सौचालय निर्माण, महिला लक्षीत कार्यक्रम लगाएतका सन्दर्भमा प्रश्व, जिज्ञाशा, गुनासो र सुझाव व्यक्त गरेका हुन ।
कार्यक्रममा सहभागिबाट लिल बहादुर पून, टेक प्रसाद विक, चन्द्र बहादुर विश्वकर्मा, ओम पुन, केरसिंह प्रटेल, जितेन्द्र रसाईली, पदम बहादुर घर्ति, ज्ञान बहादुर रसाईली, छविलाल रसाईली, शान्ती सिर्पाली, लाल बहादुर प्रटेल, भक्त बहादुर रसाईली, भिम बहादुर सिर्पाली, रण बहादुर बराल लगाएतले आफनो धारणा राख्नु भएको हो ।
सहभागिबाट उठेका प्रश्न, विज्ञासा र सुझावको सन्दर्भमा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, वडा नम्बर २ का अध्यक्ष नारायण सुनार, शिक्षा शाखा प्रमुख कृषि शाखा प्रमुख लघु उद्यम शाखा प्रमुख लगाएतले चित्त बुझ्दो रुपमा जवाफ दिनुभएको हो ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सहभागि नागरिकले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै सार्वजनिक सुनुवाई कार्यक्रम स्थानीय सरकार र नागरिक विचको दुरीलाई नजिक बनाउँदै नागरिकका समस्या, गुनासो र सुझावलाई ग्रहण गरेर अगाडी बढ्ने कार्यक्रम भएका कारण तमानखोला गाउँपालिकाले प्रत्यक चौमासिकमा कार्यक्रम गर्दे आइरहेको बताउँदै जनताका महत्वपूर्ण आवस्यकता, समस्यामा गाउँपालिको संधै हातेमालो गरेर अगाडी बढ्ने बताउँदै समस्या र आवस्यकता वमोजिम बजेट न्यून भएका कारण क्रमिक रुपमा विकास अगाडी बढ्ने बताउनु भयो ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चालु आर्थिक बर्षको कुल ३२ करोड ९४ लाख बजेट मध्ये चालु तर्फ ३१ प्रतिशत र पुँजीगत तर्फ २३ प्रतिशत प्रगती भएको बताउनु भयो । जम्मा २९ प्रतिशत प्रगती भएको पालिकामा कुल ९२ विकास निर्माणका योजना मध्ये ६१ योजना निर्माण सम्पन्न भएको, १८ वटा सम्झौता भइसकेको र ७ वटा अन्तिम चरणमा रहेको बताउँदै भौतिक विकास निर्माणको काम चाँडै सम्पन्न गर्ने गरी अगाडी बढेको बताउनु भयो ।
पालिकाले किसान परिचयपत्र वितरण, कृषि, पशुपालन र मत्स्यपालन कृषकको तथ्यांक संकलन लगाएतका कार्यक्रम अगाडी बढाइएको जनाइएको हो ।
सहभागि नागरिकले सोधेका प्रश्न र विकास निर्माणका सन्दर्भमा वडा नम्बर २ का अध्यक्ष नारायण सुनारले प्रस्ट पार्नुभएको हो । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, राजनैतिक दलका प्रतिनिधी, पत्रकार, प्रहरी स्थानीय नागरिक लगाएतको उपस्थिति रहेको थियो । गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालको स्वागत मन्तव्य रहेको कार्यक्रम नेपाल पत्रकार छविलाल पाण्डेको सहजिकरणमा सम्पन्न भएको हो ।