Home Blog Page 25

विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी ।।

0

२०८२ असोज २७ बुर्तिबाङ
काठमाण्डौ – प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएका इजरायली नागरिकहरू हस्तान्तरण शुरू गरेको छ । गाजा शान्ति सहमति र युद्धविरामपछि हमासले आज बन्धकहरू हस्तान्तरण गर्न थालेको हो ।

हमासले जीवित रहेका घोषणा गरेका २० मध्ये पहिलो चरणमा ७ जना बन्धक गाजा पट्टीमा रेडक्रसलाई हस्तान्तरण गरेको छ । उनीहरू अपहरणमा परेको ७ सय ३८ दिनपछि मुक्त भएका बीबीसीले जनाएको छ ।

दुई वर्षअघि हमासले इजरायलमा आक्रमण गर्दा दुई सय ५१ जनाको अपहरण गरी गाजामा बन्धक बनाएको थियो । उनीहरूमध्ये ४७ जना र अघिल्लो युद्धमा ज्यान गुमाएका एक सैनिकको शवसमेत गरी ४८ जना बन्धक हस्तान्तरण गर्न हमासले सहमति जनाएको छ ।

४८ मध्ये २६ जनाको ज्यान गइसकेको हमासले पुष्टि गरेको छ । २० जना जीवित रहेका छन् । बाँकी दुई जनामध्ये एक जना नेपालका विपिन जोशी पनि हुनुहुन्छ । जोशीसहित दुई जनाको नाम मृतक र जीवित दुवैतर्फ समेटिएको छैन ।

यसैबीच इजरायली सेनाले नेपालका विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी गराएको छ । बीबीसीसँग कुरा गर्दै इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायली सेनाले विपिन जीवित रहेको प्रमाण नभेटिएको औपचारिक जानकारी गराएको बताउनुभयो ।

हमासले बन्धक फिर्ता गरेपछि त्यसको बदलामा इजरायलले दुई सय ५० जना प्यालेस्टिनी बन्दी र हिरासतमा लिइएका एक हजार सात सय जनाभन्दा धेरैलाई रिहा गर्ने बीबीसीले जनाएको छ ।

उजालोबाट : साभार

सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख ४० हजार नाघ्यो ।।

0

२०८२ असोज २७ बुर्तिबाङ ,

आज सुनको भाउमा कीर्तिमान कायम भएको छ ।

आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च हो ।

हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउमा कीर्तिमान कायम भएको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार एक सय २५ रुपैयाँ थियो ।

 

 

 

उजालोबाट साभार

रक्तिम सांस्कृतिक अभियान बागलुङको जिल्ला प्रशिक्षण कार्यक्रम सुरु ।।

0

२०८२ असोज २६, बुर्तिबाङ,
बागलुङको ढोरपाटन नगरपालिकामा रक्तिम सांस्कृतिक अभियान बागलुङको जिल्ला प्रशिक्षण कार्यक्रम आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।
आज कार्यक्रमको औपचारिक उद्घाटन समारोह आयोजना गरिएको थियो । उद्घाटन कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष सविन अर्गेजा को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । यस अवसरमा केन्द्रिय अध्यक्ष गिरी प्रसाद बुदा प्रमुख अतिथिको रूपमा उपस्थित रहँदा उनले रक्तिम सांस्कृतिक अभियानको लक्ष्यबारे जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो अभियानले जिल्लामा सांस्कृतिक चेतना फैलाउने, युवा प्रतिभा अभिवृद्धि गर्ने र स्थानीय सांस्कृतिक धरोहरको संरक्षणमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।”
त्यस्तै, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष सविन अर्गेजा मगरले भने, “यस प्रशिक्षण कार्यक्रममा सांस्कृतिक गतिविधि, नेतृत्व विकास, र समुदायसँग जोडिएका विविध प्रशिक्षण विधिहरू समेटिनेछन्, जसले सहभागीहरूमा नेतृत्व क्षमता र सांस्कृतिक चेतना अभिवृद्धि गर्नेछ । ”
उद्घाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गौरीश्वर पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष विमल खरेल, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य टिका पुन, ढोरपाटन मगर समिति अध्यक्ष झक प्रसाद श्रेष्ठ, निसीखोला गाउँपालिका वडा नं. ५ का सदस्य संगिता विक लगायतका गणमान्य व्यक्तिहरू उपस्थित थिए ।
प्रशिक्षण कार्यक्रम असोज २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने तालिका तय गरिएको छ । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सदस्य उस्सा तरार्मीले प्रशिक्षण दिनेछन् । उक्त प्रशिक्षणमा रक्तिम सांस्कृतिक अभियानका विभिन्न समूहका सदस्यहरूले प्रशिक्षण लिनेछन् ।
कार्यक्रमको स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष रुनमाया थापाले दिनुभएको थियो भने कार्यक्रम जिल्ला सचिव कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

पश्चिम बागलुङ संयुक्त दलित समन्वय समितिको पहिलो चरणको परिचयात्मक कार्यक्रम सम्पन्न ।।

0

शिशिर विश्वकर्मा, २०८२ असोज २६ बुर्तिबाङ ,
बागलुङको ढोरपाटन नगरपालिकामा पश्चिम बागलुङ संयुक्त दलित समन्वय समितिको प्रथम चरणको परिचयात्मक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा समितिका संयोजक दिलिप थापाको अध्यक्षतामा गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी विशेष अतिथिको रूपमा उपस्थित थिइन् । त्यस्तै दलित जनप्रतिनिधि, अधिकारकर्मी, अभियान्ता, समाजसेवी, अगुवाहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै सांसद पौवीले नेपालको ग्रामीण क्षेत्रमा विशेष गरी दलित समुदाय अझै पनि सामाजिक विभेद, गरिबी, शिक्षा र स्वास्थ्य सुविधाको अभावबाट जुझिरहेको बताइन् । उनले भनिन्, “धेरै दलित परिवार भूमिहीन छन्, रोजगारीका अवसर सीमित छन्, र राज्यका स्रोत तथा सेवामा उनीहरूको पहुँच अझै न्यून रहेको बताइन् ।”
त्यस्तै संयोजक थापाले बोल्दै हाल पनि धेरै दलित परिवार ग्रामीण क्षेत्रमा अशिक्षा, बेरोजगारी, गरीबी र सामाजिक विभेदका कारण पछाडि छन्। यद्यपि पछिल्ला वर्षहरूमा सरकारी र गैरसरकारी निकायहरूबाट विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । दलित समुदाय अझै पनि शिक्षा, स्वास्थ्य, रोजगार, राजनीतिक सहभागिता र सामाजिक सम्मानका क्षेत्रमा पछाडि परेको उल्लेख गरेका थिए ।
‘एकताको ऊर्जा, अपार दलित अधिकार प्राप्तिको आधार’ भन्ने मूल नाराका साथ अघि बढाइएको यस अभियानले पश्चिम बागलुङका दलित समुदायबीच ऐक्यबद्धता र अधिकार सुनिश्चितताको चेतना जगाउने उद्देश्य लिएको छ ।
कार्यक्रममा सहभागीहरूले दलित अधिकार कसरी सुनिश्चित गर्ने, राज्यका स्रोत र सेवामा कसरी समान पहुँच कायम गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरेका थिए । सहभागीहरूका अनुसार आगामी चरणमा वडा र गाउँपालिका तहमा समेत यस अभियानलाई विस्तार गर्दै स्थायी संरचना निर्माण गर्ने तयारी गरिएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। यस देशका नागरिकहरूमा सामाजिक, आर्थिक र सांस्कृतिक विविधता पाइन्छ। तीमध्ये दलित समुदाय ऐतिहासिक रूपमा पछाडि पारिएको र सामाजिक रूपमा वञ्चित वर्गका रूपमा चिनिन्छ। दलित समुदायको आवश्यकता बुझ्नु र त्यसको समाधान खोज्नु सामाजिक न्याय र समतामूलक समाज निर्माणको लागि अत्यन्त जरुरी छ ।
कार्यक्रम दलित समुदायको सशक्तीकरण केवल एक समुदायको मुद्दा होइन, यो सम्पूर्ण समाजको प्रगतिसँग जोडिएको विषय हो , शिक्षा, आर्थिक अवसर, समान अधिकार र सामाजिक न्याय सुनिश्चित गरिएमा मात्र नेपालको समावेशी विकास सम्भव हुन्छ । त्यसैले आगामी दिनमा राज्य, गैरसरकारी संस्था र नागरिक समाज सबैले मिलेर दलित समुदायको उत्थानमा अग्रसर हुन आवश्यक रहेको लगायत विषयबस्तुमा आधारित भई छलफल गरिएको थियो ।

विवाईसीले दिएको तालिमले विदेश जाने वाध्यता हट्यो: यहीँ होम स्टे चलाउँछु सुमन घर्ती

0

विवाइसी बागलुङ द्धारा सञ्चालित दिगो विकास पर्यटन परियोजना द्धारा बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्र्तगत १६ वटै वडामा विभिन्न कार्यक्रम अगाडी बढाइएको छ ।

परियोजनाले आइतबार ढोरपाटन र निसीखोला अन्र्तगत विभिन्न ९ वटा होम स्टेका निम्ती आवस्यक विभिन्न दुई लाख पचास हजार बराबर प्रति होम स्टे सामाग्रि हस्तान्त्रण गरीएको छ ।

विगतमा ९ वटा होम स्टेलाई हस्तान्ण गरिएकोमा यस पटक ९ वटा सहित १८ होम स्टेका निम्ती सामाग्रि उपलब्ध गराइएको हो । हस्तान्त्रण कार्यक्रम ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले सुभारम्भ गर्नुभएको थियो ।

संस्थाको तर्फदेखि व्यवस्थित होम स्टेका लागी आवस्यक वेड सेट, किचनमा आवस्यक भाँडा, ग्याँस सेट, वेडका लागी आवस्यक कपडा , कुर्चि, टेवल लगाएतका महत्वपूर्ण सामाग्रि हस्तान्त्रण गरीएको परियोजनाका कार्यक्रम अधिकृत उत्तम अर्यालले बताउनु भयो । ढोरपाटन नगरपालिका अन्र्तगत पाखाथरमा रहेका ३ वटा, निसीखोला ५ निशेलढोरमा १ वटा र निसीखोला ५ निसीमा ५ वटा गरी ९ वटा होम स्टेलाई सामाग्रि उपलब्ध गराइएको हो ।

आफुहरुले एक महिने होमस्टे व्यवस्थापन तालिम लिएपछि होम स्टे सञ्चालन गर्न थालेको र यस्तो सहयोगले आफूहरुलाई स्वदेशमा उद्यम र व्यवसायी बन्न महत्वपूर्ण सहयोग पुगेको निसीखोला ५ निशेलढोरका सुमन घर्ति मगरको भनाई छ । विदेश जाने तयारीमा थियँ परियाृेजनाले दिएको तालिमले यहिँ केही गर्नुपर्छ भन्ने उत्प्रेरणा प्राप्त भएपछि आफुपनी होम स्टे तर्फ आर्कर्षित भएर होम स्टे दर्ता गरेर सञ्चालनमा अगाडी बढेको बताउनु भयो ।

सुमन जस्तै ढोरपाटन नगरपालिका पाखाथरका उषा होमस्टेका सञ्चालक दिपक भण्डारीले समेत पोखरामा तालिम लिएर आफनै गाउँमा केही गर्नुपर्छ भन्ने मान्यता सहित होम स्टे दर्ता गरेर गत जेठ महिनादेखि सञ्चालन गर्दे आएको बताउनु भयो । ढोरपाटन र यस क्षेत्रमा होम स्टेको धेरै सम्भावना छ यसलाई सहि सधुपयोग गर्ने गरी आफुले पोखरामा तालिम लिएर अगाडी बढेको बताउनु भयो ।

बुर्तिबाङ राइजिङ युवा क्लव द्धारा आयोजित कोजाग्रत पुर्णिमा मेलाको लिग चरण सम्पन्न ।।

0

२०८२ असोज २५ , बुर्तिबाङ ,
बागलुङको ढोरपाटन नगरपालिकामा जारी वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आज सम्पन्न लिग चरणसँगै रोमाञ्चक मोडमा पुगेको छ ।
प्रतियोगितामा कुल १२ टिम सहभागी भएका छन् । आजसम्मको लिग चरणका खेलहरू सम्पन्न भएसँगै भोलिदेखि दोस्रो चरणका खेलहरू सुरु हुने खेल संयोजक देव विश्वकर्माले जनमारी दिनुभएको छ ।
यसैगरी, महिला भलिबलतर्फ भोलि दिउँसो १२ बजे तीन सेटको खेल सञ्चालन हुने तय गरिएको छ । त्यस्तै, ३५ वर्षमाथिका खेलाडीहरूबीचको भलिबल प्रतियोगितामा फाइनल प्रवेश गर्न गल्कोट नगरपालिका–७ र ढोरपाटन नगरपालिका–६ सफल भएका पुगेका छन् ।
यी दुई टिमबीच भोलि फाइनल खेल हुने जानकारी आयोजक समितिले दिएको छ । भलिबल प्रतियोगितासँगै भोलिको कार्यक्रमलाई थप आकर्षक बनाउनका लागि रस्साकस्स प्रतियोगिता तथा राष्ट्रिय कलाकार ईश्वर सिंहको विशेष सांगीतिक प्रस्तुति समेत रहनेछ। स्थानीय युवाको उत्साह, खेलप्रेमी दर्शकहरूको उपस्थितिले कार्यक्रमलाई उत्सवमय बनाएको आयोजकले जनाएको छ ।
सम्पूर्ण प्रतियोगिता खेलकुदको माध्यमबाट आपसी सम्बन्ध सुदृढ गर्ने र स्थानीय प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।

देवकुमार नेपाली दम्पती विरुद्ध डेढ अर्ब बिगोसहित सम्पती सुद्धिकरणको मुद्दा दर्ता ।

0

बागलुङ असोज २५

सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली विरुद्ध सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ ।

बागलुङको जिल्ला सरकारी वकिलको कार्यालयले नेपाली विरुद्ध रु.एक अर्ब ५८ करोड विगो मागदावी सहित मुद्दा दायर गरेको हो । उनीमाथि बागलुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति कमाएको आरोप छ । यस्तै उहाँकी श्रमती छेला नेपाली बिरुद्ध रु. ६ करोड ९८ लाख विगो मागदावी मुद्दा दर्ता गरिएको हो ।

पहिले सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएका नेपालीलाई बिहीबार सहकारी ठगीलाई आधार बनाएर जिल्ला अदालत बागलुङमा सम्पत्ति शुद्धीकरण मुद्दा पनि दर्ता गरिएको सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

सहकारी ठगी छानबिन प्रतिवेदन र प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी वटै मुद्दा चलाउन सिफारिस गरिएको भएपनि यसअघि सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएको थियो ।

नेपाली ११ असोज, २०८१ मा उनी भारतमा पक्राउ परेका थिए । त्यसपछि नेपाल ल्याइएका उनी अदालतमा पेश भएपछि पुर्पक्षका लागि थुनामा छन् । नेपालीको श्रीमती छेला नेपाली भने फरार रहनुभएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पती सुद्धिकरण निवारण ऐन २०६४ अनुसार नेपाली लगायतमाथि १७ जनामाथि सम्पत्ति शुद्धीकरण लगायतमा मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन तयार गरेको थियो । त्यही प्रतिवेदनका अनुसार नेपाली दम्पतीलाई सम्पती सुद्धिकरणको मुद्धा चलाइएको छ ।

 

 

न्यूज नयाँ विश्व

वडिगाडमा खुल्यो लायन्स क्लब: अध्यक्षमा घिमिरे ।

0

बुर्तिबाङ असोज २५ गते
बागलुङको वडिगाड गाउँपालिका कार्यक्षेत्र बनाएर नरिश्वर घिमिरे अध्यक्ष रहेको २१ सदस्य लायन्स क्लब वडिगाड ३२५ एम स्थापना गरिएको हो ।
सामाजिक क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने उदेश्य सहित क्लबको स्थापना गरिएको लायन्स क्लब अफ बागलुङ गोल्डेन डिस्ट्रीक अर्थात मातृ क्लबका अध्यक्ष यसिन रोकाले बताउनु भयो ।
क्लबको प्रथम उपाध्यक्षमा रमेश बहादुर घिमिरे, दिर्तिय उपाध्यक्ष शिव बहादुर के.सी., तिर्तिय उपाध्यक्ष कल्पना खरेल, सचिव वोम कान्त पौडेल, कोषाध्यक्ष कमल प्रसाद खरेल चयन हुनुभएको छ ।
त्यस्तै सहसचिब कृष्ण भट्टराई, सह कोषाध्यक्ष पूर्ण कला खरेल लगाएत पदाधिकारी चयन गरिएको जनाइको हो । कार्यक्रम यसिन रोकाको अध्यक्षता, लायन्स क्लब प्रोटोकल चिफ दिनवन्दु पौडेलको प्रमुख आतिथ्यता, जिएमटी डिस्ट्रीक कोर्डिनेटर राजेश्वर आर्चाय, कलस्टर चिफ कोपिला श्रीस, जोन चियर पर्सन रुद्ध श्रीस लगाएतको आतिथ्यता एव्म शुभकामना मन्त्व्य रहेको हो ।
कार्यक्रम डिस्ट्रीक चार्टड प्रेसिडेन्ट निल प्रसाद आर्चायको सञ्चालनमा सम्पन्न भएको हो ।

बुर्तिबाङमा आयोजीत कोजाग्रत मेलाको सांसद जीत शेरचन द्धारा उद्धघाटन ।

0

बुर्तिबाङ राईजिङ यूवा क्लब द्धारा आयोजीत कोजाग्रत पूर्णिमा मेला तथा पालिका कपको आज चौठो दिन पनी विविध कार्यक्रम सहित उद्धघाटन सत्रको कार्यक्रम भएको छ ।
गत असोज २१ गतेदेखि सुरु भएको ३५ बर्ष माथीको भेट्रान्स भलिवल प्रतियोगिता अन्र्तगत ढोरपाटन नगरपालिका ६ र गल्कोट नगरपालिका ७ फाइनलमा प्रवेश गरेका छन ।
त्यस्तै वडा स्तरीय पूरुष भलिवल प्रतियोगिता शुत्रबार देखि सुरु भएको छ । प्रतियोगितामा १२ समुहको सहभागिता रहेको हो ।
आज आयोजीत कार्यक्रम क्लब अध्यक्ष सुरज विश्वकर्माको अध्यक्षता गण्डकी प्रदेश सभा सदस्य जीत बहादुर शेरचनको प्रमुख आतिथ्यता, गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति, वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा , तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल लगाएतको विशिष्ठ आतिथ्यतामा उद्धघाटन सत्रको कार्यक्रम भएको हो ।
क्लब द्धारा आयोजीत विविध खेलकुद एव्म सांस्कृर्तिक कार्यक्रम जारी रहेका छन ।

खुंखानीमा सव व्यवस्थापन स्थल तथा चौतारा ट्रस पूर्वाधार निर्माण समिति गठन ।।

0

                                                                     शिशिर विश्वोकर्मा ,

२०८२ असोज २४ , बुर्तिबाङ,
तमानखोला गाउँपालिका–५, खुंखानीमा सरसफाइ र सव व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन भुमिराज सुन्चौरीको नेतृत्वमा १३ सदस्यीय समिति बिहिबार गठन गरिएको छ ।
यस समितिको नेतृत्व भुमिराज सुन्चौरीले गरेका छन् भने अन्य १२ जना सदस्यहरूमा स्थानीय महिला, युवा र सरोकारवालाहरूको समेत समावेश गरिएको छ ।

स्थानीय बगर खोला र शिङ्खोलाको संगम क्षेत्रमा सव व्यवस्थापन स्थल, चौतारा ट्रस, पिउनेपानी र महिला–पुरुष शौचालय निर्माणका लागि समिति औपचारिक रूपमा गठन भएको गरिएको छ ।
स्थानीय समुदायले साझा प्रयोजनका यस्ता पूर्वाधार निर्माणका लागि एकीकृत पहल सुरु गरेको जानकारी प्राप्त भएको छ । समितिका सदस्यका अनुसार यो अभियान कुनै एक व्यक्ति वा समूहको स्वार्थसँग नभई सामूहिक आवश्यकता र सामाजिक उत्तरदायित्वसँग जोडिएको साझा अभियान भएको बताएका छन् ।
यसले समुदायका सबै सदस्यका लागि सरसफाइ, विश्राम र अन्त्येष्टिका लागि आवश्यक सुविधाहरू उपलब्ध गराउने लक्ष्य लिएको छ ।
यस अभियान अन्तर्गत ट्रस, सव व्यवस्थापन स्थल, शौचालय तथा धारा निर्माणका लागि आवश्यक तयारी पूरा गरिएको समितिले जनाएको छ । साथै निर्माणका लागि आवश्यक कोष संकलनका उद्देश्यले बैंक खाता पनि खोलिएको छ ।
आर्थिक सहयोग गर्न चाहने महानुभावहरूले सो खातामा रकम जम्मा गरी पठाउन अनुरोध गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार यो योजना सम्पन्न भएपछि खुंखानी र आसपासका बासिन्दा मात्र होइन, सम्पूर्ण तमानखोला क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् ।
समाजको सामूहिक प्रयत्न र सहयोगका आधारमा अघि बढाइएको यस अभियानले स्थानीय एकता र विकासप्रतिको प्रतिबद्धता झल्काएको स्थानीयहरूले बताएका छन् ।
समितिको गठनसँगै अब स्थानीय तहमा सव व्यवस्थापन, चौतारा ट्रस निर्माण, पिउनेपानीको व्यवस्थापन र महिला–पुरुष शौचालय निर्माणको काम व्यवस्थित रूपमा अघि बढाइने भएको छ।
स्थानीयवासीहरूले यो समितिको गठनलाई सामूहिक विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन् । समितिले गाउँको सरसफाइ, वातावरणीय संरक्षण तथा आधारभूत सुविधाको विकासमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका प्रतिनिधिहरूका अनुसार, यो समिति नियमित बैठक, अनुगमन र प्रतिवेदनमार्फत योजनाको कार्यान्वयनमा पारदर्शिता र सहभागीता सुनिश्चित गर्नेछ ।