ढोरपाटन कार्तिक ३० गते बागलुङको ढोरपाटन नगरपालिका ७ देखि ९ नम्बर वडाका यूवा र महिलालाई लक्षित गर्दे आइतबार देखि १५ दिने होटल कुक तालिम बोबाङमा सुरु भएको छ ।
यूवालाई रोजगारी र उद्यम संग जोड्ने उद्देश्य सहित पर्यटकीय क्षेत्र ढोरपाटन आसपासका युवालाई लक्षित गर्दे कुक तालिम सुरु भएको वडा नम्बर ९ का अध्यक्ष खिम बहादुर घर्तीले बताउनु भयो । ढोरपाटन नगरपालिका, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घ विकास परियोजनाको संयूक्त साझेदारीमा सुरु भएको तालिममा स्थानीय ३ वटा वडाका गरी ४८ जनाको सक्रिय सहभागिता रहेको हो ।

आज आयोजित उद्घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दे ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले १५ दिने होटल तथा होम स्टे व्यवस्थापन सम्बन्धी कुक तालिमले युवाहरूलाई रोजगारीमा जोड्न र पर्यटकिय क्षेत्र ढोरपाटन आउने पाहुनालाई राम्रो, स्वादिष्ट खानाका परिकार बनाएर स्वागत संगै स्वदेशमा सिप आर्जन गरेर आत्मनिर्भर बन्न सकिने बताउँदै सिकेका सिप ज्ञानलाई व्यवहारमा उर्तान समेत आग्रह गर्नुभयो ।
ढोरपाटन नगरपालिका ८ का अध्यक्ष भद्रमणी सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष खिम बहादुर घर्तिले बोल्दै यूवालाई रोजगारी र पर्यटन संग जोड्नका निम्ती यस्ता महत्वपूर्ण सिप विकास तालिमको आयोजना गरीएको बताउनु भयो ।

्तालिम वडा नब्बर ८ को सेराबाङ मा सुरु भएको हो । कार्यक्रम वडा नम्बर ९ का सचिब थम प्रकाश घर्तिको सञ्चालनमा सम्पन्न भएको हो ।










