ढोरपाटन नगरपालिका द्धारा प्रथम चौमासिक सम्मको सार्वजनिक सुनुवाई सम्पन्न ।

कार्तिक २८ गते ढोरपाटन
ढोरपाटन नगरपालिकाको आयोजनामा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८२÷०८३ को प्रथम चौमासिक वापतको सार्वजनिक सुनुवाई कार्यक्रम पालिकाको हलमा सम्पन्न भएको हो । कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा आयोजीत कार्यक्रममा नगर भित्रका नागरिकको उल्लेखिय सहभागिता संगै सक्रिय प्रश्न, विज्ञासा, गुनासो र सुझाव व्यक्त गरीएको हो ।
सहभागि नागरिकले बुर्तिबाङ बजारमा खानेपानी व्यवस्थापन, बजार क्षेत्रमा ढल व्यवस्थापन, पालिकाको फोहोर व्यवस्थापन , बुर्तिबाङ अस्पत्तालबाट भइरहेको सेवा प्रवाहलाई व्यवस्थापन गर्नुपर्ने विषय, कृषि, शिक्षा लगाएतका महत्वपूर्ण विषयमा ध्यानाकर्षण सहित प्र्रश्न विज्ञासा र गुनासो व्यक्त गरेका हुन ।
सहभागिले बसर्पाक निर्माणमा ढिलाई भइरहेको, बजारमा खानेपानी व्यवस्थापन समिती बन्न नसकेको, ट्राफिक व्यवस्थापन र बजार व्यवस्थापनमा स्थानीय सरकार र सम्बन्धित निकायको ध्यान जान नसकेको विषयलाई गम्भिर रुपमा उठान गरेका हुन ।
त्यस्तै सालझण्डी ढोरपाटन सडक निर्माणलाई ध्यानाकर्षण गराउनु पर्ने, ग्रामिण सडक स्तरोन्नती , भुगोल र माटो अनुसार कृषिको विकास संगै अनुदानमा ध्यान दिनुपर्ने, शैक्षिक गुणस्तर संगै खेलकुदको विकासका निम्ती खेलकुद मैदान हुनुपर्ने विषय प्राथमिकतामा राखिएको हो ।
सहभागिले उठाएका प्रश्न विज्ञासा र सुझावको विषयमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरे, वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र पून, बुर्तिबाङ अस्पत्ताल प्रमुख डा. अविनाश पोख्रेल, इलाका प्रहरी बुर्तिबाङ प्रमुख तिलक मानन्धर लगाएतले जवाफ दिनुभएको थियो ।
सहभागिबाट आएका प्रश्न र जिज्ञासा अन्न्र्तगत तत्काल बुर्तिबाङ खानेपानी उपभोक्ता समिती गठन गर्ने, फोहोर व्यवस्थापन स्थल व्यवस्थापन गर्ने, बजारमा खानेपानी व्यवस्थापनमा ध्यान दिइने, खेलमैदान व्यवस्थापनमा ध्यान दिइने, नयाँ शहर आयोजनाले गरीरहेका कामलाई छिटो पारदर्शी र व्यवस्थित बनाउन समोन्य गरेर अगाडी बढ्ने प्रतिबद्धता समेत जनाइएको छ ।
त्यस्तै नगरपालिकाबाट भइरहेका प्रगतीको विषयमा कार्यपालिका बैठक मार्फत सामाजिक सञ्जालबाट जनतालाई जानकारी गराउने, नागरिकबाट आएका गुनासो र समस्यालाई यथोचित सम्भव भएसम्मको अवस्थामा समाधान गर्दे जाने प्रतिबद्धता पालिकाको तर्फदेखि गरिएको हो ।
नगरपालिकाको चालु आर्थिक बर्षमा ६१ करोड २८ लाख १९ हजार बजेट मध्ये ९ करोड ७ लाख २२ हजार ३२४ रुपैयाँ बराबरको खर्च गर्न सफल भएको र उपभोक्ता समिती मार्फत हुने योजना अगाडी बढाउन समिती गठन प्रकृया अगाडी बढाइएको, ठुला योजनाको काम अगाडी बढाउन टेण्डर प्रकृया मार्फत अगाडी बढाउने लगाएतका काम भइरहेको प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरीएको हो ।
कार्यक्रममा सहभागिको तर्फदेखि योगेन्द्र परियार, भुमिराज महत, विमल विश्वकर्मा, समसेर वि.क., यादव राज भण्डारी, रेशम सापकोटा, मदन भण्डारी, मिन बहादुर वि.क., दल बहादुर भण्डारीले धारणा राख्नु भएको थियो ।त्यस्तै भिम बहादुर गिरी, जिवन विश्वकर्मा, यूवराज कुवँर, सुमित्रा सुनार, कमल भुसाल, विमल पाण्डे, सोम बहादुर पौवी लगाएतले महत्वपूर्ण विषयमा प्रश्न, जिज्ञासा र सुझाव व्यक्त गर्नुभएको हो । कार्यक्रम ढोरपाटन नगरपालिका वडा नम्बर २ का कार्यवाहक अध्यक्ष तम बहादुर घर्तिको स्वागत , पत्रकार थम्मन थापाको नागरीक अभिमत र वर्हिगमन अभिमत तथा कार्यक्रमको टिप्पणी माथी प्रकाश पार्नुभएको थियो । पत्रकार छविलाल पाण्डेको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img