Home Blog Page 24

बुर्तिबाङमा आजदेखि देउसी–भैलो खेल्न सुरु ।।

0

२०८२ कार्तिक २ बुर्तिबाङ,
बागलुङ जिल्लाको बुर्तिबाङ क्षेत्रमा आजदेखि देउसी,भैलो औपचारिक रूपमा सुरु भएको छ ।
तिहार पर्वको सुरुवाती दिनसँगै स्थानीय युवायुवती, बालबालिका र समाजका विभिन्न समूहले देउसी–भैलोको तयारी पूरा गरी घर–घरमा पुगी खेल्न थालेका छन् ।
बुर्तिबाङ बजार र आसपासका बस्तीहरूमा बेलुकीपख सांस्कृतिक माहोल सृजना भएको छ ।

बजार क्षेत्र लगायत आसपासका सबै तिर झिलिमिलि भइरहेका छन् । परम्परागत पोसाक र वाद्ययन्त्रसहितका टोलीहरूले “देउसी रे. र “भैलो.गीतका स्वरले गाउँ सहरभरि गुन्जायमान बनाएका छन् ।

स्थानीय बासिन्दा पनि उत्साहपूर्वक सहभागी हुँदै देउसी,भैलो खेल्ने समूहलाई दक्षिणा, मिष्ठान्न र फलफूल दिएर स्वागत गरिरहेका छन् ।
तिहार पर्वले सामाजिक एकता, सद्भाव र आपसी सम्बन्ध सुदृढ बनाउने अवसर प्रदान गर्ने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन् ।
देउसी,भैलो खेल्ने क्रममा संकलित रकम सामाजिक, धार्मिक तथा सामुदायिक कार्यमा खर्च गर्ने परम्परा पनि यहाँ कायम रहेको छ ।
बुर्तिबाङका टोलटोलमा आउने केही दिन देउसी–भैलोको उल्लासले रातभर चहलपहल रहँदै जाने अनुमान गरिएको छ ।

तिहारमा मौसम सामान्यतया सफा रहने ।।

0

२०८२ कार्तिक २ बुर्तिबाङ,
तिहारमा मौसम सामान्यतया सफा रहने भएको छ ।

तिहारका बेला देशका पहाडी भागका एक, दुई ठाँउमा छिटपुट पानी पर्न सक्ने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले भोलि लक्ष्मीपूजाका दिन देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक, दुई ठाँउमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

यसैगरी भाइटिकासम्म नै सबै प्रदेशका पहाडी भू–भागका एक, दुई ठाँउमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने ।।

0

२०८२ कार्तिक १ बुर्तिबाङ ,
रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने रुकुमपूर्वको प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको रानिकोट(किटनी सडकखण्ड १९ दिनभित्र बाँकी रहेको निर्माण कार्यलाई सम्पन्न गर्ने भन्दै यही कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका अुनसार तोकिएको अवधिभित्र सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले रानिकोट(किटनी सडकखण्डमा बाँकी काम सम्पन्न गर्न तत्काल सवार आवागमन रोक्नुपर्ने प्रस्ताव सश गरेका थिए । सोही प्रस्तावका आधारमा १९ दिनका लागि रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयले सडक बन्दको अवधिमा सर्वसाधारणलाई वैकल्पिक मार्गमार्फत यात्रा गर्न आग्रह गरेको छ ।

ठूला सवारीसाधनले वैकल्पिक मार्गका रूपमा कैचिमोड(धाउन्ने(पोखरा(छिन्खेत सडक प्रयोग गर्न सकिने र साना सवारी साधनहरूले कैचिमोड(धाउन्ने(नाथिगाड(धपे मार्ग प्रयोग गर्न सक्ने छन् ।

– रुकुमपूर्वबाट बालाराम शेर्पाली

नेपालीको दोस्रो ठुलो चाड तिहार पर्वको यम पञ्चक आजदेखि सुरु ।।

0

२०८२ कार्तिक १ बुर्तिबाङ
उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि विधिवत् आरम्भ हुँदैछ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो ।

दिउँसो १ः२३ बजेपछि कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने बताईएको छ ।
काग तिहार भने आइतबार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवम् यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार निर्णय गरिएको छ ।

यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ । धनवन्तरी जयन्ती भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद्हरुले बताएका छन् । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गरिन्छ ।

कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने पनि धर्मशास्त्रविद्हरुले बताएका छन् ।

सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने मान्यता छ ।

कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ । यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ ।

यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।

गाईगोरु एवम् गोवर्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । हलितिहार, बलीपूजा र आत्म ९म्ह० पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्धन र आत्म म्ह पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४५ यसै दिनदेखि सुरु हुन्छ ।

कात्तिक ६ गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ ।
यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको धर्मशास्त्रविद्हरुले बताएका छन् । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने पनि धर्मशास्त्रविद्हरुले बताएका छन् ।

समितिले जनाएको छ । भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने धर्मशास्त्रविद्हरुले बताएका छन् ।

राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको धर्मशास्त्रविद्हरुले बताएका छन् । रासस

बुर्तिबाङको उपल्लो बजारमा निर्माण कार्यले सवारी आवागमन प्रभावित ।।

0

२०८२ असोज ३१ बुर्तिबाङ
बुर्तिबाङको उपल्लो बजारस्थित स्वामीबोट क्षेत्रमा हाल भइरहेको सडक तथा ढल निकास निर्माण कार्य तीव्र गतिमा सञ्चालन भइरहेको छ ।
निर्माण कार्य अघि बढेसँगै उक्त क्षेत्रबाट चारपाङ्ग्रे सवारी साधनको आवत–जावतमा समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् ।

सवारी साधनहरु दुलेबाट नै समान दुवानी र मानिसहरु बोकेर गाँउ फर्केका छन् ।


सडक विस्तार र ढल निकास निर्माणका क्रममा सडकको केही भाग खनिएकोले सवारी साधन चलाउन असहज भएको हो ।स्थानीयहरूका अनुसार, निर्माण कार्य सुरु भएयता बजार क्षेत्रमा कुनै पनि सवारी साधन प्रवेश गर्न सकेका छैनन्, जसका कारण बजारमा सामान ढुवानीमा समेत कठिनाइ बढेको छ ।
“सवारी नआएपछि आवश्यक उपभोग्य वस्तु ल्याउन र पठाउन निकै समस्या भएको छ,” एक व्यापारीले भने चारपाङगे्र सवारी साधन सञ्चालन ठप्प भएपछि तमानखोला, ढोरपाटन नगरपालिका–२, ३ र ४ नम्बर वडातर्फ आवत–जावत गर्ने नागरिकहरू पनि प्रभावित भएका छन् ।
स्थानीयले निर्माण कार्य छिटो सम्पन्न गरी सडक पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

तिहार नजिकिँदै गर्दा गाँउ फर्किनेको चाप बढ्दै : बुर्तिबाङमा चहलहल ।।

0

२०८२ असोज ३१ बुर्तिबाङ ,
शिशिर विश्वोकर्मा ,
दशैं सकिएपछि केही हप्ता अघि सहरतिर फर्किएका स्थानीयहरू अहिले तिहारको आगमनसँगै पुनः गाउँ फर्किन थालेका छन् ।
तिहार नजिकिँदै जाँदा बुर्तिबाङ र वरपरका बजारहरूमा घर फर्किने यात्रुहरूको चहलपहल बढेको देखिन्छ ।
काठमाडौं, पोखरा, बुटवलजस्ता ठूला सहरहरूमा रोजगारी, पढाइ र व्यापारका सिलसिलामा बसेका नागरिकहरू दिदीबहिनी, दाजुभाइसँग तिहार मनाउनका लागि गाउँ फर्किरहेका छन् ।

स्थानीय यातायात व्यवसायीहरूका अनुसार पछिल्ला केही दिनयता बुर्तिबाङ आउने सवारी साधनमा यात्रुहरूको संख्या उल्लेख्य रूपमा बढेको छ ।
यातायात व्यवसायी संघ बुर्तिबाङ शाखाका अनुसार यात्रुहरूको चाप बढेसँगै लामो दूरीका बस टिकटहरू छिट्टै सकिन थालेका छन् । त्यस्तै, स्थानीय प्रशासनले यात्रुहरूको सहज आवागमनका लागि सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।


बुर्तिबाङ बजारमा पनि अहिले तिहारको रौनक देखिन थालेको छ । दीपावलीका लागि दियो, बत्ती, फूलमाला र मिठाइ किन्नेहरूको भीड बढ्दो क्रममा छ । बजार व्यापारीहरूका अनुसार यस वर्ष व्यापार गत वर्षको तुलनामा केही बढी हुने अनुमान गरिएको छ ।
तिहार नजिकिँदै गर्दा गाउँघरमा पनि सरसफाइ र सजावटका काम सुरु भएका छन् । बागलुङ क्षेत्रका अधिकांश परिवार अब भाइटीकाको तयारीमा व्यस्त छन् । सहर र गाउँ दुबै ठाउँमा तिहारको उत्सवमय माहोल फैलिँदै जाँदा बुर्तिबाङ र आसपासका क्षेत्रहरू उज्यालो र उल्लासमय बन्दै गएका छन् ।

 

चितुवाको आक्रमणबाट ढोरपाटन २ मा १५० कालीज मरे ६० वटा घाईते ।

0

बुर्तिबाङ असोज ३१
ढोरपाटन नगरपालिका २ सलामकोटका चुडामणी कँडेलको फार्ममा पालिएका १५० कालीज चितुवाले आक्रमण गरी नस्ट गरेको छ ।
व्यवसायीक रुपमा पालिएको कालिज फार्म भित्र चितुवा पसेसंगै गयराती १५० कालीज मारेर नस्ट गर्नुका साथै कम्तीमा ६० कालीज घाइते बनाएको संचालक कँडेलले बताउनु भयो ।

विगत ७ बर्षदेखि सानो स्वर्ग नामक फार्म स्थापना गरी कालीज पालन व्यवसाय गर्दे आउनु भएका कँडेलको दुई सय १० बढि कालिज क्षती हुँदा ३ लाख बढि आर्थिक क्षेती गुमाउनु परेको चुडामणी कँडेलले बताउनु भयो ।

कालीजको आक्रमण पछि फार्म भित्रै रहेको चितुवालाई धपाउने क्रममा घाइते भएको चितुवाको समेत मृत्यु भएको छ । इलाका वन कार्यालय बुर्तिबाङ, इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट पुगेको प्रहरी टोलीले आवस्यक मुचुल्का र अनुसन्धान पछि मृतक चितुवा र कालिजको डिस्पोजल गरिएको छ ।

 

देविस्थान बहुउद्देश्य सहकारीको १८ औँ साधारण सभा तथा ७ औँ अधिवेशनस् अध्यक्षमा टेक बहादुर पुन सर्वसहमत

0

२०८२ असोज ३० बुर्तिबाङ ,
बागलुङको निसीखोला गाँउपालिका देविस्थानमा सञ्चालित देविस्थान बहुउद्देश्य सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा तथा ७ औँ अधिवेशन विहिबार संस्थाको कार्यालय कान्छीबजारमा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा आयोजीत कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगर प्रमुख आथ्यितामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि घर्ती मगरले सहकारीले स्थानीय रुपमा बचत र आर्थिक सशक्तीकरणमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त रूपमा सहकारी अभियान अघि बढाउन सुझाव दिनुभयो ।
सहकारी हुने खाने र हुँदा खाने विचको दुरीलाई आर्थिकका माध्यमबाट नजिक ल्याउने र सहकारीको माध्यमबाट सरल र सहज सेवा मार्फत आर्थिक उर्पाजन, लघु उद्यम, स्वरोजगार बृद्धिमा टेवा पुग्ने माध्यम रहेको बताउँदै सहकारीको विकास र सहकारी मार्फत कृषिको विकासमा गाउँपालिकाले आवस्यक सहयोग गर्ने बताउनु भयो ।


कार्यक्रमका अवसरमा विशिष्ठ अतिथी त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाका संरक्षक नेत्रलाल चालिसे, निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विश्वकर्मा, पत्रकार छविलाल पाण्डे, संस्थाका सल्लाहकार भविन्द्र बहादुर कुवँर, देवि दोभान सहकारी संस्थाका अध्यक्ष लाल कुमारी रामजाली, रत्न राज्य लक्ष्मी माविका प्रध्यानाध्यापक मान बहादुर के.सी लगाएतको शुभकामना मन्तव्य रहेको हो ।
मा सहकारीका उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीहरूले आर्थिक विवरण र आगामी वर्षका योजनाहरूका बारेमा चर्चा गरेका थिए । सहकारीका बारेमा सदस्यहरूले सल्लाह ,सुझाव, समीक्षा तथा छलफल गरेका थिए ।
सो अवसरमा उत्कृष्ट बचतकर्ता, ऋणी र सहकारीमा विशेष योगदान पु–याउने सदस्यहरूलाई सम्मान पनि गरिएको थियो । सभामा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सहकारीका सल्लाहकार, सदस्य तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।


कार्यक्रम तेजीन्द्र शर्माको स्वागत संस्थाका सचिव ओमलाल खत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।
त्यस्तै संस्थाको सतौँ अधिवेशनबाट टेक बहादुर सर्वसहमत अध्यक्ष रहेको समितीको गठन गरिएको छ । समितीको उपाध्यक्षमा आत्माराम चालिसे, सचिव तेजीन्द्र कुमार शर्मा, कोषाध्यक्ष तम बहादुर कुवँर , सह सचिव सुन्दर बुढाथोकी रहेको समिती गठन गरिएको हो ।
त्यस्तै समिती सदस्यमा भिम बहादुर घर्ती ए, टँकलाल उपाध्याय, श्री प्रसाद वि.क., देवि खड्का चयन हुनुभएको हो । लेखा सुपरीवेच्छेण समितीमा ओमलाल खत्री संयोजक रहेको ३ सदस्य समितीको गठन गरिएको छ । समितीको सदस्यमा हुम बहादुर घर्ति र नोक बहादुर खत्री चयन हुनुभएको छ ।
२०६५ सालमा स्थापना भएको सहकारीमा हालसम्म ५६९ सेयर सदस्य, दुई करोड २० लाख बढिको सेयर पूजी संलकन गर्न सफल भएको छ । निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका कार्यक्षेत्र रहेको सहकारीले आर्थिक बर्ष २०८२ असार सम्मको एक बर्षमा ४१ लाख ४८ हजार मुनाफा गर्न सफल भएको हो ।

आफनै प्रशासनिक भवन निर्माण गर्दे आएको सहकारीले सेयर सदस्यको समस्या र आवस्यकता अनुसार अगाडी बढ्दै आएको संस्थाका अध्यक्ष टेक बहादुर पुनको भनाई छ । दुई कार्यकाल सहकारी संस्थाको अध्यक्ष बिताएका पुन सातौँ अधिवेशमा सर्व सहमतीबाट तेस्रो कार्यकालका निम्ती सहमती वमोजिम नेतृत्वमा होमिनु भएको हो ।

रक्तिम सांस्कृतिक अभियानको जिल्ला प्रशिक्षण कार्यक्रम बुर्तिबाङमा सम्पन्न ।।

0

२०८२ असोज २९ बुर्तिबाङ,
शिशिर विश्वोकर्मा ,
रक्तिम सांस्कृतिक अभियानद्वारा आयोजना गरिएको जिल्ला प्रशिक्षण कार्यक्रम बुधबार बुर्तिबाङमा सम्पन्न भएको छ ।
सांस्कृतिक चेतना, राष्ट्रिय स्वाभिमान र जनचेतनाको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रमले स्थानीय कलाकार, युवाहरू र अभियानका सदस्यहरूलाई संगठनात्मक तथा सांस्कृतिक प्रशिक्षण प्रदान गरेको थियो ।
समापन सत्रमा रक्तिम सांस्कृतिक अभियान बागलुङका जिल्ला अध्यक्ष सविन अर्गेजाको अध्यक्षता रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढा रहेका थिए ।


कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, ढोरपाटन नगर समितिका अध्यक्ष झकप्रसाद श्रेष्ठ, स्थानीय समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा रक्तिम सांस्कृतिक समूहका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गिरीप्रसाद बुढाले वर्तमान अवस्थामा देश भ्रष्टाचार, विकृति र विदेशी हस्तक्षेपको शिकार बनेको उल्लेख गर्दै यस्तो परिस्थितिमा सांस्कृतिक चेतनाको आवश्यकता अझ बढेको बताए ।
उनले भने, “रक्तिम सांस्कृतिक अभियानले कला, गीत, नृत्य र नाटकमार्फत समाजमा देशभक्ति र जनचेतनाको सन्देश फैलाउँदै आएको छ, जुन आजको परिस्थितिमा अत्यन्त आवश्यक छ ।”
त्यस्तै, केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले पनि देशमा अहिलेको राजनीतिक र सामाजिक अवस्था चिन्ताजनक रहेको भन्दै, भ्रष्टाचार र अनियमितताले विकास र जनजीवनलाई असर पु¥याइरहेको बताए ।

उनले भने, “देशमा स्वतन्त्र नीति होइन, विदेशी शक्तिको इसारामा चल्ने प्रवृत्ति बढ्दो छ, त्यसविरुद्ध सांस्कृतिक चेतना नै दीर्घकालीन प्रतिरोधको माध्यम हो ।”
कार्यक्रमका क्रममा रक्तिम सांस्कृतिक समूहले अभियानका केन्द्रीय सदस्य तथा उक्त कार्यक्रमका प्रशिक्षक उषा तरामीप्रति विशेष आभार प्रकट गरेका थिए , जसले यस प्रशिक्षण कार्यक्रमको तयारी र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरी प्रशिण दिएकी थिइन् ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव कुवबहादुर छन्त्यालले गरेका थिए । समापन सत्रमा सहभागीहरूले आगामी दिनमा पनि यस्ता प्रशिक्षण र सांस्कृतिक अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

बुर्तिबाङ कोजाग्रत पूर्णिमा मेला: पूरुष भलिवलको उपाधी ढोरपाटन ६ लाई

0

 

बागलुङको बुर्तिबाङमा आयोजीत कोजाग्रत पूर्णिमा मेलाको उपाधी ढोरपाटन नगरपालिका ६ ले हात पारेको छ ।

गत असोज २० गतेदेखि सञ्चालित बुर्तिबाङ राईजिङ यूवा कल्बको २३ औँ बार्षिकोत्सव एवम पालिका कपका अवसरमा आयोजीत वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको फाइनल खेलमा गल्कोट नगरपालिका १० लाई पछाडी पार्दे ढोरपाटन नगरपालिका ६ ले उपाधी हात पारेको हो ।

वेस्ट अफ फाईभमा रहेको खेलमा ढोरपाटन नगरपालिका ६ ले ३ सेट र गल्कोट नगरपालिका १० ले २ सेट हात पार्न सफल भएको हो । १२ समुहको सहभागिता रहेको प्रतियोगितामा गल्कोट नगरपालिका १० दोश्रो हुन सफल भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर १ तेश्रो बन्न सफल भएको छ ।

प्रथम दिर्तिय र तिर्तिय हुने समुहले क्रमश २ लाख १० हजार १११ , १ लाख ५१ हजार १११, ५१ हजार १११ कप मेडल र प्रमाणपत्र हात पारेका छन ।

महिला भलिवल प्रतियोगिता तर्फ तमानखोला गाउँपालिका र वडिगाड गाउँपालिका विचको खेलमा ३—० को सोझो सेट सहित तमानखोला गाउँपालिका विजेता बनेको हो । प्रथम र दिर्तिय हुने समुहले क्रमश ५१ हजार १११, ३१,१११ सहित कप मेडल र प्रमाणपत्र हात पारेका छन ।

त्यस्तै ३५ बर्षमाथीको भेट्रान्स भलिवल तर्फ ढोरपाटन गल्कोट नगरपालिका ७ विजेता बनेको छ । नगरपालिका ६ र गल्कोट नगरपालिका ६ विचको खेलमा ३—० को सोझो सेट सहित गल्कोट नगरपालिका ७ विजेता र ढोरपाटन नगरपालिका ६ उपविजेता बनेके हो । प्रथम र दिर्तिय हुने समुहले क्रमश पैतिस हजार, पच्चिस हजार मेडल र प्रमाणपत्र हात पारेका हुन ।