Home Blog Page 23

बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने मधेश सरकारको निर्णय

0

धनुषा – मधेश प्रदेश सरकारले स्नातक उत्तीर्ण गरेका प्रदेशका बेरोजगार युवालाई मासिक रूपमा बेरोजगार भत्ता दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई महिनाको दुई हजार रुपैयाँका दरले बेरोजगार भत्ता दिने निर्णय गरिएको बताउनुभयो ।

प्रदेश सरकारले १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवालाई जीवन निर्वाहबापत भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेशमा स्नातक उत्तीर्ण गरेका झन्डै एक लाख ५० हजार बेरोजगार युवा छन् ।

यस्तै प्रदेश सरकारले खडेरी र डुबानबाट धानबालीमा क्षति बेहोरेका किसानलाई प्रतिकट्ठा एक हजार पाँच सय रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । किसानलाई राहत दिँदा ३६ करोड र युवालाई बेरोजगार भत्ता दिँदा ३५ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो ।

यस वर्ष लामो समय खडेरीको मारमा परेका मधेश प्रदेशका किसान गएको असोजको अविरल वर्षाबाट पुनः डुबान पीडित भएका थिए । मनसुन अवधिमा लामो समय खडेरी परेपछि प्रदेश सरकारले मधेशका जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

काठेखोला गाउँपालिकास्थित एक गोठमा आगलागी हुँदा पशुचौपायामा क्षति

0

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकास्थित एक गोठमा आगलागी हुँदा पशुचौपायामा क्षति पुगेको छ ।

बुधबार दिउँसो काठेखोला गाउँपालिका–४ तंग्रामको फाँपरखेत बस्ने ६२ वर्षिय थम बहादुर पुनको गोठमा आगलागी हुँदा पशुचौपायमा क्षति पुगेको हो ।

आगलागीमा परी गोठमा बाँधिराखेका दुई वटा बाख्रा र एक खसी मृत्यु भएको छ भने दुई वटा भैंसी आंशिक जलेका छन् । आगलागीबाट गोठ राखिएको एक हाते ट्याक्टर, बीस एमएमको तीन क्वाइल पानीको पाइप, अन्दाजी साढे दुई क्विन्टल आलु, एक क्विन्टल मकै जलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

आगलागीबाट गोठ पूर्ण रुपमा जलेको छ । आगलागी भएको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी के कति कारण भयो र क्षतिबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भोलिदेखि ढोरपाटन नगर स्तरीय ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै ।

0

 

 भोलिदेखि ढोरपाटन नगर स्तरीय ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्तर गंगा माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु हुने भएको छ ।

ढोरपाटन नगरपालिकाको आयोजना, उत्तर गंगा माध्यमिक विद्यालयका व्यवस्थापनमा नगरपालिका अन्र्तगत रहेका विभिन्न १४ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न विधामा सहभागिता जनाउने भएका छन । बुधबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको विषयमा जानकारी गराइएको हो । छात्र छात्रा भलिबल, रिले डौड, हाइजम्प लगायतका विभिन्न २२ वटा इभेन्ट हुने खेलकुद संयोजक चित्र बहादुर पुनले बताउनु भयो । प्रतियोगिता व्यवस्थित रुपमा सम्पन्न गर्नका निम्ती विभिन्न समिति उप समिति गठन गरिएको हो

। जसमा उत्तर गंगा माध्यमिक विद्यालयका शिक्षक किरण पौडेल कार्यक्रम संयोजक रहेको समिति गठन गरिएको हो । चित्र बहादुर पुन खेल संयोजक, लोक बहादुर सुनार विवाद व्यवस्थापन समिति संयोजक, घोसा खानी माध्यमिक विद्यालयका शिक्षक दिपेन्द्र छन्त्याल रेफ्री संयोजक चयन हुनु भएको छ । नगरपालिका मार्फत चार लाख बजेट विनियोजन गरेर बिहीबार र शुक्रबार सम्म सबै विधाका कार्यक्रम सम्पन्न गर्ने गरी गरिएको तयारी अनुसार छात्र भलिबल तर्फ ११ विद्यालयको र छात्रा तर्फ ९ विद्यालयको सहभागिता रहने भएको हो ।

छात्र तर्फ समुह क तर्फ उत्तर गंगा माध्यमिक विद्यालय, घोसा खानी माध्यमिक विद्यालय, ज्वती विकास माध्यमिक विद्यालय, रिभरहेड बोर्डिङ, भुजि मावि र प्रकाश मावि रहेका छन ।त्यस्तै समुह ख तर्फ ज्ञानोदय मावि, जनता बोर्डिङ, न्यू मोर्डन बोर्डिङ, घोसा खानी मावि र शिवालय मावि रहेका छन ।

छात्रा भलिबल तर्फ समुह क मा घोसा खानी मावि, उत्तर गंगा मावि, न्यू मोर्डन बोर्डिङ, ज्ञानोदय मावि, जनता बोर्डिङ रहेका छन । समुह ख तर्फ शिवालय मावि, छोरे गाउँ मावि, ज्वती विकास मावि र प्रकाश मावि रहेको छ ।

पत्रकार सम्मेलन कार्यक्रम उत्तर गंगा माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य गोपाल महतको अध्यक्षता, ढोरपाटन नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख पुष्पक दाहाल, सहायक शिक्षा शाखा अधिकृत ज्ञानेन्द्र सापकोटा, शिक्षक अभिभावक सङ्घका संयोजक रेशम सापकोटा, विद्यालयका प्रधानाध्यापक हरिचन पाण्डे लगायत १४ वटा विद्यालयका शिक्षक प्रतिनिधि, पत्रकार , शिक्षक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षक हिरालाल पौडेलले सहजीकरण गर्नुभएको हो ।

दाँगखोलामा फेला परेको शव गुल्मीका रामु अर्यालको भएको पुष्टि

0

२०८२ मंसिर १० बुर्तिबाङ ,
बागलुङको बडिगाडमा –५ स्थित दाँगखोलामा मंगलबार दिउसो फेला परेको शव गुल्मीको मुसिकोट नगरपालिका–१ धर्मचौरका ३८ वर्षीय रामु अर्यालको भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेका अनुसार अर्यालको शव खोलामा अनुहार डुबेको अवस्थामा फेला परेको थियो । अर्याल गत कात्तिक ७ गते बडिगाड–५ मा संचालित न्वागी मेला हेर्नका लागि घरबाट निस्किएको र त्यसपछि सम्पर्कविहीन भएका थिए ।

अर्याल भिरबाट लडेको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरी नायव उपरीक्षक पाण्डेको भनाइ छ । थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

शवलाई खोलाबाट निकालेर परिवारलाई बुझाएको पाण्डे बताए ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू

0

२०८२ मंसिर ९ बुर्तिबाङ,

आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान औपचारिक रूपमा शुरू भएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नोभेम्बर २५ को अवसर पारेर हरेक वर्ष झैँ मनाइने यो अभियान यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ रहेको छ ।

अभियानको उद्देश्य लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने तथा महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अघि बढाउने हो ।

संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालिएको हो । नेपालमा भने यो दिवस वि.सं. २०५४ सालदेखि मनाउन थालिएको हो ।

हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाबाट उत्पन्न समस्या अहिलेसम्म पूर्ण रूपमा अन्त्य हुन सकेको छैन ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तीनै तहका सरकार, विद्यालय, संघ–संस्था र सरोकारवालाहरुलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।

विभिन्न स्थानबाट लागु औषधसहित १३ जना पक्राउ

0

काठमाण्डौ, मङ्सिर ९ गते ।
देशका विभिन्न जिल्लामा प्रहरीले एकै दिन १३ जनालाई अवैध तथा नियन्त्रित लागु औषधसहित पक्राउ गरेको छ ।

कास्की, दाङ, बर्दिया, मकवानपुर, झापा, सुनसरी, मोरङ र बाँकेमा गरिएको जाँच, निगरानी तथा घरतलासीका क्रममा ब्राउनसुगर, खैरो हेरोइन, ट्रामाडोल, स्पास्पेन लगायत लागु औषधसहित उनीहरू पक्राउ परेका हुन् ।

कास्कीको पोखराबाट मनोज श्रेष्ठ ब्राउनसुगरसहित पक्राउ परेका हुन् । दाङमा अलग अलग स्थानबाट कुमार नेपाली, विजय अधिकारी र कर्णबहादुर विकलाई ब्राउनसुगर तथा हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ । बर्दियाको गणेशपुर बाइपासमा दीपक थापा क्षेत्री ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

मकवानपुरको हेटौँडामा घरतलासी क्रममा सीताराम दोङबाट हेरोइन र ५२ थान ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ ।

झापाको मेचीपुलमा जाँचका क्रममा भारतबाट प्रवेश गर्दै गरेको अवस्थामा दिलीपकुमार माझी र रोमा राणा ब्राउनसुगरसहित पक्राउ परेका छन् । सुनसरीमा धरानबाट सनम लिम्बू ट्रामाडोल, स्पास्पेन ट्याब्लेटसहित र इनरुवाबाट सन्तोष राई ब्राउन सुगरसहित पक्राउ परेका छन् । मोरङको विराटनगरमा भारतबाट पैदल आउँदै गरेका दुर्गानन्द यादव हेरोइनसहित पक्राउ परेका छन् ।

बाँकेको चिसापानीमा विनोद थापामगर र विकास पाण्डेलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ । सबै घटनामाथि सम्बन्धित प्रहरी कार्यालयले आवश्यक अनुसन्धान अघि बढाएको छ । रासस

बडिगाडको दाँगखोलामा एक पुरुषको शव फेला

0

२०८२ मंसिर ९ बुर्तिबाङ,
बागलुङको बडिगाड गाउँपालिका–५ खौलारास्थित दाँगखोलामा एक पुरुषको शव फेला परेको छ ।

तर शवको पहिचान भने नभएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले जानकारी दिएका छन् ।
शव खोलामा अनुहार डुबेको अवस्थामा शव फेला परेको उहाँको भनाइ छ ।

“स्थानीयले खबर दिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ । शव गुल्मीका पुरुषको हुनसक्ने अनुमान गरिए पनि आधिकारिक पुष्टि भएको छैन ।

प्रहरी चौकी खारबाट गएको टोलीले शवलाई बाहिर निकाली पहिचानका लागि प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

ट्रयाक खुलेकाे पाँच वर्षपछि निसेलढोर जोड्ने सडक स्तरोन्नति गरिँदै

0

बागलुङ । बागलुङको निसेलढोर जोड्न सडक स्तरोन्नति गरिने भएको छ ।

जिल्लाको सबैभन्दा विकट मानिने निसेलढोर पाँच वर्ष अगाडि मोटरबाटोले जोडिए पनि साँघुरो र अप्ठ्यारो हुँदा बाह्रै महिना संचालन हुन सकेको थिएन । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७२ लाख लगानीमा उक्त सडक स्तरोन्नति गर्न थालिएको हो ।

आर्थिक वर्ष २०७६/०७७ सालमा ढोरपाटनदेखि निसेलढोर जोडिएको थियो । ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दा माथि सडक भासिने, हिलो हुने हुँदा गाडीनै गुड्न नसक्ने हुँदा यस वर्ष स्तरोन्नति गर्न थालिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानका दिए । सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरि निर्माण कम्पनीसँग सम्झौता भइसकेको उनको भनाइ छ ।

करिब पाँच किलोमिटर सडक निर्माणका लागि एम.एस टीएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सले जिम्मा पाएको भन्दै अब केही दिनमै काम सुरु गर्ने सूचना अधिकारी बाँठा बताउनुहुन्छ । गत कात्तिक १२ गते निर्माण कम्पनीसँग सम्झौता भइसकेको उनको भनाइ छ । अगामी वैशाख मसन्तसम्म काम गरि सक्नु पर्ने बाँठाले बताए । यसपाली सडक फराकिलो, नाली निर्माण र केही ठाउँमा ग्राभेलिङ गरिने उनको भनाइ छ ।

सूचना अधिकारी बाँठाले भने – “यहाँको सडक धेरै साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्न कठिन छ, यसलाई स्तरोन्नति गर्नका लागि ठेक्का लगाई सकेका छौँ, अबको केही दिनमै काम सुरु हुनेछ, सडक बाह्रै महिना नचल्दा निसेलढोरका सयौँ नागरिकले सास्ती खेप्नु परेको छ, यो सडक स्तरोन्नतिपछि केही सहज पक्कै हुनेछ ।”

निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर पर्यटकीय हिसाबले निकै संभावन बोकेको भए पनि अप्ठ्यारो सडकका कारण पर्यटक फाट्टफुट्ट मात्रै पुग्ने गरेका छन् । बर्खामा यातायात संचालन नहुँदा हिउँदै खाद्यान्न जोहो गरेर राख्नु पर्ने अवस्था रहेको स्थानीय पदमबहादुर घर्तीले बताए । एक दशक अगाडिसम्म यहाँ बर्खाको समयमा मात्रै निसीबाट वस्तुभाउ लिएर बस्ने स्थानीय अहिले बाह्रै महिना निसेलढोरमा बस्न थालेको उनको भनाइ छ । अहिले बर्खामा अहिले बर्खामा ३०० र हिउँदमा झण्डै १५० घर परिवार निसेलढोरमा बसोबास गर्ने घर्तीले सुनाए ।

“बाटोको अवस्था निकै खराब छ, पानी प¥यो कि गाडी चल्न सक्दैनन्, हिलोले वस्तुभाउ यातायता हिडाउन र मान्छेलाई पैदल यात्रा गर्न पनि गाह्रो हुन्छ,” घर्तीले भने – “बाह्रै महिना गाडी चले त यात्रा गर्न र सामान ढुवानी गर्न सजिलो हुन्थ्यो, नेताहरुले यसपाली बनाउँ छौँ त भन्थे बनाउलान् भन्ने आशा छ, बने त धेरै राम्रो हुन्थ्यो ।”

निसेलढोरमा आलु, स्याउ र सिमी लगायतका कृषिजन्य उत्पादन राम्रो हुने तर सडकको दुरावस्थाका कारण बजारीकरणका लागि समस्या हुने गरेको स्थानीय देवीराम पुनले बताए । गाउँमा सडक आएपछि हिउँदमा मान्छेले र घोडाले बोकेरै सामान ढुवानी गर्नु पर्ने बाध्याता कम भएको भन्दै चार किलोमिटर सडक व्यवस्थित बनाउन सके बाह्रै महिना निसेलढोरमा गाडी चल्न सक्ने उनी बताउँछन् । असारदेखि कात्तिकसम्म सडक नचल्दा यहाँ उत्पादन भएको वस्तुसमेत कुहिने जोखिम रहेको पुनको भनाइ छ ।

विश्वव्यापी तापक्रम सीमित राख्ने लक्ष्यमा नेपालको पनि ऐक्यबद्धता

0

काठमाण्डौ – ब्राजिलको बेलेममा सम्पन्न कोप–३० जलवायु सम्मेलनमा १ सय ९४ देशहरूले जलवायु परिवर्तनको विरुद्ध ऐक्यबद्धता जनाएका छन् । सम्मेलनमा जीवाष्म इन्धन, अनुकूलन वित्त र जलवायु न्याय विषयमा सहमति गर्न समय लम्बिएको थियो ।

संयुक्त राष्ट्रका कार्यकारी सचिव साइमोन स्टिलले स्वच्छ ऊर्जा, जलवायु सहनशीलता र न्यायोचित रूपान्तरणका नयाँ सहमतिलाई सम्मेलनको मुख्य उपलब्धि रहेको बताउनुभयो । नेपालले सम्मेलनमा हिमाल संरक्षण, जलवायु वित्त र प्रविधि हस्तान्तरणलगायत आफ्ना मुद्दा उठाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले विश्वव्यापी तापक्रम १ दशमलव ५ डिग्रीमा सीमित गर्न सबै देशको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले नेपालको हिमाली क्षेत्र र जलवायु संकटको संवेदनशीलता विश्वसामु राख्न सफल भएको बताउनुभयो ।

कोप–३० ले जलवायु कार्यका लागि मार्ग स्पष्ट बनाएको र अब राष्ट्रिय जलवायु योजनाहरूको शीघ्र कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ ।

बडिगाडको एक घरमा आगलागी एक जना घाईते, ७ लाख बढिको क्षति ।।

0

२०८२ मंसिर ७ बडिगाड ,

बागलुङको बडिगाड गाउँपालिका–५, दाँगमा आगलागीका कारण एक जना घाईते भएका छन भने लाखौंको क्षति भएको छ ।

गाउँपालिका–५, दाँग डाँडखर्क निवासी चन्दन घर्तिको घरमा आगलागी हुँदा एक जना घाईते भएका हुन । बडिगाड गाउँपालिका ५ दाँगमा आइतबार बिहान आगलागी हुँदा एउटा घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा एक जना घाइते भएका छन् ।

दाँग डाँडखर्क देबिराम घिमिरेको घरमा अदिया गरी बस्ने बडिगाड–७ टुनिबोटका चन्दन घर्तीको दुई तले गोठमा बिहान अन्दाजी ४ः३० बजेको समयमा पानि तताउने क्रममा एक्कासी आगलागी भएको जनाएको छ ।

आगो निभाउने क्रममा घरधनी चन्दन घर्ती घाइते भएका छन् । घाइतलाई उपचारका लागि गलकोट नगर अस्पतालमा पठाईएको छ । आगलागीबाट ५ वटा बोका ४ वटा बाख्रा आगोमा परी जलेका छन भने २ वटा भैंसी घाईते भएका छन । आगलागीका कारण ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागी खार प्रहरी चौकीलाई खबर गरिएको छ । अदिया गरी बस्ने निम्म बर्गिए घर्ती परिवारमा आगोलागीका कारण झनै बज्रपात परेको छ ।