Home Blog Page 22

बागलुङमा जिप दुर्घटना, ८ जना घाइते

0

१८ मंसिर, बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बागलुङ नगरपालिका–८ सिगाना सेरामा बिहीबार दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए ।

घाइतेहरूलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा पठाइएको प्रहरीले जनाएको छ ।

तमानखोला गाउँपालिका द्धारा चौमासिक समीक्षा ।

0

 मंसिर १७ गते

बागलुङको तमानखोला गाउँपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को प्रथम चौमासिक सम्म भए गरेका कार्यक्रम, बजेट र लक्ष्य निर्धारणको सन्दर्भमा बुधबार समीक्षा गरेको छ ।

गाउँपालिका अध्यक्ष जोक लाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीको उपश्थितीमा विषयगत शाखाबाट प्रथम चौमासिक सम्म भएका योजना, सम्पादित कार्यक्रम, कार्यक्रमको सान्दर्भिकता र भावी  लक्ष्य सहितको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

पालिकाले प्रत्य चौमासिक र वार्षिक रुपमा विषयगत शाखाबाट भइरहेका कार्यसम्पादन, समस्या, चुनौती सम्भावना र भावी लक्ष्यका विषयमा समीक्षा गर्दे अगाडि बढ्दै आइरहेको छ । गाउँपालिकाले दिने सेवा प्रवाह र पालिकाले लिएको लक्ष्यलाई सफल पार्न निती विधीनागरीक मैत्री भएर सेवा प्रवाह गर्न गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सुझाब दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमित परियार लगायत जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

बागलुङकी कृष्णकुमारीलाइ छोराबुहारीले चिहानमा छाडे भन्ने हल्ला असत्य

0

सामाजिक सञ्जालमा केही दिनदेखि बिरामी आमालाई छोराबुहारीले चिहानमा जिउँदै छाडेको दावीसहित गरिएको प्रचारबाजी पूर्ण रूपमा असत्य रहेको खुलेको छ ।

चिहानमा छाडिएकाे भनिएकी महिला बागलुङको तमानखोला गाउँपालिका– १ निवासी ५० वर्षीया कृष्णकुमारी छन्त्याल रहेकी छन्। सामाजिक सञ्जालमा प्रचार भएजस्तो उनका छोराबुहारी छैनन् । उनकी एक छोरीमात्र छन् । छोरी जमुना छन्त्यालका अनुसार उनी १५ वर्षदेखि मनोरोगी बिरामी हुन्।

मंसिर ८ गते राति करिब २ बजे काठमाडौँ महानगरपालिका–२६, रानीवारीस्थित घरबाट बाहिर निस्किएकी कृष्णकुमारी हराएकी थिइन्। छोरीले आमाको खोजीका लागि विभिन्न स्थानमा रिपोर्टसमेत गरेकी थिइन्। तर सामाजिक सञ्जालमा भने झुठो अफवाह फैलाइएको थियो ।

‘आमाका छोराबुहारी कोही छैन म मात्र एक्ली छोरी हो, आमा हराएपछि हामीले अहोरात्र खोजिरहेका थियौँ। मिडिया र सामाजिक सञ्जालमा झूटो कुरा बनाइयो, र परिवारलाई बदनाम गरियो,’ छोरी छोरी जमुनाले गुनासो पोखिन्। कृष्णकुमारीलाई कीर्तिपुरस्थित मसानघाट नजिकै एक्लै भेटिएपछि स्थानीयले उद्धारका लागि जानकारी गराएका र मानवसेवा आश्रमले उद्धार गरी किर्तिपुर नगरपालिका र कीर्तिपुर अस्पतालको सहकार्यमा उनको उपचार सुरू गरिएको थियो । उद्धार पश्चात उनलाई १२ घन्टा इमर्जेन्सीमा राखी निगरानी गरिनुका साथै २४ घन्टासम्म हाई डिपेन्डेन्सी युनिटमा राखि उपचार गरिएको थियो ।

हाल उनलाई वार्डमा सारिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको कीर्तिपुर अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार उनको शरीरमा गम्भीर भित्रि समस्या केही नभई मानसिक स्वास्थ्यसम्बन्धी समस्या मात्र देखिएको हो । मानवसेवा आश्रमले उनको परिवारसँग सम्पर्क स्थापित भएकाले केही दिनमै पारिवारिक पुनर्मिलन गरिने जानकारी दिएको छ ।

त्रिभुवन मा. वि. ले शैक्षिक गुणस्तर बढाउन महायज्ञ संचालन गर्ने ।

0

बागलुङको बडिगाड गाउँपालिका–२ खर्बाङ स्थित त्रिभुवन माध्यमिक विद्यालयले यही मंसिर २१ देखि २८ गतेसम्म श्रीमद्भागवत धन–धान्याचल सप्ताह ज्ञान महायज्ञ संचालन गर्ने भएको छ । त्रिभुवन माविले व्यवस्थित बहुप्राबिधिक शिक्षालयका रुपमा विकास गर्न र छात्रावास निर्माणका लागि महायज्ञ संचालन गर्ने भएको हो ।

मंगलबार बागलुङमा पत्रकार सम्मेलन गरि विद्यालयले महायज्ञको बारेमा जानकारी गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु भुषालले पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएपछि प्राबिधिक शिक्षालाई प्राथमिकता दिनु पर्ने अवस्था आएको बताउनुभयो । अहिले बाली विज्ञान पढाई हुँदै आएको भन्दै अन्य विषय पनि पठनपाठन गर्नु पर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।

यहाँ हाल एक हजार १८७ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । यस विद्यालयमा सामान्य परिवारका विद्यार्थी पढ्ने भन्दै धेरैले छात्रावासमै बस्न चाहने उनको भनाइ छ । अहिले सामान्य रुपमा छात्रावास संचालन गरे पनि व्यवस्थित गर्न नसकिएको अध्यक्ष भुषालले बताउनुभयो । महायज्ञ पश्चात संकलन भएको रकमले व्यवस्थित छात्रावासका लागि पूर्वधार निर्माण गरिने उहाँको भनाइ छ ।

अध्यक्ष भुषालले भन्नुभयो ‘त्रिभुवन माध्यमिक विद्यालय जिल्लामै उत्कृष्ट छ, तर अझै पनि धेरै आवश्यकताहरु छन्, ति पूरा गर्नका लागि हामीहरुसँग स्रोत छैन, अहिले पनि सीमित दरबन्दी मात्रै छ, तर हामीहरुले विभिन्न स्रोतबाट शिक्षक कर्मचारी राखेर काम गरि रहेका छौँ, छात्रावास व्यवस्थित गर्ने, बहुप्रबिधिक शिक्षालयका रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेका हौँ ।”

महायज्ञबाट रु पाँच करोड संकलन गर्ने लक्ष्य लिएको अध्यक्ष भुषालले बताउनुभयो । महायज्ञ सुरु नहुँदै सहयोग आउन थालेको उहाँ बताउँनुहुन्छ । महायज्ञ सम्पन्न गर्नका लागि रु करिब ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

छात्रावास सञ्चालन गरेको प्रकाश माविमा न्यानो सिरक हस्तान्तरण ।

0

 गत मंसिर १ गतेदेखि विद्यालयमै छात्रावास सञ्चालन गरेर कक्षा १० को पठन पाठनलाई व्यवस्थित गर्न थालेको ढोरपाटन नगरपालिका ४ स्थित प्रकाश माध्यमिक विद्यालयलाई न्यानो सिरक हस्तान्तरण गरिएको छ ।

चिसो मौसममा विद्यार्थीलाई न्यानोबाट जोगाउने उद्देश्य सहित ढोरपाटन नगरपालिका ५ निवासी समाजसेवी भिम कुमारी क्षेत्रीको सक्रियतामा आर्थिक अभियान सङ्कलन गरेर सिरक उपलब्ध गराइएको जनाइएको छ ।

विद्यालयका अभिभावक स्थानीय शिव संक कार्की, स्थानीय युवा हेमन्त गोतामे लगायतको पहलमा स्वदेश तथा विदेशमा रहेका यूवाहरुको सक्रियतामा आर्थिक सङ्कलन गरेर करिब पचास हजार रुपैयाँ बराबरको सिरक उपलब्ध अभियन्ता भिमकुमारी क्षेत्रीले बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएको दिपेन्द्र श्रेष्ठले बोल्दै विद्यालय सञ्चालनमा ल्याएको छात्रावासलाई थप व्यवस्थित बनाउन र विद्यार्थीलाई न्यानोमा बसेर अध्ययन गर्नका निम्ती यस्तो सहयोग मुलक कार्यक्रमले थप सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा कर्मभूमि फाउन्डेसनका निर्देशक कमल भुसाल, रिलायबल लाइफ इन्स्योरेन्स बुर्तिबाङ शाखा प्रमुख योगेन्द्र परियार लगायतको मन्तव्य रहेको थियो । विद्यालयका प्रध्यानाध्यापक राम बहादुर रानाले बोल्दै विद्यालयले थालेको अभियानमा साथ दिएकोमा सामाजिक अभियन्ता प्रति धन्यबाद ज्ञापन गर्दे आगामी दिनमा पनी यस्ता सहयोग हातहरू फैल्याएर अगाडी बढ्न आव्हान गर्नुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति जेष्ठ सदस्य हिरा बहादुर खत्रीको अध्यक्षता, शिक्षक मिरा सुनारको स्वागत शिक्षक खिम बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको हो ।

तेश्रो पटक पनी राष्ट्रपति रनिङ शिल्ड को उपाधि उत्तर गंगा माविको पोल्टामा ।

0

बुर्तिबाङ मंसिर १४ गते बुर्तिबाङ स्थित उत्तर गंगा माध्यमिक विद्यालयको प्राङ्गणमा भएको ढोरपाटन नगरपालिका स्तरीय ७ औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

विभिन्न २२ इभेन्ट सहित गत बिहीबार देखि सुरु भएको प्रतियोगिताबाट उत्तर गंगा माध्यमिक विद्यालयले विभिन्न इभेन्ट हात पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । विद्यालयले ७ स्वर्ण, ४ रजत र २ काश्य गरी कुल १३ पदक हात पार्न सफल भएको छ ।

लगातार ३ वर्षसम्म विभिन्न इभेन्टमा विजेता बनेको विद्यालयले रनिङ शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको हो । दिर्तिय हुने सरस्वती माध्यमिक विद्यालय सुकुरदुङ ले ५ स्वर्ण, ४ रजत र २ कास्य सहित ११ पदक हात पारेको हो । तिर्तिय स्थानमा भुजि माध्यमिक अधिकारी चौर हुन सफल भएको छ ।

विद्यालयले ४ स्वर्ण पदक लिएको हो । कुल १४ माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिता तर्फ छात्र छात्रा भलिवल, ट्रयाक डौड, फिल्ड गरी २२ इभेन्ट सम्पन्न गरिएको हो ।

कार्यक्रम मर्यादित रुपमा सम्पन्न भएको कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।

दुबईमा अलपत्र परेका कार्कीको सफल उद्धार : नेपाल ल्याएर परिवारलाई बुझाइयो

0

 शिशिर विश्वकर्मा ,
२०८२ मंसिर १३ बुर्तिबाङ,

दुबईमा अलपत्र अवस्थामा भेटिएका निसीखोला गाउँपालिका–१ निवासी कुलमान कार्कीलाई नेपाल फर्काई शनिबार परिवारको जिम्मा लगाइएको छ ।

विदेशमा कष्टकर जीवन बिताउन बाध्य भएका कार्कीको उद्धारप्रति स्थानीयवासी तथा सामाजिक संघ–संस्थाले राहत र प्रसन्नता व्यक्त गरेका छन् । उद्धारपछि कार्कीलाई लिन लायन्स क्लब अफ निसिखोलाका अध्यक्ष अशोक कार्कीले ढोरपाटन नगरपालिका–१, बुर्तिबाङ बसपार्क पुगेका थिए । 

आयोजित संक्षिप्त औपचारिक कार्यक्रममा निसीखोला गाउँपालिका–१ का वडा अध्यक्ष  चन्द्रसिँह रामजालीको उपस्थितिमा कार्कीलाई उनकी आमा बोमकुमारी कार्की तथा दिदीको संरक्षणमा हस्तान्तरण गरिएको हो ।

रोजगारीका सिलसिलामा विदेशी भूमिमा थुप्रै कठिनाइ, मानसिक तनाव र जोखिमपूर्ण अवस्थाबाट गुज्रिनुपरेको कार्कीको पीडाले धेरैलाई मर्माहत बनाएको थियो ।

सोही संवेदनशील परिस्थिति महसुस गर्दै लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष अशोक कार्की, क्लबका सदस्यहरूले तत्काल आवश्यक सहयोगस्वरूप आर्थिक सहायता समेत उपलब्ध गराएका थिए । क्लबले आफ्नो “जहाँ दुख्छ, त्यहीँ पुग्छ” भन्ने सामाजिक सेवा भावनालाई पुनःप्रस्तुत गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ ।

उद्धार प्रक्रियामा नेपाल तथा विदेशबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र सहयोग पु¥याउने व्यक्तिहरू, संघ–संस्था तथा शुभेच्छुकप्रति लायन्स क्लब अफ निसिखोलाले हार्दिक धन्यवाद प्रकट गरेको छ ।

क्लबका प्रतिनिधिहरूका अनुसार आगामी दिनमा पनि समुदायका लागि यस्ता मानवीय तथा सामाजिक सेवामा सक्रियता अझ बढाइने जनाएको छ । 

ढोरपाटन नगरस्तरीय ७औं राष्ट्रपति रनिङ शिल्ड : उत्तर गंगामा दोस्रो दिन आठ खेल सम्पन्न

0

    २०८२ मंसिर १२ बुर्तिबाङ
शिशिर विश्वोकर्मा ,

ढोरपाटन नगरपालिकाको आयोजनामा उत्तर गंगा माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको ७ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन आज विभिन्न ८ खेल तथा इभेन्टका खेलहरू सम्पन्न भएका छन् ।

उत्तर गंगा माविमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन सम्पन्न खेलहरूमा २०० मिटरमा छात्रातर्फ भुजी माविकी पुष्पा बिक, छात्रतर्फ उत्तर गंगा माविका केशव खत्री; ४०० मिटरमा छात्रातर्फ सरस्वती माविकी विष्णु बिक, छात्रतर्फ उत्तर गंगाका अविशेख परियार; ८०० मिटरमा छात्रातर्फ सरस्वती माविकी प्रेमकली बिक, छात्रतर्फ भुजीमा माविका दिलीप बिक प्रथम भएका छन् ।

बिहानैदेखि खेलमैदानमा विद्यार्थी, अभिभावक र दर्शकहरूको उत्साहपूर्ण उपस्थिति बढ्दै गइरहेकाले प्रतिस्पर्धा झनै रोमाञ्चक र ऊर्जा–पूर्ण बनेको थियो । त्यस्तै फिल्ड इभेन्टतर्फ लङ जम्पमा छात्रातर्फ जनता बोर्डिङकी शिर्ष पुन, हाइ जममा उत्तर गंगाकी नमुना अदै, ज्यास्मिनमा सोही विद्यालयकी रिता विक, र सट पुटमा सरस्वती माविकी प्रमिला विकले शीर्ष स्थान हासिल गर्दै प्रतियोगिताको दोस्रो दिनलाई प्रतिस्पर्धात्मक र उत्साहपूर्ण बताइरहेको खेल संयोजक चित्र बहादुर पुनले जानकारी दिनुभयो ।

छात्रा तर्फ लङ जम्पमा शिर्षक पुन जनता बोर्डिङका प्रथम, आशा सिर्पाली दिद्धिय प्रकाश माविका उत्तर गंगा माध्यमिक   विद्यलका नमुना अदै तितृयहाइ जम्पमा उत्तर गंगा माध्यमिक विद्यालयका नमुना अदै प्रथम, प्रकाश माध्यमिक विद्यालयका आशा सिर्पाली दोस्रो, शिवालय माध्यमिक विद्यालयका शिनिया विक तेस्रो भएकी छिन् ।

ज्याभलिनमा उत्तर गंगा माध्यमिक विद्यालयका रिता विक प्रथम, प्रकाश माध्यमिक विद्यालयका अञ्जना सिर्पाली दोस्रो, छोरेगाँउ माध्यमिक विद्यालयका कृष्ण कुमारी विक तेस्रो भएका छन् । सट पुटमा सरस्वती माध्यमिक विद्यालयका प्रमिला विक प्रथम, शिवालय माध्यमिक विद्यालयका कोपिला विक दोस्रो, छोरेगाँउ माध्यमिक विद्यालय रेणुका विक तेस्रो बनेका छन् ।

भोलि छात्रा भलिबलमा जनता बोर्डिङ र उत्तर गंगा तथा छात्रतर्फ छोरेगाँउ–ज्ञानोदयघोसाखानी–रिभरहेड एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल दलित मुक्ति मोर्चा ढोरपाटनद्वारा अन्तरक्रिया कार्यक्रम

0

२०८२ मंसिर १२ बुर्तिबाङ
शिशिर विश्वोकर्मा, बागलुङको बुर्तिबाङमा नेपाल दलित मुक्ति मोर्चा ढोरपाटन नगर कमिटीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रम नगर कमिटीका अध्यक्ष प्रेम बहादुर विकको अध्यक्षतामा भएको हो । कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय फ्याक्स इन्चार्ज परसुराम रम्टेल विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।

विशेष अतिथि रम्टेलले दलित समुदायका अधिकारहरू संविधान र कानुनमार्फत पर्याप्त रुपमा सुरक्षित देखिए पनि व्यवहारमा लागू हुन नसकेको उल्लेख गर्दै राज्य संयन्त्रदेखि स्थानीय तहसम्म अधिकार कार्यान्वयनमा गम्भीरता आवश्यक रहेको धारणा राखेका थिए ।

त्यस्तै नेकपा केन्द्रीय सदस्य निल पुन, नेकपा प्रदेश सचिवालय सदस्य चन्द्र अर्याल, दलित मुक्ति मोर्चाका प्रदेश सचिवालय सदस्य दिलिप थापा, थमबहादुर नेपालीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा देश–विदेशमा दलित समुदायले भोगिरहेको वास्तविक अवस्था, राजनीतिक सहभागिता, अधिकार कार्यान्वयन र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले सामाजिक न्याय, समावेशीकरण, राजनीतिक पहुँच र दलित समुदायको सशक्तिकरणका लागि पार्टी संगठन तथा स्थानीय निकायको भूमिकाबारे आफ्ना विचार व्यक्त गरेका थिए ।

नेपालको राष्ट्रिय राजनीतिमा दलित समुदायको वास्तविक अवस्था, उनीहरूले सामना गरिरहेका चुनौती र सम्भावित समाधानका विषयमा गरिएको यस अन्तरक्रिया कार्यक्रम समयानुकूल, बहस–मुखी तथा प्रभावकारी रहेको आयोजकले जनाएको छ ।

ढोरपाटन नगर स्तरीय ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : पहिलो दिन चार खेल सम्पन्न

0

२०८२ मंसिर ११ बुर्तिबाङ
शिशिर विश्वोकर्मा ,

ढोरपाटन नगरपालिकाद्वारा आयोजित ढोरपाटन नगर स्तरीय ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि उत्तर गंगा माध्यमिक विद्यालयको प्राङ्गणमा बिहिबार देखि भव्य रुपमा सुरू भएको छ ।

उद्घाटन समारोह विद्यालय व्यवस्थापन समिति सदस्य गोपाल महतको अध्यक्षतामा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धनबहादुर कायतको प्रमुख आथ्यिता रहेका थियो । त्यस्तै वडा नं. ३ का अध्यक्ष खिमबहादुर सुनार, वडा नं. २ का अध्यक्ष दुर्गा बहादुर खत्री, शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख पुष्पक दाहाल, सहायक शिक्षा शाखा अधिकृत ज्ञानेन्द्र सापकोटा, शिक्षक अभिभावक सङ्घका संयोजक रेशम सापकोटा, प्रधानाध्यापक हरिचन पाण्डे, शिक्षक प्रतिनिधि तथा पत्रकार , विद्यार्थी अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटनका अवसरमा बोल्दै कार्यवाहक मेयर कायतले नगरपालिकाले शिक्षा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतासाथ अघि बढाइरहेको बताउनुभयो । उनका अनुसार नगरका १४ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई एकै मञ्चमा ल्याई प्रतिस्पर्धा गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए । छात्रा तथा छात्र दुवै तर्फ सम्पन्न भएको पहिलो दिनको दौड प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

छात्रा तर्फ २००, ४०० र ८०० मिटर दौडमा भुजी, सरस्वती, अर्नाकोट तथा शिवालयका विद्यार्थीहरूले क्रमशः शीर्ष स्थान हासिल गरेका छन् । २०० मिटरमा भुजी माविकी पुष्पा बिक, ४०० मिटरमा सरस्वती माविकी विष्णु बिक, र ८०० मिटरमा पुनः सरस्वती माविकी प्रेमकली बिक प्रथम बनेका छन् । यस्तै छात्र तर्फ २००, ४०० र ८०० मिटर दौडमा उत्तर गंगा, जनता बोर्डिङ, ज्योति विकास तथा भुजीमा माविका विद्यार्थीबीचको कडा प्रतिस्पर्धा देखियो ।

२०० मिटरमा उत्तर गंगा माविका केशव खत्री, ४०० मिटरमा सोही विद्यालयका अविशेख परियार, र ८०० मिटरमा भुजीमा माविका दिलीप बिक प्रथम भएका छन् । त्यस्तै २०० मिटरको दौडमा अर्नाकोट माविका सन्ध्या कुवर दिद्धिय , सरस्वती माविका सपना विक तितृया भएका छन् । ४०० मि को दौडमा ज्ञनोदय मावि अनुस्का वि दिद्धिय , अर्नाकोट माविका अमृता कुमाल तितृय , ८०० मिटरमा अर्नाकोट माविका अमृता कुमाल दिद्धिय , शिवालाय माविका सरिता विक तितृय भएका छन् ।

छात्र तर्फको २०० मिटरको दौडमा जनता र्बोडिङका विशेष विक दिद्धिय , ज्योति विकास माविका केरासिँह विक तितृया , ४०० मिटरमा सरस्वती माविका सुमन पुन दिद्धिय , ज्ञनोदय माविका टेक बहादुर सुनार तितृय भएका छन् । ८०० मिटरको दौडमा उत्तर गँगा माविका राजेश वि क दिद्धिय ,ज्योति विकास माविका अविनास रसाइली तितृय भएका छन् । छात्र छात्रा भलिबल, रिले डौड, हाइजम्प लगायतका विभिन्न २२ वटा इभेन्ट हुने खेलकुद संयोजक चित्र बहादुर पुनले बताउनु भयो ।

प्रतियोगिता व्यवस्थित रुपमा सम्पन्न गर्नका निम्ती विभिन्न समिति उप समिति गठन गरिएको छ । दोस्रो र तेस्रो स्थानमा जनता बोर्डिङ, सरस्वती, ज्ञानोदय तथा ज्योति विकास माविका विद्यार्थीले स्थान सुरक्षित गरेका छन् ।

कायक्रम सह प्रध्यापक हिरालाल पौडेको सञ्चालमा सम्पन्न भएको थियो ।