नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बागलुङ जिल्लाको क्षेत्र नं. २ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्र नं. २ प्रदेश ‘ख’ का सभापति मेषलाल शर्माले नेपाली कांग्रेसको विधि नीति सिद्धान्त, आर्दश नियम कानुनको प्रक्रिया मार्फत नियमित महाधिवेशन गर्ने पक्षमा आफुहरु रहको तर अर्को एक समूहले नीति विधि र पद्धतिलाई मिचेर विशेष महाधिवेशन गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आफुहरु शेर बहादुरको मान्छे नभएको नेपाली कांग्रेस पार्टीको विधि पद्धति अनुसार अगाडि बढ्नुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । देउवा पक्ष र गगन पक्ष भनेर बुझ्नुभन्दा पनि नियमित र विशेष महाधिवेशन पक्षधर भनेर बुझ्नका लागि कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो । हामी कसैको पछि लागेको होइन कांग्रेसको विधि पद्धति नीति नियम अनुसार चल्नुपर्छ भन्ने कुरामा लागेको बताउनुभएको हो । नियमित पक्षधरको १५ औँ वडा अधिवेशन शनिवारदेखि सुरु हुने शर्माले बताउनुभयो । नियमित महाधिवेशन पक्षधर समूहले मंसिरको २१ देखि २३ गतेसम्म काठ्माडौँमा केन्द्रिय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

















