ढोरपाटन नगरभित्र खानेपानीको नमुना परिक्षण गर्दा ७७ प्रतिशतमा ब्याक्टेरिया ।

 ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा र बुर्तिबाङ अस्पतालको सक्रियतामा गत हप्तादेखि नगरपालिकाको विभिन्न वडा स्थित ७१ वटा स्थानको खानेपानीको नमुना  परीक्षणको क्रममा ५५ वटा नमुनामा मानिस तथा जनावरको दिसामा पाइने दिसा जन्य कोलिफर्म ब्याक्टेरिया फेला परेको छ ।

९ वटै वडाका विभिन्न मुहान,धारो तथा ट्याङकीमा भएको पानीको नमुना परिक्षण गरिएको हो ।  ल्याब परीक्षणका क्रममा अधिकांशमा कोलिफर्म ब्याक्टेरिया फेला परेको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माले बताउनु भयो ।

नगरपालिकाले सूचना प्रकाशित गर्दे खानेपानीका मुहान सरसफाइ गर्न, मुहान आसपासमा घेराबार गर्न र सरसफाइमा सचेतना अपनाउन अपिल गरेको छ । ब्याक्टेरिया मिसिएको पानीको प्रयोगले हैजा, झाडापखाला , टाइफाइड जस्ता महामारी जन्य रोगहरू फैलन सक्ने भन्दै पानीलाई शुद्धीकरण गरेर पिउन अनुरोध गरिएको हो ।

नगरपालिकाको उपभोक्ता समितिका पदाधिकारीलाई खानेपानी मुहान सरसफाइ र व्यवस्थापन गर्न अभिभुखिकरण , सचेतना मूलक कार्यक्रम आयोजना गर्ने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताउनु भयो ।

दिसामा पाइने कोलिफर्म ब्याक्टेरिया, जुन तातो रगत भएका जनावरहरूको आन्द्रामा पाइन्छ, हानिकारक रोगजनकहरूको उपस्थितिको संकेत हो, जसले हैजा, टाइफाइड र हेपाटाइटिस जस्ता रोगहरूको जोखिम बढाउँछ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img