सकियो ढोरपाटन नगरपालिका द्धारा आयोजीत स्वास्थ्य शिविर ७७० लाभान्वित ।

ढोरपाटन नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएका दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ढोरपाटन नगरपालिकाको विभिन्न वडाका ७ सय ७० जना नागरीकले प्रत्यक्ष लाभ लिएका छन ।

जनताको स्वास्थ्य संग नगर उपप्रमुख कार्यक्रम अन्र्तगत वडा नम्बर ५ को अधिकारीचौर स्वास्थ्य चौकी शैखोलामा चैत्र २० र २१ गते आयोजीत शिविरमा महिला रोग सम्बन्धी समस्या भएका २२० जना , आँखाका समस्या भएका २४० जनाले सेवा लिएका छन ।

त्यस्तै शिविर मार्फत स्वास्थ्य चेकजाँच, मुटुको इसिजी, भिडियो एक्सरे, आँखा चेकजाँच तथा चस्मा वितरण, हार्डजोनी, नशा, बालरोग, योन रोग, पाठ्यघरका मुखको क्यान्सर जाँच, रगत दिशा पिसाब, खकार जाँच, गर्भवती महिलाको चेकजाँच , परिवार नियोजन, नसर्ने रोगको स्क्रिनिङ,कुपोषित बच्चाको उपचार र लाईपोमा गाठागुठिको सामान्य चिरफार लाइपोमा सेवा उपलब्ध गराइएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी केशव थापाले बताउनु भयो ।

दुर्गम गाउँका नागरिकको स्वास्थ्य समस्यालाई लक्षित गर्दे नगरपालिकाले विभिन्न समस्या भएका नागरिकको विशेषज्ञ डाक्टर द्धारा स्वास्थ्य परिक्षण र उपचारको व्यवस्था मिलाएको कार्यवाहक नगर प्रमुख धन बहादुर कायतले बताउनु भयो ।

शिविरमा रुपन्देही ग्यास्ट्रो क्लिनिक बुटवल, देवदह मेडिकल कलेज तथा बुर्तिबाङ अस्पत्तालबाट विशेषज्ञ डाक्टरले नागरिकको स्वास्थ्य चेकजाँच र उपचार गर्नुभएको हो ।

त्यस्तै ७० जना जेष्ठ नागरिकलाई सहाराका लागी लाठ्ठी वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img