तमानखोला गाउँपालिका रोजगार संयोजक चालिसे दुर्घटनामा गम्भिर घाइते उपचारमा सहयोगको अपिल ।

फागुन १४ गते बुर्तिबाङ

तमानखोला गाउँपालिका रोजगार संयोजक जीवलाल चालिसे मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते हुनुभएको छ ।

मंगलबार साँझ बुर्तिबाङ देखि घर तर्फ जाँदै गर्दा बाघखोर भन्ने स्थानमा मोटरसाइकल दुर्घटना भएको हो ।

मोटरसाइकल सहित चालिसेलाई सडक देखि करिब ३०० मिटर तल भिरमा खसेको अवस्थामा स्थानीयले फेला पारी उद्धार गरीएको ढोरपाटन २ का वडा सदस्य चुडामणी खनालले बताउनु भयो ।

मंगलबार राति नै थप उपचारका निम्ती पाल्पा रिफर गरिएकोमा बुधबार काठमान्डौ स्थित ह्याम्स हस्पिटलमा उप उपचारका निम्ती लगिएको परिवार श्रोतले जनाएको छ ।

चालिसेको टाउको सहित शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको छ । हाल आइसियूमा राखेर उपचार भइरहेका हो । उपचारमा खर्च धेरै लाग्ने र पारिवारीक आर्थिक अवस्था कमजोर भएपछि आर्थिक सहयोगको समेत अपिल गरिएको हो । सहयोग गर्न चाहाने दाताहरुले जीवलालका भाई लोकलाल चालिसेको ग्लोबल आइएमी बैँकको खाता नम्बर १०२०७०१००२७४५० मा आर्थिक सहयोग गरिदिन सक्नुहुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img