बागलुङमा प्रलोेपा उमेदवार कुवँर द्धारा कांग्रेस का टेकराज लाई समर्थन ।

फागुन १३ गते बुर्तिबाङ नेपाली काङ्ग्रेस बागलुङ २ का उमेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रीक पार्टीका उम्मेद्वार पदम कुवँरले समर्थन गर्नुभएको छ ।

बुधबार बुर्तिबाङ बजारमा आयोजित काङ्ग्रेस उमेदवार टेकराज पौडेल र समानुपातिक उममेदवार रेनुका काउचा द्धारा आयोजित चुनावी प्रतिबद्धता पत्र र पार्टीको प्रतिज्ञापत्र प्रस्तुत कार्यक्रममा कुवँरले आफुआफनो पार्टीको तर्फदेखि नेपाली काङ्ग्रेसका उमेदवारलाई समर्थन गर्ने र आफ्नो उमेदवारीलाई मौन राख्ने बताउनु भएको हो ।

फागुन २१ गते हुन लागिरहेको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष उममेदवार रहनु भएका पौडेलले बागलुङ क्षेत्र नम्बर २ को समृद्धि, विकास, सुशासन र रोजगारी सँग जोड्ने खालका ३५ बुँदे प्रतिबद्धता जाहेर गर्नुभएको हो ।

बागलुङ पश्चिमलाई लाई छुट्टै जिल्ला बनाउने देखि जेन्जी र बागलुङ २ का नागरिकको मुद्दालाई सदनमा सम्बोधनका निम्ती पहल गर्ने प्रतिबद्धता रहेका छन ।

उत्तर गंगा जलासय युक्त आयोजना निर्माणमा पहल, ढोरपाटनको दिगो विकास ,यस क्षेत्रको कृषि, पर्यटन, रोजगारमा ध्यान दिने, मध्य पहाडी लोकमार्ग घोडाबाँधे सडक पूर्णका निम्ती सक्रिय भूमिका निर्वाह गर्ने, बुर्तिबाङ अस्पताल र गल्कोट अस्पताललाई थप सुविधा मैत्री बनाउने, सबै पालिकामा गुणस्तरीय प्राथमिक अस्पताल बनाउने, ग्रामीण सडक व्यवस्थित बनाइने, सालझण्डी ढोरपाटन सडकलाई पूर्णता दिन सक्रिय भूमिका खेल्ने, स्थानीय उत्पादनलाई बजारीकरण, प्रर्वद्धन गर्न पहल गर्ने लगायतका प्रतिबद्धता प्रस्तुत गरिएको हो ।

कार्यक्रममा जिल्ला सभापति जित बहादुर शेरचन, महाधिवेशन प्रतिनिधि दोर्ण कुमार, दिलमाया पौवी, देवेन्द्र घर्ति, समानुपाती उमेदवार रेनुका काउचा , महाधिवेशन प्रतिनिधि ऋषिराम कँडेल, लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रम क्षेत्रीय सभापति जोक लाल बुढाले सहजिकरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img