लोकतन्त्रको रक्षा र विकासका निम्ती नेपाली कांग्रेसको जीत आवस्यक टेकराज पौडेल ।

फागुन ८ गते बुर्तिबाङ

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा बागलुङ २ का उमेदवार टेकराज पौडेलले देशको विकास, संविधान र लोकतन्त्रको रक्षाका निम्ती नेपाली कांग्रेसको जीत आवस्यक रहेको बताउनु भएको छ ।

निर्वाचन प्रचार प्रसारका क्रममा मतदाता भेटघाट कार्यक्रममा वडिगाड गाउँपालिकाको विभिन्न वडामा व्यस्त रहनु भएका पौडेलले समग्र देशलाई अफठ्यारो पर्दा नेपाली कांग्रेसको भुमिका महत्वपूर्ण रहेको बताउँदै देशको बागडोर सम्हाल्ने जिम्मा नेपाली कांग्रेसले लिने बताउनु भयो ।
आफुले यहाँको भुगोल माटो र यहाँको विकासका आवस्यकता राम्रो संग महसुस गरीरहेका कारण यस क्षेत्रको विकास र समृद्धिमा आफुहरुले काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

जनताको साथ, मन र मतले नेपाली कांग्रेसको विजयी सुनिश्चित रहेको बताउँदै निर्वाचनलाई परिणाम मुखि बनाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनु भयो ।

चुनावी अभियानमा नेपाली कांग्रेस जील्ला सभापती जित बहादुर शेरचन, महादिवेशन प्रतिनधी दोर्ण कुमार कुवँर, दिलमाया पौवी, क्षेत्रीय सभापती जोकलाल बुढा लगाएत केन्द्रिय सदस्य, महादिवेशन प्रतिनिधी नेता कार्यक्रताको निर्वाचन प्रचार प्रसारमा सक्रिय सहभागिता रहेको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img