बाग्लुङको क्षेत्र नं २ कुत्थाप्लामा निर्वाचन आचारसंहिता सम्बन्धी सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ !

शनिबार निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि होमिएका उम्मेदवार र पार्टीका नेता तथा कार्यकर्ता प्रतिनिधि सुरक्षा निकायका प्रमुखहरू सँगै निर्वाचन आयोगका पदाधिकारीले छलफल तथा अन्तरक्रिया गरेका हुन्,
कार्यक्रममा बाग्लुङ जिल्लाका गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर वि क ढोरपाटन नगरपालिका वडा नं १ का अध्यक्ष बान ब छन्त्याल नेकपा एमालेका प्रतिनिधि टँक पौडेल राष्टिय स्वतन्त्र पार्टी प्रतिनिधि धुव्र श्रेष्ठ, राप्रपा उममेदवार अञ्चल शाही लगायत विभिन्न पार्टीका प्रतिनिधि तथा विभिन्न पदमा रहेर आफ्नो भूमिका निर्वाह गरेका विभिन्न पदाधिकारीको उपस्थिति रहेको थियो!

कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी शिवबहादुर अधिकारी ,बाग्लुङ प्रहरी प्रमुख तिलक भारती , बुर्तिबाङ इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धर सशस्त्र प्रहरी बलका डि यस पी सुरज खड्काको उपस्थिति रहेको थियो!
कार्यक्रममा उम्मेदवारका प्रतिनिधि र अन्य पत्रकारहरूको सवाल जवाफ भयको थियो! कार्यक्रमको प्रमुख अतिथि जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारी बोल्दै आचार संहिता सबैले पालना गरे मात्र यो निर्वाचन सफल बनाउन सकिने बताउनुभयो!
कार्यक्रमका विशिष्ट अतिथि कृष्ण प्रसाद आचार्यले बोल्दै आचार संहिता सबैले पालना गरि यो क्षेत्रबाट निर्वाचन सम्पन्न गर्दै गर्दा सबैले सरल र सहज ढङ्गले नियमको पालना गर्दै मर्यादित भयर सम्पन्न गर्नेछौ र कतै कोही कसैलाई असर पर्ने खालका गतिविधि नगर्न आग्रह गर्नुभयो कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत भिमप्रसाद सुवेदीले बोल्दै आचार सहिंता भन्ने शब्द अरुले लगाउने भन्दा पनि आफैँले मनन गर्ने कुरा हो !
र यसको कुनै मापन नभएको जानकारी दिनुभयो कसैलाई कारवाही गर्ने कुरा त्यसको प्रमाण सहित आउनुपर्ने स्व नियमन भन्ने कुरा आफ्नो सेल्फ रेस्पेक्ट हुने हुँदा कसैको आचरणमा हामीले प्रश्न उठायौ भने उनिहरुलाई नै लज्जास्पद हुने हुँदा यि सबै कुरा आफैले ख्याल गर्नुपर्ने बताउनुभयो! कार्यक्रम सहायक निर्वाचन अधिकृत ऋषि रिजालको सञ्चालनमा सम्पन्न भएको थियो!










