प्रभा माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न


फाल्गुन २ गते
जिल्लाको निसीखोला गाउँपालिका ३ मा रहेको प्रभा माध्यमिक विद्यालयले ६३ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । 


बुधबार एक औपचारिक कार्यक्रम मार्फत सम्पन्न गरिएको कार्यक्रमका अवसरमा गण्डकी प्रदेश सभा सदस्य माननीय जित बहादुर शेरचनले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्दे प्रभा माध्यमिक विद्यालयले कुनै विभागीय विद्यालयको भन्दा कम नरहेको बताउनु भयो । 


राज्यले शिक्षालाई प्रमुख रुपमा लिएका कारण शिक्षामा क्रमिक सुधार हुँदै गइरहेको बताउँदै नेपालको शिक्षा प्रणालीलाई अब परिवर्तित बनाउनु पर्नेमा जोड दिनुभयो । 


नेपालमा धेरै पढ्ने थोरे सिक्ने परिपाटीका कारण समय सापेक्ष शिक्षाको गुणस्तर परिवर्तन हुन नसकेको बताउँदै प्रविधि मैत्री, आधुनिक शिक्षाको विकासमा जोड दिनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका निम्ति राज्यले यस्ता विषयलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनु भयो ।


“ नेपाललाई अगाडि बढाउन पहिलो प्राथमिकता शिक्षा क्षेत्रको लगानी हुनुपर्ने र शिक्षा विधेयक परिमार्जन सहित आउँदै गर्दा अव पक्कै पनि व्यवहारिक र परिणाम मुखि शिक्षा नीति आउने विश्वास व्यक्त गर्नुभयो । ”


निसीखोला गाउँपालिका वडा नं. ३ का अध्यक्ष तथा प्रभा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा विशिष्ट अतिथिको रुपमा रहनुभएका निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले बोल्दै निसीखोला गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका निम्ति सक्रिय पूर्वक लागिरहेको बताउँदै अब भौतिक सँगै शैक्षिक गुणस्तरलाई वृद्धि गर्न पालिकाले समेत साथ दिएर अगाडि बढ्ने बताउनु भयो ।


कार्यक्रमका अवसरमा गण्डकी प्रदेश पूर्व सदस्य खिम विक्रम शाही, निसीखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष चन्द्रसिंह रामजाली, शिक्षा शाखा प्रमुख लगायतको शुभकामना मन्तव्य रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक नवराज आर्चाय द्धारा विद्यालयको शैक्षिक र भौतिक प्रगतिको विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । 


विद्यालयका शिक्षक, विद्यार्थीको गित नृत्य सहित सञ्चालित कार्यक्रमका अवसरमा विभिन्न विधाका खेलकुद तथा सांस्कृतिक कार्यक्रममा उत्कृष्ट विद्यार्थी पुरस्कृत, उत्कृष्ट चन्दादाता अभिनन्दन, शिक्षक सम्मान, असल अभिभावक सम्मान लगायतका कार्यक्रम गरिएको हो ।

जनप्रतिनिधी,विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, समाजसेवी, चन्दादाता, अभिभावक लगायतको आतिथ्यता एवम् उपस्थिति रहेको कार्यक्रम विद्यालयका शिक्षक मोहन विक्रम सापकोटाको स्वागत शिक्षक भूमिराज आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित