माघ ९ गते
निसीखोला गाउँपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत ७६ घर निर्माण सम्पन्न भइसकेको बताइएको छ । आर्थिक बर्ष २०७७÷०७८ देखि २०७८÷०७९ सम्म न्युन आय स्तर भएका घर वनाउन सक्ने क्षमता नभएका विपन्न परिवारको तथ्यांक संकलन गरि ७ वटै वडामा गरि ७६ परिवारको घर निर्माण भइसकेको र यसवर्ष ४८ घर निर्माण गर्ने गरि पालिकाले २३ लाख रुपैयाँ बजेट विनीयोजन गरेको गाउँपालिकाका सुचना अधिकारी पुस्षोत्तम गौतमले बताउनु भयो ।
आर्थिक बर्ष २०७७÷०७८ मा ३० र ०७८÷०७९ मा ४६ गरि ७६ घर निर्माण भइसकेको हो । वडा कार्यालयले सिफारिस गरेको आधारमा पालिकाभर १२४ घर सुचिकृत भए वमोजिम क्रमागत रुपमा यो कार्यक्रम अगाडी बढेको बताइएको हो ।
सुरक्षित नागरिक आवाश कार्यक्रम अन्र्तगत यस वर्षसम्म १२४ परिवारको घर निर्माण सम्पन्न हुनेगरि कार्यक्रम अगाडी बढेको गौतमले बताउनु भयो । प्रति घर वनाउन पचास हजार रुपैयाँका दरले पालिकाले अनुदान उपलब्ध गराउने गरेको बताइएको छ ।