Home Blog Page 11

घर संरचनाका कारण रोकिएको सालझण्डी ढोरपाटन सडक निर्माणलाई निरन्तरता दिन पहल ।

0

चैत्र १५ गते ढोरपाटन
सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत सडकको दायाँ र बायाँ रहेका घर संरचनाका कारण बागलुङको ढोरपाटन नगरपालिकाको विभिन्न वडा क्षेत्रमा सडक निर्माणमा समस्या सृजना भएको छ ।
सरकारले तत्काल मुआब्जा नदिने देखिएपछि सडक छेउँमै रहेका संरचना हटाएर सडक निर्माणमा समस्या भएको हो ।
ढोरपाटन नगरपालिकाको वडा नम्बर ५,७,८ र ९ नम्बर वडाका करिब डेढ सय नागरीकको संरचना १० मिटर सडक निर्माण चौडा गर्दा हटाउनु पर्ने अवस्था देखिएको छ ।
शनिबार ढोरपाटन नगरपालिका ८ का नागरीक संग निर्माण कम्पनी, गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँर, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, संघर्ष समितीका संयोजक चुना घर्ति मगर लगाएत स्थानीय नागरीकको विचमा सडक निर्माणलाई निरन्तरता दिने विषयमा अन्र्तक्रिया गरिएको हो । छलफलका क्रममा घर टहरा हटाउनु पहिले सरकार समक्ष मुआब्जाको निम्ती पहल गर्ने, स्व इच्छाले संरचना हटाएर मार्ग प्रसस्त गर्न पनी सकिने र तत्काल ग्रावेल गर्नका निम्ती अगाडी बढ्ने विषयमा निर्णय गरीएको हो ।
स्थानीय नागरिकले हाल सडक निर्माणको कामलाई निरन्तरता दिँदै कालो पत्रे हुँदा सम्म घर संरचना हटाउने गरी त्यसका निम्ती मुआब्जा आवस्यक रहेको बताएका हुन । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले बोल्दै विकास र समृद्धिका निम्ती सबैको साथ सहयोग र अपनत्व आवस्यक पर्ने भएका कारण घर नहटाई कन अन्य स्थानमा सहज वातावरण सृजना गरिदिन स्थानीय नागरिकसँग अपिल गर्नुभयो । समयमा ग्रोवेलिङ सम्पन्न गर्न आफुहरुले निरन्तर पहल गरिरहेका कारण विकास र समृद्धिलाई सहमतीको माध्यमबाट अगाडी बढाउनुको विकल्प नरहेको बताउनु भयो ।
कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै स्थानीय नागरीकसँग आफुहरु संगै रहेका कारण नागरीकको विचल्ली पनी हुन नदिने र विकास पनी संगै अगाडी बढाउनु पर्ने भएका कारण सहमती अनुसार सडकलाई अगाडी बढाउनुको विकल्प नरहेको बताउनु भयो । कार्यक्रममा संघर्ष समितीका संयोजक चुना बहादुर घर्तिले बोल्दै विकासका क्रममा थोरै धेरै क्षती हुन सक्ने भएपनी अन्तत विकास सबैका लागी भएका कारण स्थानीय नागरीकले विवेक प्रयोग गरेर सडक निर्माणलाई निरन्तर अगाडी बढाउनुको विकल्प नरहेको बताउनु भयो ।

विवादका कारण रोकिएको काम तत्काल अगाडी बढाउने तयारी अगाडी बढाइने भएको निर्माण कम्पनीका प्रतिनिधी दाल बहादुर कुवँरले बताउनु भयो । उहाँका अनुसार सडकको करिब ८० प्रतिशत भौतिक प्रगती सम्पन्न भएको छ । करिब ७ किलोमिटर ग्रावेलिङ भइसकेको र अन्य क्षेत्र अन्तिम चरणमा रहेका कारण असार मशान्त भित्रै काम सक्ने गरी अगाडी बढिएको बताउनु भयो । बुर्तिबाङ देखि फल्लेघर सम्म २२ किलोमिटर सडक स्वच्छन्द जेभी निर्माण कम्पनीले ग्रावेल निर्माणको जिम्मा पाएको हो ।
कार्यक्रममा वडा अध्यक्ष भद्रमणी सुनार, स्थानीय युवाहरुको धारणा रहेको थियो । कुशल विश्वकर्माको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

ढोरपाटन उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक कुमार अदै ।

0

शुक्रबार सम्पन्न ढोरपाटन उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक कुमार अदै सर्वसहमत चयन हुनुभएको छ ।

निर्वाचन समितीले प्रस्तुत गरेको कार्यतालिका अनुसार अदैको एकल उमेदवारी परेपछि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । अध्यक्ष लगाएत अन्य सम्पूर्ण पदाधिकारी सहमती प्रणाली मार्फत चयन गरीएको छ ।

शुक्रबार संस्थाको पाँचौ साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको हो ।

नवगठित समितीको महासचिव तेजिन्द्र खत्री, उद्योग सदस्य सोनु सुनार, वाणिज्य सदस्य विर बहादुर गुरुङ, महिला सदस्य २ जना तर्फ कल्पना पाण्डे र शान्ति पौडेल, खुल्ला सदस्यमा क्रमश अशोक कार्की, केर सिंह गुरुङ, टोप बहादुर के.सी.,ढाल बहादुर कार्की, थम प्रकाश खनाल, धनराम पुरी, भिम बहादुर भण्डारी, रमेश कुवँर, सरन पाण्डे, सहविन अर्गेजा, सोम बहादुर पौवी चयन हुनुभएको हो ।
त्यस्तै लेखा संयोजकमा चिन्तामणि सापकोटा २ जना सदस्यमा  जित बहादुर खत्री र बम बहादुर बिक चयन हुनुभएको छ । निर्वाचित समितीले ६ जना मनोनित सदस्यलाई चयन गरेको छ ।
मनोनित सदस्यमा धुव्र सुवेदी, शिवराज कँडेल, फरम वि.क., अविन महत, टेक बहादुर कार्की, शुरेस कुमार घर्ति चयन हुनुभएको हो । नवगठित समितीको शुक्रबार नै सपथ गराइएको छ । अध्यक्ष अदैले बोल्दै व्यवसायीको हक अधिकार संगै संस्थालाई थप उचाइमा पुर्याउन सबैको साथ सहयोग लिएर परिणाम दिने गरी अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
निर्वाचन समितीका संयोजक हिरालाल पौडेल, सदस्य लोक बहादुर सुनार, हिरालाल खनालको निर्वाचन सम्पन्न गर्न भुमिका रहेको थियो ।
औपचारीक कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष ढालेन्द्र छन्त्यालको अध्यक्षता, गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यता, गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँर, दिलमा पौवी, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य यूवराज राज भण्डारी, लगाएत बागलुङ उद्योग वाणीज्य संघका अध्यक्ष राजन शाक्य, पोखरा उद्योग वाणीज्य संघका अध्यक्ष गोकर्ण कार्की लगाएत विभिन्न उद्योग वाणीज्य संघका अध्यक्ष पदाधिकारी, व्यवसायी लगाएतको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा संस्थाको जग्गा खरिदमा सहयोग गर्ने चन्दादाता सम्मान, उत्कृष्ट व्यवसायी सम्मान गरीएको संस्थाका अध्यक्ष ढालेन्द्र छन्तयालद्धारा संस्थाको प्रगति प्रतिवेदन, महासचिव द्धारा संस्थाका गतिविधी र कोषाध्यक्ष दिपक कुमार अदैद्धारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रम संस्थाका वरिष्ठ उपाध्यक्ष सहविन अर्गेजाको स्वागत, महासचिव ज्ञान प्रसाद कँडेलको सञ्चालनमा उद्धघाटन सत्रको कार्यक्रम सम्पन्न भएको थियो ।

ढोरपाटन उद्योग वाणिज्य संघ को अध्यक्षमा अदै, महासचिवमा के.सी. को एकल उमेदवारी ।

0

बुर्तिबाङ चैत्र ११

ढोरपाटन उद्योग वाणिज्य संघको दोश्रो अधिवेशन तथा पाचौँ साधारण सभा चैत्र १३ गते देखि हुने भएको छ । संस्थाले अधिवेशन तथा साधारण सभाको तयारीलाई गत चैत्र ७ गतेदेखि अगाडि बढाएको हो ।

बर्षे कार्यकालको लागी नयाँ नेतृत्व चयन हुने भएसंगै सहमतीय प्रणाली मार्फत नेतृत्व चयनमा अगाडि बढ्ने देखिएको छ । जस अन्र्तगत उमेदवारको मनोनयन दर्तामा अध्यक्ष पदका लागी दीपक कुमार अदै र तेजिन्द्र खत्री महासचिव , चिन्तामणि सापकोटा लेखा संयोजक सहित पदाधिकारीको एकल उम्मेदवारी दर्ता भएको हो ।

१७ जना पदाधिकारी र ३ लेखा समिति सहित २० जनाको मनोनयन दर्ता भएसँगै सहमतिबाट नेतृत्व चयन हुने देखिएको छ । निर्वाचन तालिका अनुसार चैत्र १२ गते उम्मेदवारी मनोनयन फिर्ता लिने, १३ गते उमेदवारको अन्तिम नामावली प्रकाशन संगै १३ गतेदेखि नै सहमति अनुसार नयाँ नेतृत्व चयन हुने देखिएको हो । निर्वाचन समितिले उपलब्ध गराएको निर्वाचन तालिका अनुसार चैत्र १४ गते मतदानको समय तोकिएको छ ।

तर एकै पदमा धेरै जना आकांक्षी नभएपछि सहमतिको आधारमा नयाँ नेतृत्व चयन हुने देखिएको हो । आवश्यक सम्पूर्ण तयारी पुरा भइरहेको ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताउनु भयो ।

तमानखोला गाउँपालिका द्धारा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण सँगै सम्मान ।

0

 चैत्र ९ गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिकाले घरघरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण , परामर्श सँगै सम्मान गरेको छ ।

गाउँपालिकाको ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गर्दे उनीहरूको सुगर, प्रेसर, पिसाब जाँच गर्ने विभिन्न समस्या भएमा औषधि उपलब्ध गराउने र आवश्यक परामर्श उपलब्ध गराउन थालिएको हो ।

गाउँपालिकाको ६ वटै वडामा ८५ वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई लक्षित गर्दे यस्तो कार्यक्रम अगाडि बढाइएको गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बताउनु भयो । पालिकाले एमबिबिएस डाक्टर अनुराग अधिकारी सहितको स्वास्थ्य कर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी लगायतको सक्रियतामा ज्येष्ठ नागरिकको घर घरमै पुगेर स्वास्थ्य परिक्षण सँगै सहयोग कार्यक्रम गरिएको हो ।

पालिकाको वडा नम्बर ३,४ र ५ नम्बर वडामा कार्यक्रम गरिएको छ । पालिका भर १०९ जना ज्येष्ठ नागरिक रहनु भएको छ । हामीले घरमै पुगेर उहाँहरूको स्वास्थ्य परिक्षण र पोषिलो खानेकुरा अण्डा एक एक क्यारेटका दरले उपलब्ध गराइएको सामाजिक विकास शाखा प्रमुख योकेश नेपालले बताउनु भयो ।

जेष्ठ नागरिक समाज विकास र प्रेरणाका पर्याय भएका र उनिहरुलाई सम्मान गर्नु, स्वास्थ्य हेरचाह गर्नु आफैमा सकारात्मक कार्यक्रम भएका कारण पालिकाले यस्तो कार्यक्रम अगाडी बढाएको प्रमुख प्रशासकिय अधिकृत अमित परियारले बताउनु भयो ।

पालिकाको सबै वडामा पुगेर चैत्र १३ गतेसम्म कार्यक्रम गर्ने लक्ष्य लिएको छ ।

ज्येष्ठ नागरिकसँग मानव मूल्य र मान्यता, संस्कृतिक तथा सामाजिक सभ्यताको दरिलो सम्बन्ध कायम रहेको हुन्छ । समाजको हरेक विकासको गति र तीव्रतामा पनि ज्येष्ठ नागरिकको भूमिका अतुलनीय रहँदै आएको छ ।

ढोरपाटनमा दादुरा नियन्त्रणका लागी खोप कार्यक्रम अगाडी बढाइयो ।

0

फागुन २९ गते
बागलुङको ढोरपाटन नगरपालिकामा दादुरा रुवेलाका विरामी बढ्दै गएपछि शुक्रबारदेखि खोप लगाउन थालिएको छ । विद्यालयमा अध्ययनरत र विधालय बाहिर रहेका १० बर्षदेखि १९ बर्ष उमेर समुहका ६ हजार ७६३ जना बालबालिका र किशोर किसोरीलाई लाई खोप लगाउन सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माले बताउनु भयो ।

ढोरपाटन नगरपालिकाको वडा नम्बर ७,८ र ९ मा दादुरा रोगका ८३ जना विरामी फेला परेका छन । जसमध्ये ३२ जनालाई बुर्तिबाङ अस्पत्ताल र गाउँकै अस्पत्तालमा राखेर उपचार गरिएको छ ।

११ जना अझै उपचाररत रहेका छन ।फागुन ८ गते ढोरपाटनमा एक जनालाई दादुरा संक्रमण भएको पुष्टी भएको थियो । त्यस यता थप पाँच जनामा संक्रमण पुष्टी भएपनि अन्यलाई लक्ष्यण देखिएकाले नियन्त्रण योजना ल्याइएको हो बुर्तिबाङ अस्पत्तालका डाक्टर विपिन थापाले बताउनु भयो ।

तत्काललाई दादुरा नियन्त्रण गरी थप फैलन नदिनका लागि नगरपालिकाका सबै वडाका १० देखी १९ बर्ष उमेर समुहका किशोर किशोरीलाई दादुराको खोप प्रदान गर्न लागिएको छ । यस्तै उपचारमा सम्लग्न रहेका २३७ स्वास्थ्यकर्मीलाई समेत दादुरा बिरुद्धको खोप लगाउने तयारी थालिएको छ ।
खोप अभियानका लागि ढोरपाटन नगरपालिकाका ९ वटै वडामा फागुन २९ देखी चैत्र १ गते सम्म सञ्चालन गरिने छ ।

 

इनिशाको न्यायका लागि बुर्तिबाङमा प्रदर्शन

0

सुर्खेत वीरेन्द्रनगर–१ की १६ वर्षीया इनिशा विकको हत्यामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गर्दै बिहीबार इलाका प्रशासन कार्यालय बुर्तिबाङ, इलाका प्रहरी कार्यालय बुर्तिबाङ अगाडी स्थानीय युवा, विद्यार्थी तथा सामाजिक अभियन्ताहरूले प्रदर्शन गरेका छन् ।
ब्जारमा र्याली सहित भेला भएका उनिहरुले बलात्कारपछि हत्या गरिएको भन्दै विकलाई न्याय दिलाउन उनीहरुले माग गरेका हुन् । उनीहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र समेत बुझाए ।
विक सुर्खेतको उषा बालबाटिका विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत थिइन् । गत शनिबार बिहान वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा उनी बेहोस अवस्थामा फेला परेकी थिइन् । उपचारका लागि प्रदेश अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले गर्ने भएको छ । यस घटनामा संलग्न रहेको आरोपमा हालसम्म १८ वर्षमूनिका चार जना किशोरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

ढोरपाटनमा दादुरा विरुद्धको खोप सञ्चालन हुने

0

 

फाइल फोटो

बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुरा विरुद्धको खोप सञ्चालन गर्ने भएको छ ।

नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका झन्डै ७ हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ढोरपाटन नगरपालिका–७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । ५६ जना शङ्कास्पद बिरामीलाई निगरानीमा राखिएको छ । उनीहरु मध्ये ३० जना अस्पतालमा उपचार गराइरहेका छन् ।

शाखा प्रमुख गौतमले अहिले सङ्घ, प्रदेश कार्यालयबाट चिकित्सकसहितको टोली पुगेर दादुरा नियन्त्रणको काम भइरहेको बताउनुभयो ।

खोप लगाउने विषयमा आवस्यक तयारी भइरहेको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माले बताउनु भयो । स्वास्थ्य कर्मी, विद्यालयका प्रध्यानाध्यापक लगाएतको विचमा आवस्यक अन्तरक्रिया गरिने र तत्काल खोज कार्यक्रम सञ्चालन गरिने जनाइएको हो ।

फागुनको पहिलो हप्ता भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले दादुरा सारेको पाइएको छ । दादुरा अत्यन्तै सङ्क्रामक भएकाले एक जना सङ्क्रमितले १८ जनासम्म सङ्क्रमण सार्न सक्दछ ।

ढोरपाटनमा दादुरा फैलिएपछि तिनदिन विद्यालय बन्द गरिने ।

0

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७,८ र ९ नम्बर वडामा ५० जना भन्दा बढि बालबालीकामा दादुरा रुवेला रोग फैलिएसंगै फागुन २५ देखि २७ गतेसम्म तिन दिन सामुदायिक र संस्थागत विद्यालयहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

गत माघ मशान्त देखि एक दुई जना हुँदै फैलिएको दादुरा ५० जना बालबालीका र स्थानीय नागरीकमा फैलिएको हो । विरामी मध्ये २२ जनालाई बुर्तिबाङ अस्पत्तालमा र अन्यालाई गाउँकै मेडिकलमा उपचार भइरहेको हो ।

विद्यालयमा समयमै सर्तकता अपनाई थप रोग फैलिन नदिन ढोरपाटन नगरकार्यपालिका र स्थानीय द्रुत प्रतिकार्य समितीको निर्णय वमोजीम विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । माघ २४ गते नारी दिवशको अवसरमा विदा रहेको छ ।

ढोरपाटनमा दादुरा फैलिएपछि तिनदिन विद्यालय बन्द गरिने ।

0

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७,८ र ९ नम्बर वडामा ५० जना भन्दा बढि बालबालीकामा दादुरा रुवेला रोग फैलिएसंगै फागुन २५ देखि २७ गतेसम्म तिन दिन सामुदायिक र संस्थागत विद्यालयहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

गत माघ मशान्त देखि एक दुई जना हुँदै फैलिएको दादुरा ५० जना बालबालीका र स्थानीय नागरीकमा फैलिएको हो । विरामी मध्ये २२ जनालाई बुर्तिबाङ अस्पत्तालमा र अन्यालाई गाउँकै मेडिकलमा उपचार भइरहेको हो ।

विद्यालयमा समयमै सर्तकता अपनाई थप रोग फैलिन नदिन ढोरपाटन नगरकार्यपालिका र स्थानीय द्रुत प्रतिकार्य समितीको निर्णय वमोजीम विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । माघ २४ गते नारी दिवशको अवसरमा विदा रहेको छ ।

बागलुङको दुई वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार विजयी ।

0

फागुन २३ गते
बागलुङको दुई वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार विजयी हुनुभएको छ ।
आज सम्पन्न भएको मत गणना अनुसार बागलुङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सुशिल खड्काले भारी मतान्तर सहित विजयी हुनुभएको हो ।

जम्मा ४८हजार ९३२ मत खसेको क्षेत्र नम्बर १ मा खड्काले २० हजार ९२७ मत प्राप्त गर्नुभएको थियो । खड्काको प्रतिस्प्रधि कांग्रेसका भीम श्रीसलाई ८ हजार ९ सय ८३ मतले पछाडि पार्दे विजयी हुनुभएको छ । यस्तै कांग्रेसको श्रीसले ११ हजार ९४४ मत प्राप्त गर्नुभएको छ । एमालेका हिरा बहादुर कसीले ८ हजार ६४० मत प्राप्त गर्नुभएको छ । यस्तै राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत प्राप्त गर्नुभएको छ । बागलुङमा नेकपा र राजमो बीच चुनावी तालमेल रहेको थियो ।
यसैगरी बागलुङ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सोम शर्मा विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उमेदवार टेकराज पौडेललाई पछि पार्दे कुल १२ हजार ६४७ मत सहित विजयी हुनुभएको छ । कांग्रेसका उमेद्वार टेकराज पौडेलले ११ हजार ८ सय ६८ मत प्राप्त गर्नुभएको छ ।

नेकपा उमेदवार ज्ञामनाथ गैरेले १० हजार ७०९, नेकपा एमालेका मञ्जु शर्माले ७ हजार ८६४ मत प्राप्त गर्नुभएको छ । बागलुङ १ मा ११ जना र २ नम्बर क्षेत्रमा १२ जना उमेदवारको उमेदवारी रहेको थियो ।