ढोरपाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा डा. चक्रपाणि आचार्य

बुर्तिबाङ । ढोरपाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै उपसचिव डा. चक्रपाणि आचार्य नगरपालिकामा आउनुभएको छ। लामो समयदेखि राष्ट्रिय योजना आयोगमा कार्यरत आचार्यले स्थानीय तहमा पहिलोपटक जिम्मेवारी प्राप्त गर्नुभएको हो।

सोमबार एक कार्यक्रमबीच स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरी उहाँलाई नगरपालिकामा स्वागत गरिएको छ।

बागलुङको बलेवा अमलाचौरमा जन्मिनुभएका आचार्यले माध्यमिक तहको अध्ययन बलेवामै पूरा गर्नुभएको थियो। जापानबाट विकास विषयमा विद्यावारिधि गर्नुभएका उहाँले निर्वाचन आयोग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएको छ।

नगरपालिकाको जिम्मेवारी सम्हाल्दै डा. आचार्यले ढोरपाटनको विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताउनुभएको छ। नगरपालिकालाई व्यवस्थित र पारदर्शी बनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै उहाँले कर्मचारीलाई कानुनविपरीतका गतिविधि नगर्न आग्रहसमेत गर्नुभएको छ।

कार्यक्रम शिक्षा अधिकृत शीतल पाण्डेको अध्यक्षता तथा प्रशासन शाखा प्रमुख प्रकाश गैरेको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा नगरपालिकाका विभिन्न विषयगत शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img