नेपाली कांग्रेस नियमित महाधिवेशन समुहको बागलुङ क्षेत्र नम्बर २ को १५ औँ महाधिवेशन आइतबारदेखि बुर्तिबाङमा सुरु भएको छ । बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा २ का सभापती मेशलाल शर्माको सभापतीत्वमा आयोजीत कार्यक्रममा बागलुङ जिल्ला सभापती तथा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनको प्रमुख आतिथ्यतामा उद्धघाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो । आयोजीत कार्यक्रमलाई सम्वोधन गर्दे शेरचनले नेपाली कांग्रेसको आधिकारीकतालाई हेर्दा नियमित पक्षधर मात्र आधिकारीक रहेको बताउँदै पार्टीले लिएको कार्यक्रमलाई सब्य र भब्य रुपमा सफल पार्नुपर्नेमा जोड दिनुभयो ।
उद्घाटन सत्रमा नेपाली कांग्रेसका जिल्ला, प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ता, केन्द्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, वडा सभापति तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न नेताहरूले पार्टीको संगठन सुदृढीकरण र आगामी नेतृत्वका विषयमा शुभकामना मन्तव्य राखेका थिए।
उद्घाटन सत्र सम्पन्न भएपछि नयाँ नेतृत्व चयनका लागि बन्द सत्र सुरु भएको हो। अधिवेशन आजै रातिसम्म सम्पन्न गर्ने लक्ष्य रहेको क्षेत्रीय समितिका संयोजक मेषलाल शर्माले जानकारी दिएका छन्।
अधिवेशनले नेपाली कांग्रेसको नगर , प्रदेश र क्षेत्र नं। २ बागलुङको नयाँ क्षेत्रीय नेतृत्व चयन गर्नेछ।
बागलुङ–२ मा कांग्रेसको १५औँ क्षेत्रीय अधिवेशन, बन्द सत्र सुरु

















