ढोरपाटन नगरपालिकामा रास्वपाको ‘हामी आउँदै छौँ’ कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय अनुसार देशैभर हामी आउदै छौं भन्ने कार्यक्रमको शिलशिलामा आज ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेनुभयका काभ्रेपलाञ्चोक क्षेत्र नं. २ का सांसद बदन भण्डारीले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जनताका आवश्यकता, स्थानीय समस्या र विकासका प्राथमिकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो। उहाँले स्थानीयस्तरमा सक्षम नेतृत्वको छनोट र पार्टी संगठनलाई जनतासँग जोड्ने विषयमा जोड दिनुभएको थियो।
त्यस्तै, बागलुङ क्षेत्र नं. २ का सांसद सोम शर्माले आगामी स्थानीय तह निर्वाचनका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने बताउँदै स्थानीयस्तरमा जनताको भावना बुझ्ने, जनताका समस्या सम्बोधन गर्ने र उम्मेदवार बन्न आकांक्षी व्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो।
कार्यक्रममा बागलुङ जिल्ला सभापति ढालेन्द्र रायमाझीले जिल्लामा पार्टीको संगठन विस्तार र आगामी निर्वाचनको तयारीबारे मन्तव्य राख्नुभएको थियो। ढोरपाटन नगर सभापति अमर लोचनले स्थानीयस्तरमा पार्टीको भूमिका र संगठन सुदृढीकरणबारे छोटो धारणा राख्नुभएको थियो।
कार्यक्रममा गण्डकी प्रदेश प्रवक्ता कृष्णकुमारी अधिकारी, प्रदेश सदस्य सोमनाथ अधिकारी, प्रदेश प्रतिनिधि डोरलाल सुवेदी र तिलक शिर्पाली, केन्द्रीय महाधिवेशन प्रतिनिधि दीपककुमार घर्ती मगर र कमल भण्डारीलगायत प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी गलकोट नगर सभापति राजेन्द्र पुन, बडिगाड गाउँपालिका सभापति रमेश घिमिरे, तमानखोला गाउँपालिका सभापति चुनबहादुर रसाइली, निसीखोला गाउँपालिका वडा नं. ४ का सभापति टंक शर्मा तथा ढोरपाटन नगरपालिकाका विभिन्न वडाका सभापतिहरूलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता ढोरपाटन नगर सभापति अमर लोचनले गर्नुभएको थियो भने केन्द्रीय महाधिवेशन प्रतिनिधि दीपककुमार घर्ती मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भयको थियो।
spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img