बागलुङको दुर्गम क्षेत्रमा आँखा शिविर ७६जना नागरिकको मोतिबिन्दुको शल्यक्रिया (अप्रेशन) ।

बागलुङको दुर्गम क्षेत्र बुर्तिबाङमा दुई दिने निशुल्क आँखाको चेकजाँच तथा मोतिबिन्दुको शल्यक्रिया शिविरबाट ७६ जना नागरिकको मोतिबिन्दुको शल्यक्रिया (अप्रेशन) गरिएको छ ।
दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दे शनिबारदेखि सुरु भएको शिविरमा   ५७८ जना नागरिक लाभान्वित भएका छन ।
गाउँमा आँखाको राम्रो अस्पत्ताल नहुँदा हजारौँ रुपैयाँ खचिएर उपचारका लागि भैरहवा, पोखरा, काठमान्डौ जानुपर्ने बाध्यता रहेको अवस्थामा निःशुल्क रुपमा सञ्चालन गरिएको शिविरले सयौँ नागरिकले आँखाको उपचार सेवा प्राप्त गर्न सफल भएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्तिले बताउनु भयो ।
जिल्लाको ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, वडिगाड गाउँपालिका सहित रुकुम पूर्व र गुल्मी जिल्लाका नागरिकले समेत सेवा प्राप्त गरेका छन ।
नेपाल नेत्र ज्वती संघले गण्डकी प्रदेशका दुर्गम क्षेत्रमा यस्ता शिविर आयोजना गर्दे गर्दा निःशुल्क रुपमा दुर दराजका नागरिकले समेत सेवा प्राप्त गर्दे आएको नेत्र रोग विशेषज्ञ सुवास नेपालको भनाई छ । शिविरमा ३९९ जना नागरिकलाई चस्मा, १ जनाको माइनर सर्जरी गरिएको हो । आँखाका समस्या भएका विरामीलाई चस्मा र औषधी समेत उपलब्ध गराइएको हो ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजनमा सुरु भएको शिविर हिमालय आँखा पोखरा, धवलागिरी आँखा अस्पत्ताल बागलुङ, बुर्तिबाङ अस्पत्तालको प्राविधिक सहयोग संगै यहाँ स्थित स्थानीय सरकार, क्लब, संघसंस्थाको सहयोग रहेको थियो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img