बुर्तिबाङ । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधरको अधिवेशन बुर्तिबाङमा सम्पन्न भएको छ । बागलुङ क्षेत्र नम्बर २ मा पालिकादेखि क्षेत्रीय तहसम्मको नेतृत्व चयन गरिएको छ। आइतबार सम्पन्न अधिवेशनबाट विभिन्न तहका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधि चयन गरिएको हो।
अधिवेशनबाट क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा धनबहादुर कायत (कल्याण) चयन हुनुभएको छ। त्यस्तै, क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा क्षेत्र नम्बर २ को सभापतिमा चन्द्रसिंह रामजाली चयन हुनुभएको जनाइएको छ।
यसैगरी, ढोरपाटन नगरपालिकाको नगर सभापतिमा सरन पाण्डे र निसीखोला गाउँपालिकाको गाउँपालिका सभापतिमा हेमबहादुर बुढा ,तमानखोला गाउँपालिका सभापतीमा थम प्रकाश छन्त्याल चयन हुनुभएको छ।
अधिवेशनबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रतिनिधिसमेत चयन गरिएको जनाइएको छ।

आइतबार आयोजित अधिवेशनको उद्घाटन नेपाली कांग्रेस बागलुङका जिल्ला सभापति तथा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले गर्नुभएको थियो।

















