लायन्स क्लब अफ निसीखोलाद्वारा पहिरो पीडित परिवारलाई राहत वितरण ।

गत असोज ११ गते पहिरोमा परी ज्यान गुमाएका निसीखोला गाउँपालिका–३ हदधारा, बागलुङका पहिरो पीडित परिवारलाई लायन्स क्लव अफ निसीखोलाले पीडित परिवारको घरमा नै गएर शनिबार राहत वितरणको छ ।
राहत स्वरूप दक्षिण कोरियामा रहेका सहयोगीदाताहरुबाट सङ्कलित २० हजार रुपैयाँ तथा लायन्स क्लब अफ निसीखोलाको तर्फबाट थप सहयोग गरी कुल ५० हजार रुपैयाँ नगद उपलब्ध गराएको क्लबका अध्यक्ष अशोक कार्कीले जानकारी दिनुभयो । यसका साथै करिब २० हजार रुपैयाँ बराबरको खाद्यान्न, लत्ता कपडा तथा अन्य आवश्यक सामग्री समेत गरी कुल ७० हजार रुपैयाँ बराबरको सहयोग मृतकको श्रीमान ओम बहादुर बि.क. र छोरीलाई हस्तान्तरण गरिएको कार्कीले बताउनुभयो ।
दक्षिण कोरियामा रहेका सहयोगी नेपालीहरूले क्लबप्रति विश्वास र भरोसा व्यक्त गर्दै राहत अभियानमा साथ दिएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले मानवीय सेवाको भावनाले जोडिएका सबै सहयोगीदाताहरुप्रति आभार व्यक्त गर्नुभएको छ । सोही पहिरोमा परेर एकै परिवारका आमा र ३ छोरासहित ४ जनाको मृत्यु भएको थियो । राहात वितरणमा निसीखोला गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष रमेशविक्रम शाहीसहित क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


त्यस्तै वडा नं. ६ मा असोज ११ गतेको अविरल वर्षाका कारण पहिरोमा परी ज्यान गुमाएका इन्द्र बहादुर घर्ति मगरको श्रीमति बिमला घर्ति मगरलाई नगद १२ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको छ । निसीखोला गाउँपालिका वडा नं. ६ का कार्यबाहक अध्यक्ष कुमारी बि.क. को रोहवरमा उक्त राहत हस्तारण गरिएको क्लवका अध्यक्ष कार्कीले बताउनुभयो । आलो घाउमा थोरै भएता पनि मलम पट्टी लगाउने हेतुले आफ्नो क्लवको समन्वयमा विभिन्न सहयोगीदाताहरुले उपलब्ध गराएको सहयोग पीडित परिवारलाई हस्तान्तरण गरिएको लायन्स क्वल अफ निसीखोलाले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img