बागलुङको निसीखोला–३ द्वारा उत्कृष्ट शिक्षक सम्मान

बागलुङ, निसीखोला । निसीखोला गाउँपालिका–३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरूलाई सम्मान गरेको छ।

शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्नुका साथै उत्कृष्ट कार्य गर्ने शिक्षकहरूलाई थप उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनही दुई हजार रुपैयाँ नगदसहित सम्मान गरिएको वडा अध्यक्ष रमेश विक्रम शाहीले जानकारी दिनुभयो।

सम्मानित हुने शिक्षकहरूमा प्रभा माध्यमिक विद्यालयमा कार्यरत गोकर्णराज गौतम, बिमल भट्टराई, रामप्रसाद घिमिरे, भूमिराज आचार्य, खिमा गौतम पौडेल, राजेश गिरी तथा ईश्वरी अर्याल रहेका छन्।

कार्यक्रममा बोल्दै सम्मानित शिक्षकहरूले स्थानीय सरकारले गरेको सम्मानले आफूहरूलाई थप हौसला मिलेको बताउँदै आगामी दिनमा शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीको शैक्षिक उपलब्धि बढाउन अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वडा कार्यालयले शिक्षाको विकास र उत्कृष्ट शैक्षिक नतिजालाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने जनाएको छ।
Compose
Write to Chhabi Pandey

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img