उत्तरगंगा माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव ।

ढोरपाटन नगरपालिका १ स्थित उत्तरगंगा माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयले विविध कार्यक्रमका साथ लामो समयपछि वार्षिकोत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक प्रमुख धन बहादुर कायत –कल्याण) ले प्रमुख अतिथिको रुपमा उद्‌घाटन गर्नुभएको हो । विगत केही वर्षदेखि वार्षिकोत्सव नमनाएको विद्यालयले विधालय का विविध कार्यक्रम सहित मनाइएको छ ।

शैक्षिक र भौतिक रुपमा थप अब्बल बन्दै गइरहेको विद्यालयको गुणस्तर वृद्धिमा सबैले हातेमालो गर्नुपर्ने र यो विद्यालय पुरानो र पश्चिम बागलुङकै इतिहास बोकेको विद्यालय भएका कारण थप नमुना बनाएर अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । नगरपालिकाको सक्रियतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको र जनप्रतिनिधि, शिक्षक, अभिभावक सबैको सक्रियताले गर्दा विद्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधार हुँदै आएको बताउनु भयो ।

कार्यक्रमका अवसरमा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी भूपू शिक्षक, अभिभावक, व्यवस्थापन समिती, शिक्षक अभिभावक सङ्घका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । विविध आन्तरिक कार्यक्रम सहित बुर्तिबाङ बजारमा र्‍याली सहित परिक्रमा गर्दे वार्षिकोत्सव मनाइएको हो । विद्यालयका प्रधानाध्यापक हरिचन पाण्डे द्धारा आम्दानी खर्च विवरण सहित प्रगति प्रतिवेदन, भावी रणनिति लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रम शिक्षक सह प्रधानध्यापक हिरालाल पौडेलको स्वागत शिक्षक लोकेन्द्र सुनार र चेतनारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष दिपक कुमार अदै, शिक्षक अभिभावक संघका अध्यक्ष कुल बहाद्ुर छन्त्याल, ढोरपाटन २ का कार्यवाहक अध्यक्ष विमला महत, पूर्व प्रधानाध्यापक धन बहादुर कुवँर, समाजसेवी तुल्सीराम अर्याल,व्यवस्थापन समिती सदस्य गोपाल महत, निवर्तमान शिक्षक अभिभावक सङ्घका अध्यक्ष रेशम सापकोटा लगायतको आतिथ्यता एव्म शुभकामना मन्तव्य रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img