ढोरपाटन नगरले भन्यो सडक पेटिमा सामान राखेमा जफत गरिने ।

ढोरपाटन नगरपालिकाले बुर्तिबाङ बजारलाई व्यवस्थित बनाउन ६ बुँदै बजार व्यवस्थापन सम्बन्धी जानकारी गराउँदै ध्यानाकर्षण गराएको छ । नगरपालिकाले बजारका सडक पेटिमा सामान राखेर पैदल यात्रुलाई समस्या हुने गरी सामान नराख्न आग्रह गर्दे सडक पेटिमा सामान राखेको भेटिएमा जफत गरिने जानकारी गराएको छ ।

नगरपालिकाले सडक मिचेर पेटी विस्तार गरिएको पाइएका कारण पालिकाले उक्त संरचना हटाउने जनाएको छ । व्यवसायीले व्यवसाय गर्दा म्याद गुज्रिएका सामान बिक्री गर्न नपाइने, व्यवसाय अनिवार्य दर्ता र नवीकरण गर्नुपर्ने , सडक छेउमा सवारीका साधन राख्दै गर्दा एक साइमा राख्नुपर्ने र चालकले सवारी छोडेर जान नहुने जनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे द्धारा हस्ताक्षरित पत्रअनुसार विद्यालय समय बिहान ९ः२० देखि १० बजेसम्म र बेलुकी ३ः४० देखि ४ः३० सम्म यातायातका साधन तथा मालवाहक ट्रकहरू बजार क्षेत्रमा प्रवेश निषेधका साथै उक्त समयमा सामान लोड अनलोड गर्न नपाइने जनाइएको छ ।

सफा बजार व्यवस्थापन गर्नका निम्ती फोहोर व्यवस्थापनमा सहयोग गर्न र फोहोर मैला व्यवस्थापन शुल्क समयमा बुझाउन समेत अपिल गरिएको हो । बजार क्षेत्रमा लामो समयदेखि अव्यवस्थित सवारी पार्किङ, ध्वनि प्रदुषण, सडक मिचेर संरचना निर्माण र व्यवसाय विस्तार जस्ता समस्या नागरिकले भोग्दै आएका छन । बजारमा जेब्रा क्रसिङ अभाव रहेको छ ।

सवारी गति सीमितता नहुँदा ठुलो दुर्घटना हुन सक्ने जोखिम समेत उत्तिकै रहेको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img