चैत्र २८ गते निसीखोला
निसीखोला गाउँपालिका ३ र ४ स्थित झिवाखोला बजार तथा आसपासका क्षेत्रमा रंगिन यूवा क्लबको सहकार्य तथा विवाइसी द्धारा सञ्चालित दिगो पर्यटन पर्वद्धन परियोजनाको सहयोगमा शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
बजार क्षेत्रको विकास र विस्तार संगै बजार क्षेत्रमा फोहोर बढ्न थालेपछि क्लबले सरसफाई अभियान अगाडी बढाएको हो । बजार स्थित मध्यपहाडी लोकमार्ग मार्ग आसपासका नाली, बजार क्षेत्रमा फालिएका प्लास्टिक जन्य फोहोर व्यवस्थापन गरिनुका साथै सचेतना अभिबृद्धि गरिएको छ ।
आगामी दिनमा समेत नियमित रुपमा सरसफाई कार्यक्रम गर्ने लक्ष्य लिइएको क्लब अध्यक्ष स्याम शाहीले बताउनु भयो ।
क्बलले मेला लगाउने मात्र नभई सामाजिक क्षेत्रमा पनी योगदान आवस्यक रहेको र रंगिन यूवा क्लबले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन आवस्यक रहेको निसीखोला ३ का अध्यक्ष रमेश विक्रम शाहीले बताउनु भयो ।

कार्यक्रममा क्लबका पदादिकारी, जनप्रतिनिधि टोल विकास संस्थाका पदाधिकारी, स्थानीय समाजसेवी, विवाइसी द्धारा सञ्चालित दिगो पर्यटन पर्वद्धन परियोजनाका कर्मचारी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
परियोजनाले दिगो विकास, समाज रुपान्तरण, उद्यम, तथा सिप विकासमा महत्वपूर्ण काम गर्दे आइरहेको झरना शाही मल्लले बताउनु भयो । वातावरण संरक्षणमा जनचेतना बृद्धि गर्ने उदेश्य स्वरुप स्थानीय नागरिकको सहभागितामा सरसफाई कार्यक्रम अगाडी बढाइएको हो ।








