दादुरा सङ्क्रमितको सँख्या २०५ पुग्यो ।

 ढोरपाटन नगरपालिका सहित छिमेकी पालिकामा दादुरा सङ्क्रमितको सँख्या २०५ जना पुगेको छ । गत फागुन पहिलो हप्तादेखि ढोरपाटन ८ बाट दादुरा रुवेलाका फैलिएको हो ।

उक्त संक्रमण भएका विरामी अझैपनि उपचारका निम्ती अस्पताल आउने गरेका छन । ढोरपाटन नगरपालिकाको वडा नम्बर ६,७,८र ९ नम्बर वडामा बढि फैलिएको रोग निसीखोला गाउँपालिकामा १ जना, वडिगाड मा १ र तमानखोला मा २ जना सङ्क्रमित भेटिएका हुन ।

पहिलेको तुलनामा उपचारका निम्ती आउनेको सँख्या कम भएपनी बुर्तिबाङ अस्पताल, बोबाङ स्वास्थ्य चौकी र स्वास्थ्य इकाई मार्फत उपचार भइरहेको र ढोरपाटन नगरपालिका सहित गण्डकी प्रदेश , विभिन्न निकायको सक्रियतामा उपचार, खोप कार्यक्रम अगाडि बढाइएका कारण सङ्क्रमितको सँख्या कम हुँदै आएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माले बताउनु भयो । उपचारका आएका बिरामी मध्ये १११ महिला र ९४ जना पूरुष रहेका छन ।

जसमध्ये १२७ जनाले बुर्तिबाङ अस्पताल र अन्यले गाउँका स्वास्थ्य संस्थाबाट उपचार सेवा लिएको र अति जोखिम रहेका बिरामीलाई थप उपचारका निम्ती विभिन्न अस्पतालमा रेफर गरिएको बुर्तिबाङ अस्पतालका डाक्टर दीपिन थापाले बताउनु भयो । हाल बुर्तिबाङ अस्पतालमा ८ जना र बोबाङ स्वास्थ्य चौकीमा ३ जना विारमी उपचाररत रहेका छन ।

ढोरपाटन नगरपालिकामा दादुरा थप फैलन नदिनका निम्ती १० देखि १९ बर्ष उमेर समुहका ५ हजार ९३४ जना बालबालीका र किशोर किसोरी लाई दादुरा रुबेला विरुद्धको खोप दिइएको हो । राष्ट्रिय खोप प्रयोगशाला मार्फत १३ जनाको परीक्षणमा दादुरा देखिएपछि अन्य मिल्दाजुल्दा लक्ष्य भएका विरामी को उपचार गरिएको हो ।

तमानखोला गाउँपालिकाले दादुरा सङ्क्रमण फैलिन नदिन थप सर्तकताआवश्यक तयारी गरिएको स्वास्थ्य शाखा संयोजक तिल बहादुर छन्त्यालको भनाई छ ।


प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img