बुर्तिबाङ चैत्र १५
तमानखोला गाउँपालिकाको आयोजनामा आइतबार वडा नम्बर ५ मा चालु आर्थिक बर्षको दोश्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका, वडा कार्यालय र विषयगत शाखाबाट आर्थिक बर्ष २०८२÷०८३ को फागुन मशान्त सम्म भएका विकास निर्माण, सेवा प्रवाह, विकासको गुणस्तरीयता लगायतको सन्दर्भमा स्थानीय नागरिकको बिचमा सार्वजनिक सुनुवाइ गरिएको हो । गाउँपालिका अध्यक्ष जोक लाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय नागरिकले महत्वपूर्ण विषयमा आफनो प्रश्न, विज्ञासा गुनासो र सुझाव व्यक्त गरेका हुन ।
कार्यक्रममा स्थानीय गम बहादुर पून, डोर बहादुर सिर्पाली, हेमन्त नेपाली, छनुमाया सिर्पाली, भिम बहादुर सिर्पाली, गिरी बहादुर छन्त्याल, हेम बहादुर वि.क., तेजमान श्रीपाली, पूर्ण कुमारी श्रीपाली लगाएतले महत्वपूर्ण विषयमा प्रश्न जिज्ञासा र सुझाव व्यक्त गर्नुभएको हो । सहभागि ले पालिकामा वेरुजु बढ्नुको कारण घटाउनु पर्ने, शिक्षा क्षेत्रको विकास र विद्यालयलाई थप शैक्षिक गुणस्तर विकास गर्न विद्यालयको अनुगमन गर्नुपर्ने, उद्यमशील कार्यक्रममा युवालाई प्राथमिकता दिनुपर्ने, कृषिको बजारीकरणमा ध्यान दिनुपर्ने, स्वास्थ्य संस्थामा सबै प्रकारका औषधि सहित थप दक्ष जनशक्तिको व्यवस्था गर्नूपर्ने सुझाब व्यक्त गरेका छन ।

सहभागिले राखेका जिज्ञासा तथा प्रश्नको विषयमा गाउँपालिका अध्यक्ष जोक लाल बुढा, प्रमुख प्रशासकीय अधिकृत अमित परियार, वडा नम्बर ५ का अध्यक्ष हिरा बहादुर श्रीपाली, स्वास्थ्य शाखा प्रमुख तिल बहादुर छन्त्याल, पशु सेवा शाखा प्रमुख तुलाराम आर्चाय, स्वास्थ्य कर्मी गरिमा हर्मेल लगायतले सहभागीको प्रश्न प्रति चित्त बुज्दो जवाफ दिनुभएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बोल्दै जनताको आवस्यकता र समस्याका आधारमा पालिकाले विकास अगाडी बढाएको र बजेटको समस्या, भौगोलिक जटिलता, कारण अपेक्षा अनुसार विकास हुन नसकेपनी स्थानीय सरकार आएको ९ बर्षमा थुप्रै काम भइसकेको बताउनु भयो ।
पालिकाले ५०० बढिलाई विभिन्न उद्यम, स्वरोजगार मूलक तालिम सीप विकास उपलब्ध गराएपनी २० जना सम्म पनी सक्रिय रुपमा उद्यम तथा व्यवसायिक उत्पादनमा नलागेको बताउनु भयो । जनताको समस्या, गुनासोलाई सुन्ने र क्रमिक विकासको गतिमा पालिका अगाडि बढ्ने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत अमित परियारले बोल्दै ९ बर्षमा पालिकामा ६ करोड बेरुजु हुँदै गर्दा ४ करोड बढि बेरुजु घटाउन अफल भएको बताउँदै बाँकी हरेको बेरुजुलाई घटाएर अगाडी बढ्ने गरी पालिका अगाडी बढेको बताउनु भयो ।
प्रस्तुत प्रतिवेदन अनुसार चालु आर्थिक बर्षमा पालिकाको ३६ प्रतिशत वित्तिय प्रगती भएको छ । पालिकामा विकास निर्माण संग सम्बन्धित १३४ योजना मध्ये ठेक्का मार्फत निर्माण हुने १० योजना मध्ये ७ योजना कार्यान्यनको चरणमा रहेको १ सम्पन्न भइसकेको जनाइएको छ । उपभोक्ता समिती मार्फत हुने १०९ योजनामा ८९ वटा सम्झौता भइसकेको ५० योजनाको काम भइरहेको र १८ योजना सम्पन्न भइसकेको पाइएको छ । पालिकाले लिएको ३८ लाख आन्तरीक राजश्व संकलनको लक्ष्यमा हालसम्म १६ लाख ७३ हजार राजश्व संकलन भएको पाइएको हो ।
यसबर्ष दुई दर्जन बढि महत्पूर्ण कार्यक्रम सम्पन्न भइसेको जनाइएको छ । त्यस्तै तिल बहादुर छन्तयालद्धारा पालिका तथा सबै स्वास्थ्य संस्थामा पर्याप्त औषधि उपलब्ध रहेको र स्वास्थ्य क्षेत्रमा सुधारोन्मुख प्रगती भइरहेको प्रस्ट पार्नुभयो । पशु सेवा शाखा प्रमुख तुलाराम आर्चायले शाखा प्रर्याप्त औषधीको व्यवस्थापन संगै विदाको समयमा पनी आफुहरुले सेवा प्रवाह गर्दे आएको बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको स्वागत , पत्रकार थम्मन थापाद्धारा नागरीक प्रतिवेदन र वर्हिगमन अभिमत संग टिप्पणी प्रस्तुत गर्नुभएको हो । कार्यक्रम समुदायिक रेडियो ढोरपाटनका स्टेशन प्रमुख पत्रकार छविलाल पाण्डेले सहजिकरण गर्नुभएको हो ।










