बुर्तिबाङ चैत्र ११
ढोरपाटन उद्योग वाणिज्य संघको दोश्रो अधिवेशन तथा पाचौँ साधारण सभा चैत्र १३ गते देखि हुने भएको छ । संस्थाले अधिवेशन तथा साधारण सभाको तयारीलाई गत चैत्र ७ गतेदेखि अगाडि बढाएको हो ।

३ बर्षे कार्यकालको लागी नयाँ नेतृत्व चयन हुने भएसंगै सहमतीय प्रणाली मार्फत नेतृत्व चयनमा अगाडि बढ्ने देखिएको छ । जस अन्र्तगत उमेदवारको मनोनयन दर्तामा अध्यक्ष पदका लागी दीपक कुमार अदै र तेजिन्द्र खत्री महासचिव , चिन्तामणि सापकोटा लेखा संयोजक सहित पदाधिकारीको एकल उम्मेदवारी दर्ता भएको हो ।
१७ जना पदाधिकारी र ३ लेखा समिति सहित २० जनाको मनोनयन दर्ता भएसँगै सहमतिबाट नेतृत्व चयन हुने देखिएको छ । निर्वाचन तालिका अनुसार चैत्र १२ गते उम्मेदवारी मनोनयन फिर्ता लिने, १३ गते उमेदवारको अन्तिम नामावली प्रकाशन संगै १३ गतेदेखि नै सहमति अनुसार नयाँ नेतृत्व चयन हुने देखिएको हो । निर्वाचन समितिले उपलब्ध गराएको निर्वाचन तालिका अनुसार चैत्र १४ गते मतदानको समय तोकिएको छ ।

तर एकै पदमा धेरै जना आकांक्षी नभएपछि सहमतिको आधारमा नयाँ नेतृत्व चयन हुने देखिएको हो । आवश्यक सम्पूर्ण तयारी पुरा भइरहेको ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताउनु भयो ।










