नेपाली कांग्रेसका सभापति गगन थापाले हिजो जेन्जी आन्दोलनमा छाेराछाेरी गुमाएका आमाहरू पनि हार्छन् हामीहरू पनि हार्छाै त्यो आमाहरू नहार्नकाे लागि चुनाव पछाडि सरकार बनेर मात्र नहुने बताउनु भयो ।

बागलुङ सदरमुकाममा शुक्रबार आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गदै सभापति थापाले २०७४ सालपछिकाे सबै समय खेर गयो आफुले त्यो भन्दा पहिलेकाे समयको कुरा नगर्ने हामी सरकार बनाउन टिकाउन प्रधानमन्त्री बनाउन मात्र लागेको थापाले बताउनु भयो ।
हामी काेही पनि अछुतो छैनौं नयाँ पार्टी भन्नेहरूलाइ पनि सरकारमा जाने म्याडेट थिएन अहिले नयाँ पार्टी लाई तपाईहरूले प्रश्न गर्नुपर्छ उप प्रधानमन्त्री हुन म्याडेट थिएन
माआेवादीलाई पनि म्यान्डेट थिएन प्रधानमन्त्री खाेज्याे तर कसैले पनि जिम्मेवार लिन तयार नभएको सभापति बताउनु भयो ।

पुराना अनुभवलाई प्रयोग गरेर देशलाई जनअपेक्षाअनुसार सुधार गरी समृद्ध बनाउने संकल्पसहित अगाडि बढेको बताउनु भयो ।
सभापति थापाले यो निर्वाचनमा कांग्रेसको रुख चिह्नमा मतदान गर्नुपर्ने बलियो आधार रहेको दाबी गर्दै देशलाई सुधार र स्थायित्वतर्फ लैजाने क्षमता कांग्रेससँग रहेको बताए । ‘हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ । हामीलाई एकपटक काम गर्ने मौका दिनुस्’, सभापति थापाले भने, ‘अब पाँच वर्षको समय खेर नफालौँ । कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला ।’
उनले बदलिएर आएको कांग्रेसले आगामी ५ वर्ष भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्ने पनि बताए ।सभापनि थापाले नयाँ भनिएका पार्टीका नारामा फस्दा २०६४ सालको परिणति हुनसक्ने चेतावनी दिए । उनले नयाँ नेपालको नाराकै भरमा माओवादी संसदको ठूलो दल बन्दा देशको पाँच वर्ष खेर गएको भन्दै टिप्पणी ।
‘२०६४ सालमा यसैगरी माओवादीले पुरानाले बिगारे, हामी बनाउँछौँ भन्यो । उसको नयाँ नेपालको नारा बिक्यो । हामीले लामालामा कुरा गर्यौँ, उसले हामी नयाँ बनाउँछौँ भन्यो’, सभापति थापाले भने, ‘नयाँ नेपाल बनाउने नारा लाएर आएको माओवादीले संविधान पनि बनाउन सकेन । अन्त्यमा कांग्रेस आएर संविधान बनाउनुपर्यो । देशको पाँच वर्ष खेर गयो ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले विकास निर्माणका काम नगर्ने व्यक्तिलाई रुखमा बाँध्ने भन्ने अभिव्यक्ति दिएको प्रसँग उल्लेख गर्दै सभापति थापाले त्यस्तो शैलीले देश नबन्ने स्पष्ट पारे । उनले उदाहरण दिँदै भने, ‘एयरपोर्टमा जहाज अवतरण भएन भनेर पाइलटलाई कोर्रा हानेर समाधान हुँदैन । त्यसको वास्तविक समस्या के हो भन्ने पहिचान गर्नुपर्छ ।’
उनले सडक निर्माण ढिला हुनुका कारण कानुनी जटिलता रहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न आफूले ४१ वटा कानुन संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएको बताए । ‘सडक बनेन भनेर कसैलाई रुखमा झुण्ड्याँउछु भन्दैमा देश बन्दैन’, सभापति थापाले भन्नू भयो ।
थापाले आगामी पाँच वर्षका लागि कांग्रेसलाई देशको नेतृत्वमा पुर्याउन पार्टीका सबै नेता तथा कार्यकर्ता सक्रिय रूपमा जनतामाझ जानुपर्ने आवश्यकता औँल्याए । थापाले कांग्रेसका सबै नेता–कार्यकर्ताहरूलाई आफैँलाई उम्मेदवार मानेर आमनागरिकसँग मत माग्न आग्रह गरे । उनले उम्मेदवार एक्लैले सबैतिर मत माग्न नसक्ने भन्दै नेता–कार्यकर्ताहरूले आफैँलाई उम्मेदवार मानेर मत माग्नुपर्नेमा जोड दिनु भएको थियो ।
थापाले नयाँ वा पुराना पार्टीले आफूलाई बदनाम गर्न फ्याक्ट्री नै खोलेको बताउनु भयो । चुनावको समयमा ती फ्याक्ट्रीबाट सामग्री काँटछाँट गरेर भ्रम फैलाउने काम भइरहेको बताउनु भयो । ‘मेरो नाममा केही नयाँ र केही पुराना पार्टीले पनि केही नयाँ सामग्री बनाउनेछन् या मैले बोलेका पुराना सामग्रीको काँटछाँछ गर्ने फ्याक्ट्री नै खोल्नेछन् भन्ने थाहा थियो’, सभापति थापाले भन्नु भयाे ‘त्यही फ्याक्ट्रीबाट उत्पादन भएको पछिल्लो सामान जनजातिको बारेमा मैले अपमानजनक शब्द प्रयोग गरे भनेर भिडियोको अगाडिको भाग काटिएको प्रसंग मात्र राखिएको छ ।’
थापाले सामाजिक सञ्जालमा लेखेर मात्रै मत नआउने भन्दै प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकता दिन कार्यकर्तालाई निर्देशन दिए । ‘सामाजिक सञ्जालमा लेखेर मात्र नबस्नुस् । आफ्नो गोडा, हात र मुख चलाउनुस्, मतदाताको घरघर पुगेर सम्मानपूर्वक मत माग्नुस्’, उनले भने । उनले विगतका कमजोरीहरू सच्याउँदै नयाँ सोच र प्रतिबद्धताका साथ कांग्रेस अघि बढेको समेत उल्लेख गर्नु भयो ।










