यहि फागुन २१ गते हुन गईरहेको आशन्न निर्वाचनका लागि नेताहरु आ(आफ्नो एजेण्डा बोकेर जनता संग आफुले आफ्नो पार्टीको लागि मत माग्ने अभियानमा व्यस्त देखिएका छन्।
यस्तै बाग्लुङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस बाट उम्मेदवार बनेका टेकराज पौडेल र समानुपातिक तर्फकी उम्मेदवार रेनुका काउचा मगर पनि आफ्नो एजेण्डा लिएर जनताको घरदैलोमा पुगेर आफुलाई निर्वाचित गराउन जनतालाई अनुरोध गरेका छन्।
बिहीबार निसी खोला गाउँपालिका वडा नं ५ र ६ मा आज एक कार्यक्रमका बीच पौडेलले आफ्नो एजेण्डा र निर्वाचित भयर गईसकेपछि विभिन्न समस्या समाधानमा पहल गरिने बताउनुभयो।
उहाँले निर्वाचन भयर गएपछि ढोरपाटन जलासय र ढोरपाटन शिकार आरक्षलाई विभिन्न कानुनी रूपमा व्यवस्थित बनाएर विदेशी पर्यटक भित्र्याउने लक्ष्य र बिदेशी मुद्राको आर्जन गर्ने काममा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुंवरले बोल्दै देश अब काङ्ग्रेसको नेतृत्वमा सरकार गठन गर्ने अबको ५ बर्षमा देशलाई विश्वभरका देशसँग प्रतिशप्रधा गर्न सक्ने बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो१ जिल्ला सभापति जित शेरचनले बोल्दै देश जलाउने र देश बनाउने बिच प्रतिस्पर्धा गर्ने समय आएको बताउनुभयो।
यस्तै क्षेत्रिय सभापति जोकलाल बुढाले बोल्दै विकास गर्न र देश परिवर्तन गर्न नेपाली कांग्रेसलाई भोट दिनुपर्ने बताउनुभयो।
कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा बाग्लुङ क्षेत्र नं २ का प्रत्यक्ष तर्फका उम्मेदवार टेकराज पौडेलको प्रमुख आतिथ्यतामा र रेम बहादुर घर्ति मगरको सञ्चालनमा सम्पन्न भएको थियो१










