सामाजिक सञ्जालको लहरभन्दा भूगोल बुझ्ने प्रतिनिधि आवश्यक– चालिसे

 

नेकपा एमाले बागलुङ क्षेत्र नं. २ का उमेद्वार मञ्जु शर्मा चालिसेले सामाजिक सञ्जालको लहरभन्दा पनि मतदाताको वास्तविक आवश्यकता र भूगोल बुझ्ने प्रतिनिधि खोजेको बताउनु भएको छ।

नेकपा एमाले बडिगाड २, खर्वाङको आयोजनामा भएको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा चालिसेले आफुले स्वास्थ्य क्षेत्रमा काम गर्दा गाउँगाउँ पुगेर सेवा गरेको अनुभव सुनाउँदै भूगोलको समस्या बुझ्ने र स्थानिय भावना अनुसार काम गर्न सक्ने बताउनु भएको छ। नेकपा एमालेको केन्द्रिय सदस्य समेत रहनुभएको उमेद्वार चालिसेले महिलाहरुको नेतृत्व सुदृढिकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउँदै पदका लागि मात्रै उमेद्वार नबनेको स्पष्ट पार्नुभएको छ।

विकास क्रमवद्ध भैरहने प्रक्रिया समेत भएको तर गुणस्तरीय र दिगो विकास आजको आवश्यकता रहेको बताउँदै उमेद्वार मञ्जु शर्मा चालिसेले नवयुवाको चाहना अनुरुपको सुसासनको क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य बाबुराम नेपालीले स्थिर सरकार र सुसासनका लागि एमालेको जित आवश्यक रहेको बताउनु भएको छ।

प्रदेश कमिटि सचिवालय सदस्य नेपालीले देशको राष्ट्रियता कमजोर भएकोबेला एकजुट भएर देश जोगाउनुपर्ने बताउनु भएको छ। नेकपा एमाले बागलुङका कार्यवाहक अध्यक्ष एवं निर्वाचन परिचालन कमिटिका संयोजक विष्णु प्रसाद भुसालले एमाले संग स्पष्ट निति, विचार र देश बनाउने खाका रहेको भन्दै उच्च आत्मबलका साथ निर्वाचनमा खटिन कार्यकर्ताहरुलाई निर्देशन गर्नुभएको छ।

विगतमा गठनबन्धनको विरुद्ध एक्लै उभिँदा उपविजेता बन्नुपरेको भन्दै यसपटक जित सुनिश्चत भएको बताउनुभएको छ। कार्यक्रम वडा कमिटि अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता तथा सचिव लेखक पुनको सञ्चालनमा सम्पन्न भएको थियो। एमालेले निसिखोला, तमानखोला, ताराखोला र बडिगाड गाउँपालिका तथा ढोरपाटन नगरपालिकामा उमेदवारसंगको भेटघाट सहितका कार्यक्रम सम्पन्न गरेको छ। भोली देखि गल्कोट नगरपालिका र ताराखोलामा भेटघाट कार्यक्रम हुने र सबै वडामा निर्वाचन परिचालन कमिटि सहितको घरदैलो कार्यक्रम भने १८ गते सम्म नियमित चल्ने एमालेले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img